October 8, 2009
सरकारको नेतृत्व परिवर्तन ठूलो होइन : खनाल
निश्कर्ष लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। सहमतिको बिकल्प नभएले
केहिगरी सहमति कायम गर्नुपर्ने भन्दै खनालले सहमतिका लागि सरकारको
नेतृत्व परिवर्तन पनि ठूलो कुरा नभएको बताए।
एमाले अर्घाखाँचीको जिल्ला अधिवेसनको उद्घाटनका लागि बिहीबार भैरहवा
हुँदै सन्धिखर्क पुगेका खनालले सञ्चारकर्मीसंग भने, "गाँठो फुक्ला फुक्ला
जस्तो देखिए पनि फुकिसकेको छैन।" खनालले सहमति कायम भैछाड्नेमा बिश्वस्त
रहेको बताए। उनले भने, "सहमति कायम हुन्छ, त्यसका लागि के कुर्वानी
गर्नुपर्छ हामी तयार छौं र अन्य दलहरु पनि तयार हुनुपर्छ।"
सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषय गौण बिषय भएको भन्दै एमालेलाई
सरकारको मोह नभएको र सरकार जस्ले नेतृत्व गरेपनि आपत्ति नहुने उनले जिकिर
गरे। तर अहिले सरकार परिवर्तन गर्नु सान्दर्भिक नहुने भन्दै माओवादी
वर्तमान सरकारमा सामेल हुनुनै उत्तम बिकल्प भएको खनालले बताए। सहमतिको
साझा संकल्प प्रस्ताव संसदमा लैजाने प्रयास जारि रहेको खनालले बताए।
माओवादीलाइ संसद गतिरोध खोल्न आग्रह गर्दै खनालले भने, "संसद खोल्दिनु भो
भने, सहमतिको संभावना अझ फराकिलो हुन्छ र नयाँ क्षितिज पनि उघारिन सक्छ।"
कठिन प्रयासका बावजुद पनि असोज २१ गते संसद खोल्न नसकिएको भन्दै खनालले
दलहरुबीच ठुला मतभेद कायमै रहेको धारण व्यक्त गरे। उनको भनाइ थियो,
"मतभेदकै बिचबाट सहमतिको बाटो पहिल्याउने प्रयास जारी छ।"
August 22, 2009
व्यास केवल नेटवर्कको एकाधिकार अन्त्य हुने
करिब एक दशक अघि देखि दमौली र यस वरपरका दर्शकमाझ एकाधिकार जमाउँदै आएको
व्यास केवुल नेटवर्कको एकाधिकार अव अन्त्य हुने भएको छ । यो केवल सँग
स्वस्थ प्रतिश्पर्धा गर्न निजी क्षेत्रबाट अर्को केवल खोल्ने तयारी सँगै
यसको एकाधिकारको अन्त्य हुने भएको हो ।
सदरमुकाम दमौलीमा गत बर्ष स्थापना भएको व्यास वचत तथा ऋण सहकारी संस्था
लिमिटेडको सकि्रयतामा दमौलीमा नयाँ केवल च्यानल खोलिने तयारी सँगै
उपभोक्ताहरु ब्यास केवलको एकाधिकारबाट मुक्त हुनेमा आशाबाद भएका छन् ।
ब्यास सहकारीको केही समय अगाडी सम्पन्न साधारणसभाको निर्णय अनुसार
दमौलीमा नयाँ केवल च्यानल खोल्न लागिएको हो । साधारणसभाको निर्णय बमोजिम
संस्थाका पदाधिकारीहरु सम्मिलित एक टोलीले भारतको गोरखपुर सम्म पुगी केवल
टेलिभिजन लाइनको अध्ययन गरेर फर्कीसकेको छ । संस्थाका अध्यक्ष वंशीकुमार
श्रेष्ठको नेतृत्वमा पाँच सदस्यिय टोलीले केवल टेलिभिजन लाईनको अध्ययन
गरेर गत विहिबार मात्रै दमौली फर्कीएको छ । अध्ययन टोलीले काठमाडौं
सुनौली हुँदै भारतको गोरखपुर र नौतुना पुगी केवल च्यानल संचालन सम्बन्धमा
अध्ययन र सामाग्री विक्रेतासँग छलफल समेत गरेको थियो।
भ्रमण टोलीको प्रारम्भिक अध्ययनपछि तयार पारिएको प्रतिबेदन संचालक समिति
समक्ष पेश गरेपछि यस सम्बन्धि कार्य अगाडि बढ्ने ब्यास बचत तथा ऋण सहकारी
संस्थाका अध्यक्ष वंशीकुमार श्रेष्ठले बताए । उनले अध्ययन भ्रमण
सकारात्मक भएकोले केवल स्थापनाको कार्य चाँडै नै थालिने जानकारी दिए ।
नयाँ केवल संचालनको लागि यस भ्रमणले धेरै ज्ञान दिएको केवल अध्ययन अनुगमन
समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले बताए । चाँडै ब्यास सहकारीको
अगुवाईमा केवुल लाईन साचालनको काम अगाडी बढ्ने उनले बताए ।डिजिटल
प्रविधिको माध्यमबाट केवल प्रसारण गरि उपभोक्तालाई गुणात्मक सेवा दिने
व्यास सहकारीका सचिव प्रेम प्रसाद पौडेलले बताए । उनका अनुसार व्यास
नगरपालिका र यस वरपरका क्षेत्रमा केवुल च्यानलको सेवा दिईनेछ भने अन्य
क्षेत्रमा सहकारी संस्थाहरुसँग समन्वय गरि केवुलको विस्तार गरिने छ ।
दमौलीमा हाल साचालनमा आएको व्यास केवलले दमौलीबासीबाट अत्यन्तै महंगो
शुल्क असुल गरेको दर्शकले आफुले चाहेको च्यानल हेर्न नपाएको र आफुले
नचाहेको च्यालन नहेरीकन नै त्यसको पनि पैसा तिर्नु परेको भन्दै
उपभोक्ताहरुले गुनासो गर्दै आएका छन्। साथै लोडसेडिङ्ग नभएको समयमा पनि
केवल लाईन गैरहने हुनाले उपभोक्ताहरु टेलिभिजन हेर्न बाट बिाचत भएका छन्
। ब्यास च्यानलको एकाधिकार बढिरहेको अवस्थामा नयाँ च्यानल स्थापना खोल्ने
तयारी भएपछि दमौलीबासीले राहतको महसुस गरेका छन् । नयाँ केवल च्यानल
प्रति उपभोक्ताहरु आशाबादी पनि भएका छन्।
यता बर्षाै देखि दर्शकहरुमाझ एकाधिकार जमाउँदै आएको ब्यास नगर केवल
नेटवर्कका साचालकहरु भने नयाँ केवल च्यानलको स्थापना गरिने निर्णय भएपछि
अत्तालिएका छन् । नयाँ केवलको स्थापन गर्ने निर्णयबाट अत्तालिएका ब्यास
केवलका साचालकहरुले सँगै मिलेर जाउँ भन्ने खालको प्रस्ताव ब्यास बचत तथा
ऋण सहकारी संस्था समक्ष लगेको थाहा भएको छ ।
चार सय भन्दा धेरै सेयर सदस्य रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाले
सहकारीको माध्यमबाट उपभोक्ताहरुलाई केवल लाईनको पनि सेवा उपलब्ध गराउन
चालेको पाइला विच मै नटुङ्गियोस भन्ने आम उपभोक्ताको चाहाना रहेको छ ।
उपभोक्ताहरुको यो चाहानाको विपरित यसका साचालकहरु पनि व्यास केवल
नेटवर्कका साचालकहरु सँगै मिलेर उपभोक्ता ठग्ने काममा संलग्न
हुने छैनन भनि दमौलीबासीले आशा गरेका छन् ।
July 3, 2009
एसीसी ट्वान्टी- २० क्रिकेटमा नेपालको सानदार जीत
प्रतियोगितामा शुक्रबार नेपालले पहिलो खेलमा इरानविरुद्ध सानदार जीत
हासिल गरेको छ। बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले पहिलो पटक
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको इरानलाई ६२ रनले पराजित गर्यो।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको
थियो। नेपालका लागि ओपनर नीरा राजोपाध्यायले सर्वाधिक ३९ रन बनाएकी
थिइन्। त्यस्तै अर्का ओपनर माया रावतले २० रन बनाइन्। पूर्वकप्तान नेरी
थापा ६ रनमा आउट भइन्। रश्मी शर्मा १३ र कप्तान रितु कनौजिया ७ रनमा
अविजित रहिन्।
१ सय १० रनको लक्ष्य सहित मैदानमा ओर्लिएको इरानी टिम नेपाली बलरका सामु
निरीह सावित भयो। इरानी खेलाडीले नेपाली बलिङ सामाना गर्न नसक्दा १५.४
ओभरमा ४७ रनमा अल आउट भएको थियो। नेपालका लागि रेखा रावलले ४ ओभरमा एक
मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन्। सोनु खड्काले ३.४ ओभरमा ८ रन
खर्चेर २ विकेट लिइन्। त्यस्तै रितु, नीरा र अम्बिका बुढाथोकीले एक एक
विकेट बाँडे। नीरा उमन्स अफ द म्याच भइन्।
समूह क मा परेको नेपालले सिंगापुरसँग शनिबार खेल्दैछ।
June 29, 2009
१५४ जना चढेको विमान हिन्द महासागरमा दुर्घटना
विमान हिन्द महासागरको कोमोरोसमा आज बिहान दुर्घटना भएको छ। यमनको
राजधानी सानाबाट कोमोरोसको राजधानी मोरोनीतर्फ उडेको सो एअरबस विमान
गन्तव्यमा पुग्नु एक घण्टाअगाडि दुर्घटना भएको थियो। यात्रुहरुको स्थिति
बारे कुनै समाचार आउन सकेको छैन।
विमानमा रहेका अधिकांश यात्रुहरु कोमोरोन निवासी भएको साना
अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन्।
विमानमा १ सय ४३ जना यात्रु र ११ जना चालक दलका सदस्य थिए।
एक महिनाभित्र एअरबसको जेट विमान दुर्घटना भएको यो दोस्रो पटक हो। गत जुन
१ तारिखसमा पनि एअर फ्रान्सको ए३३० विमान ब्राजिलमा दुर्घटना भएको थियो।
ब्राजिलको रियो दि जेनेरियोबाट फ्रान्सको पेरिसतर्फ उडेको सो विमानमा
रहेका सबै २२८ जनाको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनाको कारण पत्ता
लगाउन अनुसन्धान जारी छ।
१५ असार
रोपाईँ कार्यक्रममा धान रोप्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल ।
June 26, 2009
लागुपदार्थ विरुद्ध जनचेतना मुलक र्याली
लागुपदार्थविरुद्ध जनचेतना मूलक र्याली पर््रदर्शन गरियो। सामुदायिक
प्रहरी सेवा केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, तनहुँको
सहयोगमा सो र्याली पर््रदशन गरिएको हो ।
दमौलीको अनशन चौतारीबाट सुरु भएको र्यालीले विभिन्न
दर्ुर्व्यसनविरुद्ध जनचेतनामूलक प्लेकार्डसहित नगर परिक्रमा गर्दै पुनः
अनशन चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, सामुदायिक
प्रहरी सेवा केन्द्रका अध्यक्ष गोविन्द पन्थ, उपाध्यक्ष रामलिला
सवर्ण्र्ाारलगायतले लागुपदार्थरहित समाज निर्माणका लागि प्रहरी प्रशासन
सचेत भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सेवा
केन्द्रका सचिव राजेश्वर हड्खलले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, कर्मचारी, विद्यालय एवम् क्याम्पसका
छात्रछात्राहरुको सहभागिता रहेको थियो।
जिल्लाभित्र जताततै ज्वरोका बिरामी
स्वास्थ्य संस्थामा अहिले ज्वरोका बिरामीको भीड लाग्ने गरेको छ ।
दमौली अस्पताल, बन्दीपुर अस्पताल, सेती गङ्गा सामुदायिक अस्पताल,
चन्द्रावती सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिही र
भिमादका साथै ३१ उपस्वास्थ्य चौकीमा ज्वरोको बिरामीको सङ्ख्या बढ्दै गएको
बताइएको छ
गर्मी बढ्दै गएका कारण मानिसहरूमा टाउको दुख्ने, घाँटी दुख्ने र ज्वरो
आउने लक्षण देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
एक साता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । तनहुँका
अधिकांश विद्यालयका विद्यार्थीहरू पनि भाइरल ज्वरोबाट प्रभावित भएको
विद्यालयहरूले जनाएका छन् ।
कतिपय विद्यालयले त नयाँ विद्यार्थीमा रोग र्सन नपाओस् भनेर विद्यालय
बन्दसमेत गरेका छन् ।
दूध बेचेर मासिक एक लाख
जातका ८० वटा गाई पालेर दूध बिक्री गरी मासिक एक लाखभन्दा बढी आम्दानी
गर्न सफल भएका छन् ।
वि.सं. ०५० मा एउटा जर्सर्ीीाई ल्याएर व्यावसायिक तरिकाले अघि बढेका
कृषक भट्टर्राईको गाई फार्ममा अहिले ४० वटा होलस्टेनर र ४० वटा
जर्सर्ीीरी ८० वटा गाई पालेका छन् ।
उनको फार्मबाट हाल दैनिक पाँच/छ सय लिटर दूध उत्पादन हुने गरेको छ ।
उत्पादित दूध जिल्लाको आँबुखैरेनी, डुम्रे र लमजुङ, गोरखालगायतका
क्षेत्रमा बिक्री हुँदै आएको छ ।
कृषक भट्टर्राईले दूध बिक्रीबाट मासिक रु. तीन लाखसम्मको बिक्री हुने र
१५ जना कर्मचारी, गाईको लागि चाहिने दाना चोकरको खर्च कटाएर मासिक रु. एक
लाखभन्दा बढी आम्दानी हुने बताए।
वाषिर्क रु. दर्ुइ लाख भाडा तिरेर करिब छ बिघा क्षेत्रफलमा उनले गाई
फार्म सञ्चालन गरेका हुन् । गाईपालनका लागि उनले चार बिघा जमिनमा उन्नत
घाँस खेतीसमेत गरेका छन् ।
उनले एक वर्षभत्र ५०/६० वटा गाई थपेर दैनिक एक हजार लिटर दूध बिक्री
गर्ने लक्ष्य रहेको बताए । कृषकको परिश्रम, योगदान र सोंचलाई सरकारले कदर
गर्न नसकेको प्रति उनको गुनासो छ।
उनको गाई फार्म हर्ेन विभिन्न जिल्लाबाट समेत मानिसहरू आउने गरेको
बताइएको छ । उक्त फार्म कृषकहरूका लागि शिक्षाको केन्द्र विन्दु बन्न
पुगेको छ ।
चौथो चरणको तेस्रो समूहको तालिम सम्पन्न
स्वरोजगार कोषको आयोजनामा बिहीबारदेखि सञ्चालित दर्ुइ दिने चौथो चरणको
तेस्रो समूहको द.नं. ४३०१ देखि ४५५० सम्मको तालिम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति
झुलबहादुर आलेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । तनहूँ
उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मोहन विकको सभापतित्वमा सम्पन्न
कार्यक्रम लेखा सहायक प्रताप लौडारीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा २ सय ५० जना प्रशिक्षार्थीहरुमध्ये १०४ जना मात्र सहभागी
रहेका थिए ।
त्यस्तै असार १४ र १५ गते द.नं. ४५५१ देखि ४८०० सम्मको अभिमुखीकरण
सञ्चालन हुने संघले जनाएको छ ।
विद्यालयमा आधारित तालिम सम्पन्न
केन्द्रमा सञ्चालित विद्यालयमा आधारित प्राथमिक तहका शिक्षकहरुको
अंग्रेजी विषयको पाँच दिने तालिम शुक्रबार सम्पन्न भयो ।
अभिभावकहरुको बढ्दो अंग्रेजी भाषा प्रतिको आकर्षा र वर्तमान परिस्थितिमा
सरकारी विद्यालयले पनि अंग्रेजी माध्यममा पठनपाठन गराउने उद्देश्यले
जिल्ला शिक्षा कार्यालय तनहूँले आयोजना गरेको तालिममा निर्मल उच्च
माध्यमिक विद्यालयका शिक्षक चक्रबहादुर अधिकारीले प्रशिक्षण दिनुभएको
थियो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्फाट बोल्दै दिपक ढकालले तालिम निकै
रोचक र उपयोगी भएको बताउनुभएको थियो । विद्यानिकुञ्ज माध्यमिक विद्यालयका
प्रधानाध्यापक चन्द्रप्रकाश पौडेलले आफूले सिकेका कुराहरु व्यवहारमा
उतारी चूनौतिको सामना गर्न सुझाव दिनुभयो ।
लडाकुलाई समायोजन गर्न सकिन्छः शान्तिमन्त्री
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा उहाँले सेनाका लागि मापदण्ड पुगेका लडाकु
समायोजन हुनैसक्दैनन् भन्नु गलत हुने बताउनुभयो ।
'माओवादी लडाकु नेपाली सेनामा पनि समायोजन गर्नसकिन्छ, मन्त्री चेम्जोङले
भने, 'शतप्रतिशत सेनामा समायोजन हुनुहुदैन भन्नु र शतप्रतिशत सेनामै
समायोजन गर्नुपर्छ भन्नु दुवै गलत हुन्छ ।' माओवादी लडाकु पनि नेपालीनै
भएकाले उनीहरुको समायोजन र व्यवस्थापनका लागि सरकार गम्भीर रहेको
बताउनुभयो । छुट्टै संयन्त्र गठन गरेर वा समाजका अन्य क्षेत्रमा पनि
लडाकुहरु समायोजन गरिने उहाँले बताउनुभयो ।
उहाँले सेना समायोजनको विशेष समिति छिट्टै पुर्नगठन हुने बताए ।
शान्तिमन्त्रीले प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन हुने
विशेष कमिटिले सेना समायोजन गरेर देखाउने दाबी गर्नुभयो ।
राजनीतिक उद्देश्यले सक्रिय सशस्त्र वा निशस्त्र समूहसंग वार्ताका लागि
प्रक्रिया अगाडि बढाइसकेको मन्त्री चेम्जोङले बताउनुभयो । उहाँले
भन्नुभयो, 'वार्ताबाटै समस्या समाधान गर्ने मान्यताका साथ काम थालिएको छ
।'
मानवअधिकार सरोकार मञ्च गठन
तथा मानवअधिकार जागरुक सरोकार मञ्च नेपालको आयोजनामा सम्पन्न भेलाले
मानवअधिकार सरोकार मञ्च कास्की गठन गरेको छ ।
पोखराको छोरेपाटन उच्च माविमा सम्पन्न भेलाले हिमलाल पौडेलको
संयोजकत्वमा मञ्च गठन गरेको हो । मञ्चको सह-संयोजकमा आशा थापामगर, सचिवमा
संदिप बराल, कोषाध्यक्ष र्सुयकुमारी ढकाल, सह-सचिवमा विकास बराल तथा
सदस्यहरुमा गीता बराल, सुजना बराल, विनोद बराल, विष्णु बराल रहनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाको सभपातित्वमा सम्पन्न भेलामा
कास्कीका स्थानीय विकास अधिकारी नरहरि बराल, खेलकुद विकास समिति कास्कीका
अध्यक्ष दिलबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।
धार्मिक तथा पर्यटकीय महत्वको खयरबराह ताल ओझेलमा
तथा पर्यटकीय महत्वको खयरबराह ताल भौतिक पर्ूवाधार र प्रचारप्रसारको
अभावमा ओझेलमा परेको छ ।
समुद्री सतहदेखि चार हजार ७०० मिटरको उचाइमा अवस्थित मनमोहक र आकर्ष
खयरबराह ताल म्याग्दीको शिख गाविसमा पर्छ । सुन्दर भए पनि पदमार्ग,
व्यवस्थित होटललगायत भौतिक पर्ूवाधार नहुँदा र प्रचारप्रसारको अभावमा ताल
पर्यटकीय आकर्षाको रूपमा विकास हुन नसकेको स्थानीयवासी बताउँछन् ।
करिब एक हजार वर्गमिटर भन्दाबढी क्षेत्रफलमा फैलिएको सो तालको गहिर्राई
१०० मिटर भएको अनुमान गरिएको छ । सो तालको दर्शन गरेमा मनोकाङ्क्षा पूरा
हुने जनविश्वास रहेको स्थानीयवासी नन्दवीर तिलिजाले बताउनुभयो ।खयरबराह
तालमा प्रत्येक वर्षो जनैपूणिर्माको दिन भव्य मेला लाग्नर्ेगर्छ । यस दिन
म्याग्दी, पर्वत, पोखरालगायतका ठाउँबाट मनोकाङ्क्षा पूरा हुने विश्वासका
साथ सयौँ र्सवसाधारण खयरबराह तालमा भाकल र पूजाआजा गर्न आउनेगरेका
तिलिजाले जानकारी दिनुभयो । अन्य समयमा तालको अवलोकन गर्न कोही आउँदैनन्
।
जिल्ला सदरमुकाम बेनीबजारदेखि तीनदिनको पैदलयात्रापछि सो ताल रहेको
ठाउँमा पुग्न सकिन्छ । व्यवस्थित पदमार्ग र आवासको असुविधाका कारण आकर्ष
हुँदाहुँदै खयरबराह ताल ओझेलमा परेको पर्यटन व्यवसायी याङ दोर्जे
शर्ेपाले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)
अर्न्तगत पर्ने खयरबराह क्षेत्रमा भौतिक पर्ूवाधार निर्माण गरी यहाँका
आकर्षाका बारेमा प्रचारप्रसार गर्न सम्बन्धित पक्षले सहयोग गरेमा नयाँ
पर्यटकीय गन्तव्यको विकास हुने ताल संरक्षण समितिका रुद्रबहादुर मगर
बताउनुहुन्छ ।
यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयवासीले गरेको
प्रयास सरकारी निकायको असहयोगका कारण असफल भएको मगरले गुनासो गर्नुभयो
। म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल स्थानीयवासीले
आवश्यकता महसुस गरेमा सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न
पहल गर्ने बताउनुहुन्छ ।
June 25, 2009
माइकल ज्याक्सन रहेनन्
भएको छ। उनी ५० वर्षका थिए। लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका
ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप
गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने
गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना
लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए। ह्रदयाघात हुनुको कारण
सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा
औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका
छन्।
अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो
देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र
हैन, विश्वभर अग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ।
ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल
जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु
गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि
उनले एक्लो सागीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका
एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे।
१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सिगल्स जित्ने उनको कीर्तिमान
अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा
छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने
गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप
प्रमाणित हुन सकेन।
लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो। आपतकालीन
उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे
पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ
उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २
बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो।
आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको
कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि
मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले
उनको शोक मनाइरहेका छन्।
June 22, 2009
माओवादीको अवरोधका कारण सरकारी कार्यालयमा कामकाज ठप्प
आईतबार तनहँुका सम्पुर्ण सरकारी कार्यलयमा कामकाज ठप्प भएको छ । माओवादी
नेतृत्वको सरकारले प्रधानसेनापती रुक्माङ्गत कटवाललाई अवकास दिने गरि
गरेको निर्णयलाई वर्तमान एमाले-काँग्रेस गठबन्धनको सरकारले उल्टाउने
निर्णय गरेको भन्दै सो निर्णयको विरोधमा माओवादीले सरकारी कार्यलयमा
कामकाज बन्द गराएको थियो ।
सरकारी कार्यलय बन्द गराउन माओवादी कार्यकर्ताहरु बिहान नौ नबज्दै पुगी
सकेका थिए । माओवादी कार्यकर्ताहरुले जिल्लाका सम्पुर्ण कार्यलयको मुल
गेटमा धर्ना दिएका थिए । धर्नाको कारण सम्पुर्ण कार्यलयका कामकाजहरु बन्द
भएको थियो । जसले गर्दा सेवा लिन आएका सेवाग्राही हरु मर्कामा परेका थिए
।
जिल्ला प्रशासन कार्यलयमा सभासद सावित्री दुराको नेतृत्वमा माओवादी
कार्यकर्ताहरु धर्नामा बसेका थिए । माओवादी अवरोधलाई मध्य नजर गर्दै
सरकारी कार्यलयमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएपनि कार्यलय खोली काम
गर्ने हिम्मत कुनै सरकारी कार्यलयका प्रमुखहरुले गर्न सकेनन् ।
नौं लाख सापट लिएर प्रधानमन्त्री पत्नी विदा
हुँदाहुँदै श्रीमती गायत्री नेपालले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारको
जागिरबाट विदा लिनुभएको छ । प्रधानमन्त्रीपत्नीले आफू जागिरमा यथावत्
रहने इच्छा व्यक्त गरे पनि जनतामा राम्रो सन्देश जाँदैन भन्दै आफन्तहरुले
राजीनामा गर्न दिएको सल्लाहअनुसार गायत्रीले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री नेपाल स्वयम्ले पनि 'जागिर खाए हुन्छ' भन्ने सल्लाह
दिनुभएको थियो ।
विगतमा माधव नेपाल रक्षा एवं परराष्ट्र मन्त्री भएका बेलामा पनि श्रीमती
नेपाल जागिरमा यथावत् हुनुहुन्थ्यो । यतिवेला जागिर छाड्ने निष्कर्षमा
पुगे पनि गायत्रीले बैंकलाई भने ९ लाख रुपैयाँ भन्दा बढी तिर्न बाँकी
रहेको छ । नेपाल प्रधानमन्त्री बनेपछि बालुवाटार प्रवेश गरेकी गायत्री
जागिर छाडेर श्रीमानसँगै कार्यक्रमहरुमा देखिनुहुन्छ ।
प्रधानमन्त्री बन्नुअघि एउटा भारतीय पत्रिकाले माधवकुमार नेपाललाई
'भारतीय मूलको नेता' भनेर लेखेको चर्चा नेपालमा निकै चल्यो । स्रोतका
अनुसार माधव नेपालका ठूलोबुबा अश्विनीकुमार विहारमा निकै चर्चित
मानिनुहन्थ्यो । प्राध्यापकका रुपमा विहारमा चर्चा कमाएका अश्विनीकुमारका
छोरा अनिल नेपालको रौतहटमा घर छ । उहाँ गौरस्थित 'शान्ता चलचित्र हल'का
मालिकसमेत हुन् ।
प्रधानमन्त्री नेपालका एकजना भाइ सरोज नेपाल इञ्जिनियर हुनुहुन्छ । उहाँ
हाल 'सिमेका कन्सल्टेन्सी' मा कार्यरत हुनुहुन्छ । अर्का माइला भाइ विनोद
नेपाल घरेलु कार्यालयका हाकिम हुनुहुन्छ । काठमाण्डौको मानविकी
(रत्नराज्य) क्याम्पसमा कर्मचारी रहेकी बसुन्धरा नेपाल प्रधानमन्त्री
नेपालकी बहिनी हुनुहुन्छ । प्रधानमन्त्री नेपालका कालिका र इन्दिरा नामका
अन्य दुई बहिनीहरु पनि छन् ।
माधव नेपालको परिवारै जागिरे हो । उहाँका बुबा मङ्गलप्रसाद विसं १९९२ मै
जुद्धोदय माविका जागिरे हुनुहुन्थ्यो । शिक्षण पेशामा हेडमास्टरसम्म भएर
उहाँ २०४४ सालबाट रिटायर्ड हुनुभएको थियो । आफू राजनीतिमा लागे पनि माधव
नेपालका अन्य दाजुभाइ र श्रीमतीले समेत निजामति सेवाका लागि योग्य बनाए ।
त्यसो त माधव नेपाल आफैं पनि बैंकको जागिर छाडेर राजनीतिमा आउनुभएको हो ।
आफ्नो पुस्ताजस्तै प्रधानमन्त्री नेपालले आफ्ना छोराछोरीलाई पनि
राजनीतिमा लगाउनुभएको छैन, बरु छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर बनाउन
सफल हुनुभएको छ । नेपालका छोरा काठमाण्डौंस्थित भारतीय दूतावासले खोलेको
शिक्षालयमा र छोरीले छात्रवृत्ति पाएर भारतमा पढेका हुन् ।
June 17, 2009
तीन गाविसमा भाइरल ज्वरोको प्रकोप बढ्यो
जिल्लाको जामुने, मनपाङ र छाङ गाविसमा भाइरल ज्वरोको प्रकोप बढ्न थालेको
हो । एक सातादेखि भाइरल ज्वरोका बिरामी बढेको थर्पु स्वास्थ्यचौकीका
इन्चार्ज ऐर्श्वर्य भट्टर्राईले बताउनुभयो । दैनिक ४०/५० जना ज्वरोका
बिरामी चौकीमा उपचारका लागि आउने गरेको जानकारी उहाँले दिनुभयो ।
दूषित पानीका कारण उनीहरू ज्वरोबाट प्रभावित भएको बताइएको छ ।
June 16, 2009
सामूहिक तरकारी खेती
भानु-५ को आयोजनामा भानु गाविसमा साचालित सामूहिक तरकारी खेती । युवा
सूचना केन्द्र र खेलकुद विकास समितिको आयोजनामा सो योजना साचालन गरिएको
हो ।
सिद्ध गुफाबाट चमेराहरू हराउन थाले
प्रतिदिन हराउन थालेका छन् । अहिले गुफाभित्र मानिसहरूको चहलपहल बढेपछि
चमेराहरू हराउन थालेको बताइएको छ ।
वि.सं.२०४४ मा गुफा पत्ता लाग्दा ताका गुफाभित्र सयौँ चमेरा देख्न
सकिन्थ्यो । गुफाभित्रको पहराहरूमा छिटफुट चमेराको गुडहरू रहेको जनाइएको
छ ।
चमेरा लोप हुँदै गएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रकृतिलाई जोगाइ राख्न चमेराहरूले ठूलो भूमिका खुलेका हुन्छन् । विमलनगर
सिद्ध गुफा विकास समितिका पदाधिकारीहरूले चमेराको संरक्षणका लागि जुट्न
सबैसँग आग्रह गरेका छन् । त्यस्तै तनहुँको चमेरे गुफाबाट पनि चमेराहरू
हराउँदै गएको बताइएको छ ।
गृहका कारण प्रधानमन्त्री अप्ठ्यारोमा
प्रक्रियामा प्रधानमन्त्री माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन्।
कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव दिएको छ भने एमालेभित्रबाट
गृहमन्त्रालय आफैँ राख्नुपर्ने दबाव प्रधानमन्त्रीमाथि परेको छ।
एमालेभित्र पनि अध्यक्ष झलनाथ खनाल र केपी ओलीको समूहलाई रिझाउनुपर्ने
बाध्यता प्रधानमन्त्रीलाई छ। पार्टीभित्रबाट गृहमन्त्रालय नछाड्न दबाव
परिरहँदा सरकार टिकाउन मधेसवादी दललाई जसरी पनि खुशी पार्नुपर्ने बाध्यता
छ। २२ दलको सहमतिमा बनेको सरकारका लागि मधेसवादी दलहरु निर्णायक शक्ति
हुन्।
तर मधेसवादी दलहरुले गृहमन्त्रालय आफूले पाउनुपर्ने माग नछाडेपछि
आजसम्मका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन्। मन्त्रालयको भागबण्डा
मिलाउन सत्ता साझेदार दलहरुको बैठक मंगलबार पनि हुँदैछ। दिउँसो एक
बजेदेखि सुरु हुने बैठकमा नेपाली कांग्रेस एमाले फोरमको गच्छदार समूह
तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना सहभागी हुनेछन्।
यो बैठकमा पुरानै गुनासा र मागहरु उठ्ने अनुमान गरेका प्रधानमन्त्रीले
आफ्नो पार्टीका नेताहरुसँग मंगलबार बिहान छलफल गरेका छन्। पाँच दलको बैठक
सकिएपछि प्रधानमन्त्रीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नेछन्।
कांग्रेसले यसअघि नै गृहमन्त्रालयको जिम्मेवारी फोरमलाई दिनुपर्ने धारणा
अघि सारिसकेको छ। अब यो विषयलाई टुंगो लगाउन एमालेभित्रको सहमतिले
निर्णायक भूमिका निर्वाह गर्नेछ। दलीय सहमति नजुट्दा सरकार गठन भएको
झन्डै एक महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन।
June 15, 2009
सुर्तीजन्य वस्तु नियन्त्रण कार्यक्रम
केन्द्र तनहुँले जिल्लाभित्र सुर्तीजन्य वस्तु नियन्त्रणसम्बन्धी
कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु
नियन्त्रण जिल्ला सञ्जाल गठन गरी सो कार्यक्रमलाई अगाडि बढाएको हो ।
केन्द्रकी अध्यक्ष सरिता गुरुङले सो कार्यक्रमअर्न्तर्गत एक हजारभन्दा
बढी मानिसलाई चेतना दिइसकेको बताउनुभयो । सर्ुर्ती रोगविरुद्ध
प्रचारप्रसार गरी पोस्टर पम्प्लेट टास्ने काम पनि जिल्लामा तीव्र रूपमा
भइरहेको बताइएको छ । वि.सं. २०६० देखि सुर्तीजन्य वस्तु नियन्त्रणका
कार्यक्रम सुरु भएको हो।
उक्त केन्द्रले जिल्लामा निःशुल्क महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम
पनि सञ्चालन गरिरहेको छ । कार्यक्रमअर्न्तर्गत महिलाहरूको प्रसूति
सेवाबारे जानकारी गराइने बताइएको छ ।
June 13, 2009
सिको गर्दागर्दौ चुरोट नशामा दुब्बे युवाहरु
चुरोट पिउन लागेको चार वर्ष भइसक्यो । उनले आफैँ सिकेर वा जानेर चुरोट
पिउन लागेका भने हैनन् ।
आफ्नै बुबाको सिको गर्दै उनले यस्तो सिको गरेका थिए । सिको गर्दागदै
अहिले चुरोट पिउने उनलाई लत नै लागिसेको छ । केसी भन्छन्- ूसानोमा बुबाले
चुरोट ल्याउन पठाउनुभयो । कस्तो हुँदोरहेछ बुबाले खाने चुरोट भनेर चाखेँ
तर अहिले छोड्न नसक्ने भइसके । चार जनाको परिवारसँगै बस्दैआएका केसीले
आफूजस्तै अरु आठ जनालाई पनि चुरोटको नसामा छिराए । ूपढन् स्कुल गइन्थ्यो
। पढ्नेभन्दा पनि साथीहरुसँग बसेर चुरोट खाइयो अहिले पढ्न सकिएनू- केसीले
आफ्नो पढाइलाई पाँच कक्षामा सीमित गर्नुपरेको सुनाउँदै भने ।
केसी मात्रै हैन् धूमपान तथा मद्यपानको कुलतमा फसेका नेपाली बालबालिकाको
शैक्षिक तथा स्वास्थ्य अवस्था दिन-प्रतिदिन नाजुक हुँदै गइरहेको छ ।
बालबालिका अरुको देखासिकीका कारण कुलतमा फस्ने गरेका छन् । बालबालिकाको
क्षेत्रमा कार्यरत संस्था सिविनले तयार पारेको एक तथ्याङ्कअनुसार १६
प्रतिशत बालबालिकाले परिवारका सदस्यले मद्यपान गर्ने भएकाले उनीहरुले
मद्यपान गर्ने गरेका छन् ।
तीमध्ये करिब ४१ प्रतिशत बालबालिका घरवार र रेस्टुरेन्टका कारण र १८
प्रतिशत साथी सङ्गतका कारण कुलतमा लाग्नेगरेका छन् । करिब ३९ प्रतिशतले
मनोराजनका लागि १७ प्रतिशतले चिन्ता कम गर्न १० प्रतिशतले खानाको रुपमा र
१० प्रतिशतले शक्ति प्राप्तिका लागि धूमपान तथा मद्यपान गर्ने गरेको
सिविनको प्रतिवेदनमा उल्लेख छ ।
दरबार मार्गस्थित सडकमा चुरोट पिइरहेका विशाल नाम बताउने एक बालकले भने-
ूघरमा पेटभर खान नपुगे के गर्ने साथीहरुले चुरोट खान सिकाए । बालबालिका
कुलतमा लाग्ने क्रम बढेपछि परिवार र छिमेकीमा नराम्रो असर पर्ने गरेको छ
। राजधानीमा मात्रै वार्षिक करिब ६०० बालबालिका विभिन्न जिल्लाबाट आई सडक
बालबालिकाका रुपमा रहेको बताइएको छ ।
उनीहरुको उचित संरक्षण र व्यवस्थापन गर्न नसके बालविकृति भित्रनसक्ने ठहर
बालविज्ञहरुको छ ।
छात्राहरु विद्यालयमै बेहोस
हालसम्म सो विद्यालयमा २५ जना भन्दाबढी छात्रा बेहोस भइसकेको बताइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुशीलनाथ प्याकुरेलले यो कुनै सरुवा रोग नभएको र अत्यधिक गर्मी र तापका कारण विद्यार्थीहरु बेहोस भएको बताउनुभयो ।
निर्माणाधीन छात्रवास एक वर्षेखि अलपत्र
डिपिसी र पिलर उठाएको एक वर्षवित्यो तर आर्थिक स्रोत नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको सहिद चन्द्र नेपाली छात्रवास समितिका अध्यक्ष दोवाटे विश्वकर्माले बताउनुभयो । उक्त भवनको डिपिसी र पिलर उठाउँदा करिब रु.१५ लाख सकिएपछि गत भदौदेखि काम अघि बढाउन नसकिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
करिब रु. एक करोड २५ लाखको लागतमा निर्माण हुन लागेको दर्ुइतलेको उक्त भवन पाँच वर्षो अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्षएक ढलान गर्ने लक्ष्यअनुरूप आर्थिक स्रोत जुटाउन जिविस, नगरपालिकामा पटकपटक अनुरोध गर्दा पनि आश्वासन दिने तर सहयोग गर्न बेवास्ता गरिँदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । सो भवन सम्पन्न भएपछि करिब एकसय विद्यार्थीले छात्रवासको सुविधा पाउनेछन् । दमौलीस्थित निर्मल उच्च माविले भवन निर्माणका लागि उक्त जग्गा प्रदान गरेको हो । जसको मूल्य रु. ३७ लाख भन्दाबढी रहेको बताइएको छ ।
तेस्रो चरणको दशौं समूहको तालिम सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि तनहूँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्लेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तनहूँ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मोहन विकको सभापतित्वमा आयोजित कार्यक्रमको कार्यक्रम अधिकृत एवं प्रशिक्षण संयोजक सुरेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो।
त्यसैगरी यही जेठ ३० र ३१ गते द.नं. ३३५१ देखि ३५०० सम्मको अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।
नेजुरेस गठन
माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीहरुको भेलाले नेपाल जुनियर रेडक्रस
र्सकल गठन गरेको छ।
नवगठित र्सकलको अध्यक्षमा कक्षा १० का ऋषिराम रानाभाट, उपाध्यक्षमा
कक्षा ९ का शान्ति थापा, सचिवमा कक्षा ९ कै शिशिर थापा, कोषाध्यक्ष कक्षा
८ का विष्णु रानाभाट, सह-सचिवमा कक्षा ८ कै ठागु आले रहेका छन् ।
सदस्यहरुमा कक्षा ४ का दलबहादुर आले, कक्षा ५ का कल्पना थापा, कक्षा ६
की जुना विक, कक्षा ७ का टंक थापा, कक्षा ८ का जैसरा विक, कक्षा ९ का
झमानसिंह विक, कक्षा १० की खगिसरा नेपाली र कक्षा ७ का प्रमिला आले रहेका
छन्। र्सकलको सल्लाहकार सदस्य निवर्तमान अध्यक्ष कक्षा ९ की सिर्जना
थापा, कक्षा १० की डिलकुमारी आले, कक्षा १० कै रामबहादुर आले, शिक्षक
नायकमा दानबहादुर आले र सह-नायकमा केशकुमारी महतो रहेका छन् ।
सो भेला गठन समारोहमा प्रधानाध्यापक टंकबहादुर थापाले नेपाल जुनियर
रेडक्रस र्सकलको गठन र त्यसको आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो
भने निवर्तमान अध्यक्ष सिर्जना थापाले विगत कार्यकालको प्रगति प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो । शिक्षक नायक आलेले र्सकलका नीति निर्देशनका
बारेमा जानकारी गराउनुभएको थियो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापा, व्यवस्थापन
समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत विद्यार्थी र
स्थानीय अभिभावकहरुको सहभागिता रहेको थियो ।
June 12, 2009
आकास हर्ेर्दै पढ्छन् बालबालिका
हर्ेर्दै पढ्न विवस छन् ।
खैराङ गाविस वडा नं. ४ मा रहेका बागेश्वरी प्राविको जस्तापाता गत वैशाख
२० गते आएको हावाहुरीले उडाएपछि उक्त विद्यालयका विद्यार्थीहरु आकास
हर्ेदै मौसमी पर्ूवानुमान गर्दै पढ्न विवस छन् ।
अधिकांश बालबालिका चेपाङ र सुनुवार समुदायका रहेका उक्त विद्यालयमा
तीनसय विद्यार्थी छन् । विकट स्थानमा रहेको उक्त विद्यालयले समयमै
जस्तापाताका लागि जिल्ला विकास समितिमा समेत निवेदन दिन नभ्याएका कारण
जिविसबाट वितरण भएको जस्तापाता पनि पाउन नसकेको प्रधानाध्यापक
योगेन्द्रप्रसाद जैसवाल बताउनुहुन्छ ।
गरिब वस्तीमा रहेको उक्त विद्यालय पुनःनिर्माण गर्न रु. पाँचलाख लाग्ने
र गाउँलेहरुको जीवनस्तर अत्यन्तै न्युन रहेकाले स्रोत जुटाउन नसकिनेसमेत
प्रधानाध्यापक जैसवाल बताउनुहुन्छ ।हाललाई रु. एकलाख मात्र पाए पानी ओट्न
सक्ने बनाउन सकिने र वषर्ादको समयमा पढाउन पाइने विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष गोविन्द थामीले बताउनुभयो ।हेटौँडा-नारायणगढ सडकखण्डमा
पर्ने मनहरि बजारबाट १२ घण्टा उकालो लागेपछि पुगिने उक्त विद्यालय धादिङ
जिल्लाको समेत सिमानामा पर्दछ ।
गाउँमा बिजुली लैजान गाउँलेहरुद्वारा रकम सङ्कलन
गाउँमा बिजुली लैजान कस्सिएर लागेका छन् । सो कार्यका लागि प्रति घरधुरी
रु. दर्ुइ हजार ५० को दरले रु. ४० लाख सङ्कलन गरिसकेको स्थानीय डोलराज
बस्यालले बताए । ती दुइ गाविसका नौसय घर परिवार गाउँमा बिजुली लैजान
कस्सिएका हुन्।
टुकीको भरमा रात काट्दै आएका त्यहाँका बासिन्दाहरु केही समय यतादेखि
मट्टतिलसमेत पाउन छाडिएपछि दिउँसै खाना खाएर सुत्न वाध्य भएको भिमाद
गाविसकी सीता परियारले बताइन् । सामुदायिक विद्युतीकरण र गाउँलेबाट
सङ्कलित गरी रु. एक करोड ४८ लाखको लागतमा उक्त विद्युतीकरण गर्न लागिएको
सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष धर्मराज खनालले
बताउनुभयो ।
कांग्रेस नेतृ आचार्यको दाहसंस्कार, सेनाद्वारा ९ तोपको सलामी
आर्यघाटमा दाहसंस्कार गरियो। नेतृ आचार्यको दाहसंस्कार भइरहेका बेला
नेपाली सेनाले ९ तोपको सलामी दिएको थियो। सेनाले २०३८ सालको राजपत्रमा
बहाल र पूर्व मन्त्रीस्तरका व्यक्तिको निधन हुँदा सलामी दिने भन्ने
उल्लेख भएअनुसार सलामी दिइएको बताएको छ। "गृह मन्त्रालयबाट आएको अनुरोधमा
सलामी दिइएको हो" सेनाका प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले भने।
विगतमा कतिपय मन्त्री मृत्यु हुँदा भने यस्तो सलामी दिने गरिएको थिएन।
"कतैबाट पनि जानकारी नभएको अवस्थामा सेनाले कसरी सलामी अर्पण गर्छ र ?"
क्षेत्रीले बताए।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका पार्टी अध्यक्ष
झलनाथ खनालसहित सबैजसो पार्टी शीर्ष नेताहरु उनलाई श्रद्धान्जली दिन
पार्टी कार्यालय सानेपा पुगेका थिए।
माओवादीका नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ पनि श्रद्धान्जली
अर्पणका लागि पुगेका थिए।
घरमै बसेर स्वास्थ्यलाभ गरिरहेकी आचार्यले असजिलो महसुस गरेपछि बुधबार
अस्पताल पुर्याइएको थियो। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि
विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको
थियो । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाट लगिएको थियो।
आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा
राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८
सालको आमनिर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई
करिब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि मन्त्री रहँदा सरकारमा
भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजिनामा दिएकी थिइन्। वि.सं.
२०५१ सालको मध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट
प्रतिनिधिसभामा निर्वाचित भइन् । २०५३ सालमा उनले उपप्रधानमन्त्री तथा
जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।
उनको जन्म वि.सं. २००१ सालमा मोरङको विराटनगरमा भएको थियो। समाजशास्त्रमा
स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य कांग्रेस संस्थापक नेता बिपि
कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्। आचार्य बिपिका
पिता कृष्णप्रसाद कोइरालाकी जेठी पत्नीकी छोरी इन्दिराकी छोरी हुन्।
कृष्णप्रसाद कोइरालाकी कान्छी दिव्या कोइरालाबाट बिपि, केशव कोइराला,
तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन्।
उनको ६५ वर्षको उमेरमा शुक्रबार बिहान ४:२५ मा उपचारका क्रममा त्रिवि
शिक्षण अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि अल्जाइमर्स र
निमोनियाबाट पीडित थिइन्।
३७४ लाई अमेरिका जाने चिठ्ठा
अमेरिकी बसाइ कठिन बन्दै गएको खबर आइरहेको बेला ३ सय ७४ नेपालीका लागि
अमेरिका जाने ढोका खुलेको छ। सन् २०१० का लागि डिभी भरेकामध्ये तेस्रो
चरणको परिणाम सार्वजनिक हुँदासम्म ३ सय ७४ नेपालीलाई डिभी परेको छ।
चरणबद्ध रुपमा विजेताको नाम सार्वजनिक गर्ने हुनाले डिभी विजेताको संख्या
अझै बढ्नेछ। पहिलो चरण अन्तर्गत डाइभर्सिटी इमिग्रान्ट भिसा प्रोग्राम
(डिभी)ले १ सय ९ जनालाई चिठ्ठा परेको सूचना दिएको थियो। दोस्रो चरणमा ४३
जनालाई र पछिल्लो पटक सार्वजनिक तेस्रो सूचिमा २ सय २२ जनालाई डिभी परेको
छ।
सन् २००९ मा १ हजार ८ सय ९१ नेपालीहरुलाई डिभी परेको थियो भने सन् २००८
मा भने २ हजार ५ सय ६५ नेपाली डिभीमार्फत् अमेरिका पुगेका थिए।
काम र अध्ययनको सिलसिलामा नेपाल बाहिर रहेकाहरुले पनि डिभी परेका थिए।
डिभी विजेतालाई काठमाडौंस्थित अमेरिकी दूताबासले भिसा नदिएर 'सामाजिक
अपमान' गरेको आरोप डिभी पीडितहरुले लगाए पनि देशको राजनीतिक अस्थिरता र
मध्यम वर्गीय नेपालीको अमेरिका मोहले डिभी भर्नेहरुको संख्यामा कमी आएको
थिएन।
माओवादीद्वारा नौ जिल्ला बन्द
मोर्चाको आव्हानमा गरिएको बन्दका कारण माओवादीद्वारा घोषित मगरात
स्वायत्त गणराज्य अन्तरगतका नौ जिल्लाको जनजिवन प्रभावित छ । बन्द गरिएका
जिल्लामा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रूकुम, रोल्पा,
म्याग्दी र सल्यान छन्।
मगरात स्वायत्त प्रदेशको माग सहित नागरिक सर्बोच्चता कायम गर्न दबाव दिने
भन्दै बन्द आव्हान गरिएको हो।
बन्दकर्ताले पाल्पा सदरमुकाम तानसेनमा बन्द गराउन भन्दै समुह बनाइ बिहानै
देखि बजार परिक्रमा गरेका छन्। उनीहरूले सरकारी कार्यालयलगायत जिल्लाका
सबै संघसंस्था र गैर सरकारी संस्थाका कार्यालयहरू समेत बन्द गर्ने बताएका
पाल्पाबाट पत्रकार टेक नारायण भट्टराईले जनाएकाछन्।
बन्द गरिएका जिल्लाहरूको यातायात, शैक्षिक संस्था र व्यापार व्यावसाय
ठप्प पारिएको बताइएको छ ।
मगर राष्ट्रय मुक्ति मोर्चाका पाल्पा जिल्ला अध्यक्ष यम बहादुर सारूले
बन्द सफल पार्न सबै संयन्त्र परिचालन गरिएको बताए। उनले नागरिक
सर्बोच्चतालाई चुनौति दिने काम सेनाका प्रधानसेनापति र राष्ट्रपतिले
गरेको दाबी गरे। त्यसको छिनोफानो गर्न छलफलको लागि संसद सचिवालयमा लगिएको
संकल्प प्रस्ताब खारेज गरेर सभामुखले समेत गल्ति गरेको उनको दाबि थियो ।
माओवादी सम्बद्ध बिभिन्न संघ संगठन र मोर्चाहरूले पछिल्ला दिनहरूमा
नियमितजसो बन्द गर्दै आएका छन्।
प्रधानमन्त्रीद्वारा राष्ट्रिय खेलकुद प्रतिष्ठान शिलान्यास
इनडोर र आउटडोर खेलका लागि सुविधासम्पन्न प्रतिष्ठानको बजेट १ अर्व
५० करोड रुपैयाँ रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव जीवनराम श्रेष्ठले उक्त अवसरमा जानकारी गराए ।लगभग २२ विगाहा क्षेत्रफलमा ओगटेको प्रतिष्ठानमा सम्पूर्ण खेलका लागि खेलस्थल, प्रशिक्षणस्थल, होस्टल, पुस्तकालयलगायतका सम्पूर्ण सुविधा उपलब्ध हुनेछन् ।
प्रतिष्ठानको निर्माण पाँच वर्षभित्र सम्पन्न हुने जानकारी श्रेष्ठले गराए ।
पहिलो चरणमा फुटबल मैदान र होस्टलका साथै पर्खाल निर्माण गरिनेछ । यस कार्यका लागि हालै राजधानीमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेटबाट बाँकी रहेको अनुमानित २ दुईदेखि सवा दुई करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
निर्माणका लागि बाँकी आवश्यक बजेट स्थानीय निकाय कर, नेपाल सरकार तथा अन्तर्राष्ट्रिय सहयोगबाट जुटाइने श्रेष्ठले बताए ।
यस कार्यका लागि सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता प्रधानमन्त्री नेपालले व्यक्त गरे ।
खुला दिसामुक्त क्षेत्र घोषित
सेवा क्षेत्रका १ सय १० घरधुरीमा शौचालय निर्माण भइसकेकोले खुला
दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
बाँकी २४ घरधुरीमा शौाचालय निर्माणाधीन अवस्थामा रहेकोले दोस्रो चरणमा
ती घर बसोबास क्षेत्रलाई पनि खुला दिसामुक्त क्षेत्र घोषणा गरिने नेपाल
रेडक्रस सोसाइटी तनहूँ शाखा उपसभापति विद्युतकेशरी न्यौपानेको प्रमुख
आतिथ्यतामा आयोजित कार्यक्रमको केहरसिंह गुरुङले अध्यक्षता गर्नुभएको
थियो ।
राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर आयोजना गरिएको हो ।
पत्रकारिता तालिम सञ्चालन
समुदायका महिलाहरुको लागि पाँच दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन
भइरहेको छ ।
जेठ २४ गतेदेखि सुरु भएको सो तालिममा स्थानीय पत्रिकाको महत्व, समाचार
लेखन क्षमता अभिवृद्धि, मानवअधिकार र पत्रकारिता, पत्रिका के हो, फोटो
पत्रकार र त्यसको महत्व, द्वन्द्व र पत्रकारिता, राष्ट्रिय तथा स्थानीय
पत्रिकाको भूमिका, खोजमुलक पत्रकारिताको प्रभावकारिता लगायतका विषयहरुमा
तालिम सञ्चालन भइरहेको छ ।
रेडियो प्रस्तोताको आधारभूत कुराहरु, पत्रिकामा सम्पादकको भूमिका,
पत्रकारिता लेखन अभ्यास लगायतका विषयहरु प्रशिक्षण दिन बाँकी रहेकोले
तालिम २९, ३० र ३१ गतेसम्म सञ्चालन हुने तालिम संयोजक कुमारकञ्चन जिसीले
भञ्ज्याङलाई जानकारी गराउनुभयो ।
नगरपालिकाले सञ्चार क्षेत्रमा केही योगदान पुर्याउने उद्देश्यले यस्तो
तालिम आयोजना गरिएको व्यास नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेलले
बताउनुभयो ।
June 11, 2009
बेपत्ता पारिएकाहरुको परिवारद्वारा जिल्ला प्रशासनमा धर्ना
राज्यद्वारा बेपत्ता पारिएकाहरुको अवस्था सार्वजानिक गरिनुपर्ने
राष्ट्रपती रामबरण यादवको कदम फिर्ता गरिनुपर्ने र भारतद्वारा अतिक्रमण
गरिएको नेपाली भु-भाग फिर्ता गरिनुपर्ने माग गर्दै बेपत्ता पारिवार
समाजका सदस्यहरुले बुधबार जिल्ला प्रशासन कार्यलय तनहँुमा धर्ना दिएका
छन् ।
एकिकृत नेकपा माओवादीको जिल्ला कार्यलयबाट निस्केको बेपत्ता पारिवार
समाजको र् याली जिल्ला प्रशासन कार्यलयको मुलगेटमा पुगी धर्नामा परिणात
भएको थियो । धर्ना कार्यक्रममा अनेमसंघ क्रान्तिकारी का कार्यकर्ताहरु
पनि सहभागी रहेका थिए । सरकारले बेपत्ता सम्बन्धि विधेयक हाल सम्म पनि
निर्माण गर्न नसकेको भन्दै सो धर्नामा सहभागी भएकाहरुले विधेयक तत्काल
गठन गर्न माग गरेका थिए । धर्ना विहान १० बजे देखि मध्यान्न १२ बजेसम्म
गरिएको थियो ।
सहभागीहरुले बेपत्ता पारिएकाहरुको तस्बिर जिल्ला प्रशासनको मुलगेटमा
टाँगेर धर्नामा सहभागी भएका थिए । धर्ना अवधीभर जिल्ला प्रशासनको
सम्पुर्ण कामकाज अवरुद्ध भएको थियो । बेपत्ता परिवार समाजका सदस्य रोहीत
पन्तले सरकाले बेपत्ता पारिएकाहरुलाई सार्वजनिक गर्न कुनै पहल नगरेको
भन्दै आन्दोलन गरिएको बताए । उनले विगतमा नागरिक बेपत्ता पार्नमा
महत्वपुर्ण भुमिका भएकाहरु नै सरकारको नेतृत्वमा रहेकाले पनि आन्दोलन
गरिएको बताए । माओवादीले साचालन गरेको सशस्त्रद्वन्द्वमा राज्यपक्षबाट
तनहँुका १८ जना नागरिक बेपत्ता भएका थिए ।
June 9, 2009
चलचित्र इकु प्रदर्शनीमा
हास्यटेलिश्रृखंला मेरीबास्सैमा इकु को भूमिकाबाट चर्चित भएका सुलेमान शंकरले निर्माण गरेको सो चलचित्र पनि हास्य कथामा आधारित छ ।
मनकामना चलचित्र हलका व्यवस्थापक कमल श्रेष्ठका अनुसार चलचित्र इकुले सोचे अनुसार व्यापार गर्न सफल भएको छ । व्यवस्थापक श्रेष्ठका अनुसार सो हलमा अत्याधुनिक डिजीटल सिष्टम र आरामदायी सिटमा बसेर चलचित्र हेर्न सकिन्छ । चलचित्र इकु का कलाकारहरुमा सुलेमान शंकर रवि डंगोल उषा रजक लगायत छन् ।
बाख्रा पालन छाडी तरकारी खेतीतिर आकर्षण
बाख्रा पालन गर्नका लागि रिसेडबाट पाँच हजार ऋण लिएर व्यवसाय गर्न सुरु गरेका उनले बाख्रा पालनबाट त्यति आम्दानी नभएर बाख्रा पालन छाडी अहिले तरकारी खेतीतिर लगेको विष्णु अधिकारी बताउँछन् ।
अहिले ५÷६ रोपनी जग्गामा काक्र्रो करेला काउली घेरौला लौका फसर्ी र अन्य तरकारी लगाएको अधिकारी बताउँछन् । एक पटकमा मात्रमा तरकारी बेचेर खर्च कटाएर बाँकी ३५ हजार देखि ४० हजार रुपैया आम्दानी गरेको बताउछन् । उनले लगाएको तरकारी घरबाटै पनि बिक्री हुने गर्छ । रासायनीक मल र औषधी केही प्रयोग नगरेपनि तरकारी राम्रो फलेको उनको भनाई छ। तर अहिले औषधीको प्रयोग गरी झनै राम्रो फलेको छ ।
विष्णु अधिकारी अपाङ्गता व्यक्ति भए पनि उनलाई सघाउने श्रीमती र बुहारीले धेरै सहयोग गरेको बताउँछन्। विष्णु अधिकारी तरकारी खेती गरेपछि उनले छोरालाई विदेश पठाएको बताउँछन्। पहिले घरको स्थिति दयानीय रहेको र अहिले सुखमय जीवन विताइरहेको अधिकारी बताउँछन् ।
दलित बस्तीमा खानेपानी आपुर्तीमा अवरोध
२०५८ सालमा निर्माण गरिएको ज्यामिरे खानेपानी आयोजना मार्फत पानी ल्याई सो गाँउका ३५ घरमा सात वटा धारा निर्माण गरी समानरुपमा पानी वितरण गरिदै आएकोमा केहि समय अघि पाँच घरले सो आयोजनाको पानीको पाईप काटेर अन्यत्रै लगेपछि गाउँलेहरु खानेपानीबाट बिाचत भएको पिडित धुज बहादुर सुनारले बताए । उनले पानी खान नपाउँदा एक घण्टा हिडेर् नदिको पानी ल्याएर खानुपरेको दुखेसो गरे । सो गाँउका ३५ घर धुरी मध्ये ३० भन्दा बढि दलितहरु रहेका छन् भने पाईप काट्ने ५ घर धुरी पनि दलित नै रहेका छन् ।
स्थानिय उर्मीला सुनारका अनुसार अमर विक जमुना विक लक्ष्मण विक सिता विक र बुद्धिबहादुर विकले खानेपानीमा अवरोध गरेका हुन् । पानी खान नपाएपछि ३० घर धुरीका गाउँलेहरु आईतबार जिल्ला सदरमुकाम दमौली आए । उनीहरुले खानेपानीको आपुर्ती र पिडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय र एकिकृत नेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेको जिल्ला कार्यलयमा निबेदन समेत दिएका छन् । माओवादीले सो समस्या समाधान गर्न जिल्ला सचिवालय सदस्य आशा खनालको संयोजकत्वमा समिति समेत बनाएको माओवादीका जिल्ला ईन्चार्ज हरिबहादुर चुमानले बताए ।
अन्य दलले पनि सो घटनाको बारेमा जानकारी लिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी एक नारयण अर्यालले तिन दिन भित्रमा गाँउलेहरुलाई पानि खान पाउने बातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।
बन्द
June 5, 2009
मागमा आधारित प्याकेज तालिम सम्पन्न
पाँच दिने विषय प्याकेज तालिम बिहीबार दमौलीमा सम्पन्न भयो ।
प्याकेज निर्माण तालिममा गणित, अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक
विषयका प्याकेज निर्माण कार्यशाला तालिममा जिल्लाका विषयगत माविका वरिष्ठ
शिक्षकहरु, तालिम केन्द्र तनहूँका प्रशिक्षकहरु, जिल्ला शिक्षा
कार्यालयका विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरु सहभागी रहेका थिए ।
उक्त प्याकेज निर्माण कार्य पश्चात् जिल्लाभित्र रहेका निम्न माध्यमिक
र माध्यमिक विद्यालयमा तालिम नपाएका शिक्षकहरुलाई समावेश गर्राई यही जेठ
२६ गते देखि ३० गतेसम्म तालिम सञ्चालन गरिने शाखा अधिकृत रामकुमार
श्रेष्ठले बताउनुभयो ।
प्याकेज निर्माण र तालिम पश्चात् शिक्षण सिकाई क्रियाकलापमा देखा परेका
समस्याहरु निराकरण हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सो तालिम समापनका अवसरमा शिक्षा अधिकारी प्रेमनाथ पौडेलले शिक्षाको
गुणस्तर विकास गर्न प्याकेज र तालिम उपयोगी हुने बताउनुभयो ।
यसैबीच जिल्लाका पाँचवटा स्रोतकेन्द्र अर्न्तर्गत निम्न माध्यमिक र
माध्यमिक विद्यालयमा लेखा व्यवस्थापन गर्ने व्यक्तिहरुलाई लेखा सम्बन्धी
तालिम दिइएको थियो ।
निम्न माध्यमिक र माध्यमिक विद्यालयमा लेखा सम्बन्धी काम गर्ने
व्यक्तिहरुलाई लेखा चुस्त र दुरुस्त राख्नका लागि पाँच दिने तालिम आयोजना
गरिएको थियो ।
भिमाद, डुम्रे र दमौलीको दर्ुइ स्थानमा १ सय ४६ जना लेखासम्बन्धी काम
गर्ने व्यक्तिहरु जुटाएर तालिम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयले
जनाएको छ ।
June 4, 2009
कक्षाकोठा नहुँदा साक्षरता अभियानमा समस्या
सरकारले प्रौढहरुलाई साक्षर बनाउने उदेश्यले साचालन गरेको साक्षरता
अभियानको लागी पढाउने कक्षाकोठाको अभावमा समस्या परेको छ । कक्षाकोठाको
अभावमा साक्षरता कक्षा लिईरहेका प्रौढ महिलाहरु बाहिरै बसेर पढ्न बाध्य
भएका छन् । बाहिर बसेर पढ्दा होहल्ला हुने र पढेको केहि नबुझ्ने उनीहरुले
बताएका छन् । साक्षरता अभियान अन्तर्गत कक्षा लिईरहेकी अम्बिका सुनारले
बाहिर बसेर पढ्दा केहि नबुझीने बताईन् । ब्यास नपा१० दमौलीको केन्द्रमा
विपि बनबाटिका अगाडीको सार्वजानिक पार्टीमा कक्षा साचालन भईरहेको छ ।
सो स्थानमा विभिन्न कार्यक्रमहरु भईरहने हुनाले साक्षरता अभियान समयसमयमा
प्रभावित हुने गरेका स्वयंसेविका दुर्गा अधिकारीले बताईन् । कहिले काँही
त पढाई बन्द गरेर जानुपर्ने अवस्था आउने उनले बताईन् । सो केन्द्रमा ३०
जनाले नाम दर्ता गरेपनि ८-१० जनामात्र पढ्न आउने उनले बताईन् ।
कक्षाकोठाको ब्यवस्था गर्न सकेको भए पढ्न आउनेको संख्या बढ्न सक्ने
अधिकारीले बताईन् । उनले नगरपालीका सँग कक्षाकोठाको ब्यवस्था गर्न माग
गर्दा नगरपालीकाले आफैले ब्यबस्था गर्नु पर्ने बताएको उनले जानकारी दिईन्
। जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत रामकुमार श्रेष्ठले भौतीक
पुर्वाधारको जिम्मा स्थानिय निकायको भएको कारण कक्षाकोठाको सम्बन्धमा
आफुहरुलाई केहि थाहा नहुने बताए ।
निरक्षर प्रौढहरुलाई साक्षर बनाउने उदेश्य स्वरुप सरकारले साचालन गरेको
साक्षरता अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएको र अहिले दोश्रो
चरणको कार्यक्रम साचालन भईरहेको श्रेष्ठले बताए । उनका अनुसार सो
कार्यक्रम प्रत्येक गाविसको प्रत्येक वार्डमा एक वटा र नगरपालीकाको
प्रत्येक वार्डमा तिन वटा कक्षा साचालन भएका छन् । यसको लागी आर्थीक
सहयोग स्थानिय निकायले बेहोर्ने र प्राविधिक सहयोग जिल्ला शिक्षा
कार्यलयले गरिरहेका छन् । तनहुँ जिल्लाको साक्षरता ७५ प्रतिशत रहेको र यो
अभियानबाट साक्षरता प्रतिशत अझ बढ्न सक्ने उनले बताए ।
तनहु“ कर्वडहल तथा र·शालको शिलान्यास
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले बुधवार विहान
तनहुँको दमौलीमा "तनहुँ कवर्डहल तथा रङशाला"को एक समारोह विच शिलान्यास
गर्नु भयो ।
सो अवसरमा बोल्दै सदस्य सचिव श्रेष्ठले शहरमा जतिकै गाउँपनि खेलाडी
क्षमतावान रहेको तर तिनीहरुको लागि आवश्यक पर्ुवाधारहरु पुर्यान
नसकिएकाले पछाडि परेका बताउनुभयो। उहाँले राज्यको स्पष्ट निति नभएकाले
अहिले सम्म खेलाडीको चाहना हुदाँ हुदै पनि खेलकुद क्षेत्रमा पछाडी परेको
बताउनुभयो ।
दूइ वर्षअगाडी कुल एक करोड ८७ लाखको लागत स्टमेट गरिएको सो कवर्ड हल
तथा रङशाला निर्माणको लागि अहिले २ करोड रुपैया लाग्ने अनुमान गरिएको
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रराज कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार समतिसंग हाल करिव ३७ लाख ६८ हजार रुपैया मौजाद रहेकोमा
अन्य नपुग रकम राष्ट्रिय खेलकुद परिषद र चन्दा तथा सहयोगबाट पुर्याउने
लक्ष्य समितिले राखेको छ ।
भलिवल, बास्केटवल, कराते, बक्सिङ, व्यडमिन्टन, टेवल टेनिस लगाएतका
इन्डोर खेल खेल्न मिल्ने १ सय ७ दशमलव १ फिट र ९१ दशमलव ७ फिट क्षेत्रफर
रहने सो कवर्डहलमा करिव १५ सय दर्शक अटाउने समितिका अध्यक्ष काइरालाले
जानकारी दिनुभयो । त्यस्तै १०० बाइ १४० मिटर क्षेत्रफल रहको रङशालाको
प्याराफिटमा करिव दश हजार दर्शक अटाउने छन् ।
किसान महासंघद्वारा सरकारलाई ज्ञापनपत्र
कार्यालय मार्फ् प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्रको रुपमा बुझाएको छ ।
महासंघका गण्डकी सहइन्चार्ज माया केसी र जिल्ला अध्यक्ष नारायण प्रसाद
खनालको नेतृत्वमा गएको एक टोलीले जिल्ला प्रशासन कार्यालय तनहूँ मार्फ्
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रीय स्तरका १ सय २१ र जिल्ला तहका १० वटा माग समावेश गरिएको
ज्ञापनपत्रमा खैरेनीटार स्थित सेनाको ब्यारेक अन्यत्र स्थानान्तरण गर्राई
द्वन्द्वकालमा त्यहाँबाट विस्थापित भएका पश्चिमाञ्चल क्षेत्रीय कृषि
तालिम केन्द्र, माटो परीक्षण केन्द्र, बागवानी अनुसन्धान, वाली संरक्षण
केन्द्र सबै कार्यालयहरु सोही ठाउँमा पुनर्स्थापना गर्न, खैरेनीटारको
पश्चिमाञ्चल तालिम केन्द्रलाई कृषि क्याम्पसमा रुपान्तरण गर्न लगायत
जिल्लाका नदी तथा खोला किनारका ठूला टारहरुमा सिँचाई गर्न र बजारमा
गुणस्तरहीन मल जफत गरी गुणस्तरीय मल बिउ आपर्ूर्ति व्यवस्था मिलाउन माग
गरिएको छ ।
त्यसैगरी जिल्लाका विभिन्न क्षेत्रमा असिना र हावाहुरीले पुर्याएको
क्षतिको अवलोकन गरी पीडित किसानहरुलाई कृषि विकास बैंकको ऋणको व्याज
मिनाहा गरिदिन समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
माओवादीद्वारा जिल्ला प्रशासनमा धर्ना
प्रधान सेनापति रुकमाङगत कटवाललाई थमौती दिने कदमको विरोधमा वुधवार
जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएका छन् ।
माओवादी पार्टर्ीीार्यालयबाट सुरु भएको जुलुश जिल्ला प्रशासन कार्यालयको
गेटमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा माओवादीका जिल्ला इर्न्चाज हरीवहादुर चुमान, सेक्रेटरी जगन्नाथ
खनाल, सचिवालय सदस्य आशा खनाल लगायतले राष्ट्रपतिको कदमलाई असैवधानिक
भन्दै त्यसलाई खारेज गरी नागरिक सर्वोच्चता कायम गर्न आफूहरु आन्दोलनमा
उत्रेको बताएका थिए ।
उनीहरुले प्रशासन गेटमा कालो व्यानर टाँगी विहान १० बजेदेखी १२ बजे सम्म
दुइ घण्टा धर्ना दिएका थिए ।
June 3, 2009
आरन पंखा वितरण
हर्रि्रसाद दाहाल र दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष
नोकबहादुर विकले संयुक्त रुपमा गाविसको हुक्कामा स्थानीय आरन व्यवसायी
विकहरुलाई आधुनिक आरन पंखा गरेका छन् ।
आयआर्जन वृद्धिका लागि ११ जना आरन व्यवसायी विकहरुलाई जनही रु. ३ हजार
मूल्य बराबरको आरन पंखा वितरण गरिएको हो ।
जनहित कृषि उत्पादन सहकारी संस्था लि.को किहुँमा उद्घाटनका क्रममा उक्त
पंखा वितरण गर्दै स्थानीय विकास अधिकारी दाहालले आयआर्जन वृद्धिका लागि
आधुनिक पंखा वितरण गरिएको बताउनुभयो ।
कृष्णप्रकाश सिग्देलको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा नेकपा एमाले
जिल्ला कमिटि उपसचिव केदार सिग्देल, अरुणोदय गाउँ कमिटि सचिव भवानी शंकर
लम्साल, किहुँ गाउँ कमिटि सचिव सोमनाथ शर्माले शुभकामना व्यक्त गर्नुभएको
थियो । कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत ऋषिभक्त
वाग्लेको पनि सहभागिता थिया ।
पत्रकार अधिकारीद्धारा रचित गित विमोचन
"र्स्वर्ग भन्दा प्यारो लाग्छ हाम्रो जन्मघर, त्यो भन्दा पनि प्यारो
हाम्रो व्यास नगर" भन्ने गितको मंगलबार दमौलीमा विमोचन गरिएको छ ।
गायक नवराज थापाको आवाजमा रहेको गितको व्यास नगरपालिकाका कार्यकारी
अधिकृत शिशिर पौडेलले प्रथमपटक बजाएर विमोचन गर्नुभएको थियो ।
स्थानिय धर्म, इतिहास, प्रकिृती र विकासलाई जोडेर रचना गरिएको गितको आवाज
मात्रले नपुग्ने भएकाले दृश्यपनि आवश्यक रहेको कार्यकारी अधिकृत पौडेलले
जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष प्रदीप काफ्लेले पत्रकारितको
माध्यमबाट कलम चल्दै गइरहेको हातबाट गितपनि कोरिदा रहेछन् भन्ने पुष्ठि
भएको बताउनुभयो ।
कवि सिद्धिचरण श्रेष्ठको "मेरो प्यारो ओखलढुङगा" कविताबाट प्रेरित गितका
रचनाकार तथा सेतिमादी दैनिकका सम्पादक डम्वर अधिकारीले सम्पादकिय
लेख्दाको क्षणमा मस्तिष्कमा आउने उर्जाको कारणले गित रचना भएको बताउनुभयो
।
सो अवसरमा स्थानिय समाजसेवी माधवबहादुर पन्थ, गायक नवराज थापा लगायतले
गितको भिडियो निर्माण भएमात्र गित र्सार्थक हुने बताउनुभएको थियो ।
जुनियर रेडक्रस र्सकल गठन
चन्द्रज्योति माध्यमिक विद्यालय घिरिङ सुन्धारामा अध्ययनरत
विद्यार्थीहरुको एक भेलाले जुनियर रेडक्रस र्सकल गठन गरेको छ ।
नवगठित र्सकलको अध्यक्षमा नरबहादुर थापा, उपाध्यक्ष बबिताकुमारी साह,
सचिव शुसीलकुमार श्रेष्ठ, उपसचिव चेलीमाया विक, कोषाध्यक्ष कृष्णमाया
थापा, सदस्यहरुमा ओमबहादुर थापा, तुलसी थापा, दानमाया राना, सरीता
श्रेष्ठ, लुद्रवीर विक र दिलबहादुर राना रहेका छन् ।
शिक्षक नायकका टेकनाथ पोख्रेल र उपनायकमा धनन्जय गैह्रेलाई भेलाले छनौट
गरेको विद्यालयले जनाएको छ ।
व्यवस्थापन संकायका लागि महायज्ञ
संकाय थप गर्न महायज्ञ सञ्चालन गरिने भएको छ ।
तनहूँ जिल्लाको व्यापारिक केन्द्र भिमाद-१ मा रहेको जनज्योति क्याम्पसको
स्नातक तहमा व्यवस्थापन संकाय थप गर्न र आर्थिक व्यवस्थापन सुदृढ पार्न
महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
दधिराज सुवेदीको अध्यक्षतामा गठित महायज्ञ मूल समारोह समितिको तर्फाट
प.कमलनयन गौतमलाई भेटी आउँदो कार्तिक ९ गते थालनी गर्ने गरी ७ दिने
महायज्ञका लागि मिति तय गरिएको सुवेदीले रेडियो तनहूँलाई जानकारी
गराउनुभयो ।
यज्ञ सञ्चालनका लागि मिति निश्चित भइसकेकोले गत पुष महिनामा गठित मूल
समारोह समितिको बैठक तत्काल बोलाई यज्ञ सञ्चालन सम्बन्धी गतिविधि अगाडि
बढाउने तयारी भइरहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।
महायज्ञ मार्फ् १ करोड रुपैयाँ दान संकलन गर्ने लक्ष्यका साथ १ हजार १
सय ११ सदस्यीय मूल समारोह समिति गत पौष महिनामा नै गठन गरिएको थियो ।
तनहूँ जिल्लाकेा पश्चिम-दक्षिणवर्ती व्यापारिक केन्द्र र नवलपरासीको
उत्तरी पहाडी खण्ड स्याङजा जिल्लाका पर्ूर्वी दक्षिणी भेगका
चित्रेभञ्ज्याङ, क्याक्मी, मग्यामचिसापानी लगायत तनहूँ जिल्लाको झण्डै १५
वटा गाविसको पायक पर्ने जनज्योति क्याम्पसमा शिक्षाशास्त्र संकाय मात्र
सञ्चालन भएकोले आफ्नै घरपायकमा विद्यार्थीहरुको रुची अनुसार अन्य
संकायहरु पनि थप गर्दै जान आर्थिक व्यवस्थापन जुटाउन महायज्ञ सञ्चालन
गर्न लागिएको स्रोतले जनाएको छ ।
पेस्तोल देखाई रकम लुटियो
डेरा गरी बस्दै आएका सुरुराम चौधरीको कोठाबाट मगलबार दिउँसो ११ बजे एक
समूहले पेस्तोल देखाई नगद लुटिलगेका छन् । स्थानीय शिवकुमार श्रेष्ठको
घरमा डेरामा बस्दै आएका चौधरीको कोठाबाट नगद रु. ७५ हजार लुटी लगेको
प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कोठामा सुकरामको साली सविता राना एक्लै
भएको बेला एक्कासी आँखा छोपेर हात पछाडी लगी बाँधेर सो रकम लुटेको हो ।
मुखमा एक चक्की औषधी जवरजस्ती खुवाए र मुखमा कपडा कोचेर चावी कहाँ छ
देखा भनेपछि मैले मानिन त्यसपछि कञ्चटमा पेस्तोल तेर्याएर डरले
देखाइदियाँ होस खुलेपछि सविताले प्रहरी सामु बताइन । अन्दाजी २०-२५ वर्षा
देखिने मङ्गोलियन अनुहारका तीन जना महिलाले उक्त रकम लुटी लगेका हुन ।
घटनापछि तत्काल प्रहरीमा खवर गरी खोजीकार्य भएपनि हालसम्म पत्ता लगाउन
नसकेको घरधनी शिवकुमार श्रेष्ठले बताउनुभयो ।
बत्तिसहजार मेटि्रकटन मल भित्राउने प्रक्रिया अगाडि बढयो
अनुरूप चालु आर्थिक वर्षो अवधिका लागि ३२ हजार मेटि्रकन मल नेपाल
भित्राउने प्रक्रिया अगाडि बढिसकेको कृषि सरकारी कम्पनी लिमिटेड तनहुँले
जनाएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय मार्फ ग्लोवल टेन्डर आहृवान गरी सो
प्रक्रिया अगाडि बढाइएको कम्पनीका शाखा प्रबन्धक टेकबहादुर कुवँरले
बताउनुभयो । बाहृ हजार ५०० सय मेटि्रकटन डिएपी मलका लागि टेन्डर स्वीकृत
भईसकेको जानकारी उहाँले दिनुभयो । मुलुक भरका कृषि सामाग्री कम्पनीहरूमा
लामो समयदेखि मलको लागि दर्ुइहजार मेटि्रकटन मलखाद प्रस्ताव गरी पठाएको
कम्पनीका शाखा प्रबन्धक टेकबहादुर कुवँरले बताउनुभयो ।
तनहुँमा लामो समयदेखि यूरिया, डिएपी, कम्लेक्सर पोटास मलको अभाव हुदै
आएको बताइएको छ । सरकारले २०५८ बाट मलखादमा दिंदै आएको अनुदान कटौती
गरेको थियो ।
तरकारीको मूल्य तेब्वर बढेपछि र्सवसाधारण मारमा
बृद्वि भएपछि र्सवसाधारणहरू मारमा परेका छन् ।
असिनाका कारण स्थानीय उत्पादनका तरकारीमा क्ष्ति भएको र धादिङ, चितवन,
पर्सर्ााजल्लाबाट आयत हुँदै आएका तरकारी समेत माग अनुसार नपाइएकोले
तरकारीको मूल्य हृवातै बढेको छ । तनहुँकै बन्दीपुर गाविस ८ को थप्पा
फाँटबाट वर्षोनी ४-५ करोडको तरकारी दमौली भित्रिदै आएकोमा यसपाली असीनाले
पर्ूण्ारूपमा नष्ट गरेपछि अन्य जिल्लाहरूबाट तरकारी ल्याउनु परेको तरकारी
व्यवसायी बर्मा गुप्ताले बताए ।
प्रतिकिलो रु .१५ रूपैयाको काँक्रो, रु. ५० रु.,१० किलोको आलु रु .३०,
रु.२०।- को टमाटर रु ६०, रु.२५ को करेला, भिन्डी रु. ७५ पुगेको बताइएको छ
। यस्तै गाजर, हरियो खुर्साानी , भेन्टा, घिरौला, मुला, गाजर , धनिया ,
बोडी, लगायतका तरकारीको मूल्य आकासिएपछि र्सवसाधारणहरू चिन्तित भएका छन्
।
तरकारी किनेर खान नसकिने गरी मूल्य बढेको उपभोक्ताहरूले बताएका छन् ।
दमौलीमा तीन दर्जन व्यापारीले तरकारी बेच्दै आएका छन् ।
June 2, 2009
वनको राजा-- राजामामा कुसुन्डा ( म - म्याख् )
"बाबाको मृत्यु कति सालमा भयो थाहै भएन । वहाँ कस्तो हुनु हुन्थ्यो, कति
उमेरको हुनुहुन्थ्यो केहि अड्कलनै छैन ।" ६० बर्षीय राजामामा कुसुन्डा
विगतलाई यसरी वताउनु हुन्छ । बाबाको नाम थाहा भएन तर आमाको नाम चाही
विष्णु माया कुसुन्डा हो । "पहिला जंगलमा कहाँ बसियो, के खाइयो, के काम
गरिन्थ्यो अनुभवनै गर्न पाईएन, किन भने मलाइ सानैमा आमाले यता दमैलीतिर
लिएर आउनु भएछ । यहिं हुर्कियो, बढियो र जिन्दगीको यात्रा यहिंवाट शुरु
गरियो । आफ्नो पुख्र्यौली पेशा भनेको जंगलमा गएर गिठ्ठा, भ्याकुर खोजेर
खाने, वन कुखुरा, कालीज जस्ता पशुपक्षिंहरु मारेर खाने भए पनि अहिले आएर
यो पेशा गर्न छाडेको वहाँले वताउनु भयो । सम्भवत पश्चिमाञ्चल क्षेत्रकै
एकमात्र कुसुन्डा राजामामाले ५५ वर्षको उमेरमा रामेछाप निवासी इन्द्रमाया
तामाङसँग २०६१ साल पुष ८
गते विवाह गर्नु भयो । " विवाह गर्दिन भनेर यो उमेर सम्म बसियो सबैले कर
गरेर यो उमेरमा अएर विवाह गरियो ।" वहाँहरुको यो जोडि मिलाइ दिने काम भने
आदिवासी जनजाति उत्थान प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रा.सन्त बहादुर
गुरुङले गरिदिनु भएको हो ।
राजा मामा र साथी बसन्त गुरुङ्ग
विभिन्न समयमा विभिन्न पत्रकारहरु आएर आफ्नो वारेमा सोधखोज गरेको, कसैले
त आफ्नो बारेमा फिलिमै बनाएको समेत कुरा वहाँले बताउनु भयो । आदिवासी
जनजाति उत्थान प्रतिष्ठानले हेलिकप्टरमा राखेर आफ्नो सन्तान खोज्न दाङमा
समेत पुर्याएको पनि बताउनु भयो । त्यहाँ पैसा पाउने लोभमा धेरैले आफ्नो
दाई, भाई हो भनिदिन आग्रह गरेको तितो अनुभव पनि वहाँ बताउनु हुन्छ ।
श्रीमती ईन्द्रमाया, छोरी रबिन्द्राको साथमा राजा मामा
" भाषै नमिल्ने, बोल्नै नजान्ने कसरी हुन्छ भन्ने ! मैले त मानिन ।"
सानैवाट दमौली गल्फुवेसीमा वस्दै आउनु भएका राजामामा अहिले भने दमौली
चापाघाटमा भाडामा वस्नु भएको छ । प्रत्येक ६,६ महिनामा आदिवासी जनजाति
उत्थान प्रतिष्ठानवाट घरभाडा र एक वोरा चामलको पैसा तिरिदिने कुरा वहाँका
श्रीमती इन्द्रमायाले वताउनु भयो । विवाह गरेको ४ वर्षपछि अहिले आएर २०६५
फाल्गुण ९ गते वहाँहरुको पहिलो सन्तानको रुपमा छोरी रविन्द्राको जन्म
भएको छ । नेपालीहरुको संस्कार संस्कृति अनुसार वशं जोगाउन छोरानै चाहिन्छ
तर इन्द्रमायाको कोखवाट छोरीको जन्म भएको छ ।
छोरी रबिन्द्रा
सन्तान भएकोमा वहाँहरु खुसी त छन् तर वशं जो्गाउने छोरा भई दिएको भए अझ
राम्रो हुने थियो वहाँहरुको भनाइ रहेको् थियो । यो उमेर सम्म आइ पुग्दा
अहिले राजामाम काम गर्नु हुन्न । श्रीमती इन्द्रमाया भने सुसासन तथा आई.
टि. जि विकाश प्रतिष्ठान दमौली शाखामा काम गरिरहनु भएको छ । कोठा भाडा र
एक वोरा चामल वाहेक अन्य घर खर्च वहाँकै तलबबाट चलाई रहेको कुरा पनि
इन्द्रमायाले बताउनु भयो ।
श्रीमती ईन्द्रमाया, छोरी रबिन्द्राको साथमा राजा मामा
" तपाँइको भाषाको बारेमा जान्न मन लाग्यो । तपाँइलाइ भाषा आउँछ -" मैले
उत्सुकता देखाए भाषा जान्नलाई । " अहिले धेरै भाषा विर्सी सकियो तर मैले
जानेको भाषा जान्नलाई पैसा दिनु पर्दछ त्यसै त भन्न मिल्दैन " सिधा जवाफ
दिनु भयो । "कति दिनु पर्छ त मैले फेरी सोधें -" "एउटा भाषको रु ५००
लाग्दछ ।" रु ५०० ले लोपोन्मुख अवस्थामा रहेको कुसुन्डा जातिको भाषा
जान्न पाइन्छ भने हुन्छ भन्ने सोंचेर सहयोगी साथी बसन्त गुरुङ्ग र मैले
पैसा दिने निधो गरियो । हामीले पैसा दिने वचन दिए पछि वहाँले हामीलाई
बताउँन थाल्नु भयो ।
· मेरो नाम राजामामा ।
· म - म्याख् ।
· घर - वई
· पानी - ताङ
· वनको राजाको छोरी - म्याख् केची
· भात - खादी
· मान्छे - न्यूहु
· वन - गिलाङ
· तरुल - एवु
· कुखुरा - ताप्
· भौंसी - महिं
· गाई - ङखुम्वा
· आउ - गमन
· भात खान आउ - खादे गमन
· आइज - तआग
यी यस्ता भाषाहरु हामीलाई राजामामाले वताए पनि प्राय जस्तो कुराहरु
आफैंले पनि विर्सी सकेको वताउनु भयो । " वोल्ने साथी नै छैन, त्यसैले सबै
कुराहरु भुल्दै गई सक्यो ।" आफु काम गर्न सकिन्न, खाने मुख बढ्दै गई
रहेको छ । यो छोरीको भविष्य कसरी बनाउने होला अहिल्यै वाट चिन्ता लागेको
छ । कुसुन्डा दम्पतीको गुनासो रहेको छ । -स्रोतहरु
प्रधानमन्त्री-रामचन्द्र छलफल
उपसभापति रामचन्द्र पौडेलबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको
वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भयो ।
उहाँहरुबीच खास गरी सरकार गठन र सरकार सञ्चालनको न्यूनतम साझा
कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस
सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
बीउको उपचार गरी धान रोप्दा पैँतीस प्रतिशतसम्म उत्पादन बढ्ने
कृषकहरु बीउ राख्ने तयारीमा जुट्न थालेका बेला घरेलु विधिबाट धानको बीउको
उपचार गरी उत्पादन बढाउन सकिने विधिलाई कृषकहरुमाझ अभियानका रुपमा अघि
बढाइने भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले कृषकहरुका
माझ विषादीरहित विधिबाट बीउको उपचार गरी धानको उत्पादन बढाउन सकिने
विधिलार्इर्र्कृषकमाझमा पुर्याउने अभियान सुरु गर्न लागिएको हो ।
केन्द्रले कास्कीको हेम्जा, रुपाकोट गाविसलगायत लमजुङ, तनहुँ र गोर्खा
जिल्लाका विभिन्न स्थानको कृषकहरुको खेत, लुम्लेको ग्रीन हाउस तथा
प्रयोगशालामा दर्ुइ वर्षम्म गरेको अध्ययन अनुसन्धानबाट विषादीरहित
विधिबाट धानको बीउको उपचार गरी धान रोप्दा उत्पादन बढ्ने प्रमाणित गरेपछि
अहिले त्यसै विधि अपनाएर धानको खेती गर्न कृषकहरुलाई आग्रह गरेको छ ।
अनुसन्धानबाट बेसार, सोडा र नुनपानीबाट धानको बीउको उपचारपछि धानबाली
लगाउँदा उत्पादन वृद्धि हुने प्रमाणित भएपछि सो विधि अपनाउँदै आएका
कृषकहरुले त्यसलाई औधि रुचाएका छन् । यो विधि अपनाउनका लागि प्रतिकिलो
धानको बीउमा १० ग्राम बेसार र १ ग्राम खानेसोडा मलेर धानको बीउ
राख्नर्ुपर्ने हुन्छ । कास्कीको रुपाकोट र हेमजाको सुइखेतका कृषकहरुबाट
सुरु गरिएको त्यस विध्रि्रति कृषकहरु आकषिर्त भएको कृषि अनुसन्धान
केन्द्र लुम्लेको भनाइ छ । गत वर्षेखि नै केही क्षेत्रका कृषकहरुले
प्रयोग गर्दैआएको सो विधिलाई यस वर्षेखि अभियानका रुपमा नै कृृषकहरुका
माझ पुर्याउने बताइएको छ । गतवर्षेखी सो विधिलाई अपनाउँदै आउनु भएकी
कास्की रुपाकोटकी कृषक लक्ष्मी खत्रीले धानको बीउ उपचार गरी धानबाली
लगाउँदा उत्पादन बढेको बताउनुहुन्छ ।
उहाँ मात्रै होइन धैरै कृषकहरुले सो विधिलाई प्रयोग गरी उत्पादन बढाउने
तैयारी गरिरहेका छन् । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु
वेश भनेझँै धानवाली लगाउनुपर्ूव नै घरेलु विधिबाट बीउको उपचार गरी
उत्पादन वृद्धि हँुदा कृषक गीता थापा पनि दङ्ग हुनुहुन्छ । यस्तो विधि
अपनाएर धानबाली गर्दा विभिन्न प्रकारका कीराहरु नलाग्ने र उत्पादनमा समेत
३५ प्रतिशतसम्म वृद्धि हुने कृषि अनुसन्धान केन्द्र लुम्लेले जनाएको छ ।
सो विधिलाई खाद्यान्नबालीमा प्रयोग गरिँदैआइएको विषादीविरुद्धको अभियानका
रुपमा पनि लिइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका
परियोजना संयोजक रेशमबाबु अमगाइ भन्नुहुन्छ- "यस विधि कृषकहरुका लागि पनि
सजिलो छ भने यसलाई कृषकहरुका माझ पुर्याउन सकिए विषादी प्रयोग गर्ने
परम्परा पनि अन्त्य हुनेछ ।"
सो विधि अपनाउन थालिएपछि विगतमा धानबालीमा देखिँदैआएका रोगहरुमा कमीआएको
जिल्ला कृषि कार्यालय कास्कीको पनि भनाइ छ । जसका कारण त्यस्तो विधि
अपनाउन थालेका क्षेत्रबाट कार्यालयमा गुनासो लिएर आउँने कृषकहरुको
सङ्ख्यामा कमीआएको बताउनुहुन्छ कार्यालयका सञ्चार प्रसार अधिकृत केशव
बराल । कृषि प्रधान देशमा कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता
दिँदै उत्पादन वृद्धि गर्नतर्फराज्यले ध्यान दिनर्ुपर्छ । कृषि
क्षेत्रमा भित्रयाएको यस्तो विधिसँगै विषादीका कारण मानव स्वास्थ्य र
वातावरणमा हुनसक्ने असर नियन्त्रण हुने देखिन्छ ।
दरबार हत्याकाण्डको आज आठ वर्ष पूरा
नारायणहिटी दरबारमा भएको हत्याकाण्डको आज आठ बर्ष पूरा भएको छ ।२०५८ साल
जेष्ठ १९ गते आजकै दिन राती ९:१९ बजे तत्कालिन राजा वीरेन्द्र, रानी
ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, युवराज्ञी श्रुतिलगायत
राजपरिवारका दश जना को हत्या भएको थियो ।
आफ्नो बिहेको बिषयमा कुरा नमिल्दा तत्कालिन युवराज दीपेन्द्रले नै सबैको
हत्या गरेको प्रचार गरिएपनि आम नेपाली जनता त्यसमा बिश्वस्त हुन सकेका
छैनन् ।
वीरेन्द्रको वंश विनाश पछि उनका भाइ ज्ञानेन्द्र शाह नेपालको राजा भएको र
उनकै पालामा हत्याकाण्ड भएको स्थल त्रिभुबन सदन भत्काइएपछि घटना थप
रहस्यमय बनेको हो ।
हत्याकाण्डको छानबिन गर्न गठित तात्कालीन प्रधानन्यायाधिश केशबप्रसाद
उपाध्यायको संयोजकत्वमा गठित छानबिन समितिले बडामहारानीको दर्जामा रहेकी
कोमल शाहको समेत बयान लिएपनि प्रत्यक्षदर्शी मुमा बडामहारानी रत्नको भने
बयान लिएको छैन ।
दोस्रो जनआन्दोलन २०६२/६३ ले आफैले सरकार चलाउने महत्वाकांक्षी राजा
ज्ञानेन्द्र शाहको कदमलाई घुँडा टेकाएको र संबिधानसभा चुनावपछिको
संबिधानसभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक
गणतन्त्र घोषणा गरेपछि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह नारायणहिटी
छाडेर नागार्जुन बसाइँ सरेका थिए । त्यसपछि माओवादी नेतृत्वको सरकारले
नारायणहिटी दरवारलाई फागुन १५ गते नारायणहिटी सङ्ग्रहालय घोषणा गर्दै
सर्बसाधारणका लागि खुल्ला गरेको थियो ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले
हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि सिंगापुरमा बस्दै आएका
ज्ञानेन्द्र पुत्र पारसले सिंगापुरबाट प्रकाशित एक पत्रिकालाई
अन्तर्वार्ता दिँदै तात्कालिन युवराज दिपेन्द्रले नै वीरेन्द्रको वंश नाश
गरेको दावी गरेका थिए ।
सेतीगंगाको पा“चौ वाषिर्कोत्सव सेवा आफ्नै भवनबाट
सेतीगंगा सामुदायिक अस्पताल विकास समितिले स्थापनाको पाँचौ
वाषिर्कोत्सवको अवसर पारेर आफ्नै भवन झरौटामा सेवा प्रारम्भ गरेको छ ।
वाषिर्कोत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५
"बि" का डिष्ट्रिक एडभाइजर तिर्थलाल श्रेष्ठले लायन्स क्लव अफ
दुलेगौंडा-खैरेनी सिटीद्वारा निर्मित विरामी कुरुवा घरको पानसमा बत्ती
बालेर उद्घाटन गर्नुभयो ।
२ लाखको लागतमा निर्माण सम्पन्न भएको सो भवन उद्घाटन गर्दै डिष्ट्रिक
एडभाइजर श्रेष्ठले अस्पतालको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सोही अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेट
एवं सोही अस्पतालका संस्थापक सदस्य डा. बुद्धिबहादुर थापाले निःशुल्क
स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो ।
शिविरमा स्त्री, वालरोग, मुटरोग, नाक, कान, घाँटी, दाँत सम्बन्धी
डाक्टरहरुले १ हजार २ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष गणेशप्रसाद शर्माको सभापतित्वमा आयोजित
वाषिर्कोत्सव एवं नयाँ भवन सेवा शुभारम्भ समारोहमा अस्पताल विकास समितिका
सदस्यहरु शेषमणि आचार्य, भक्तबहादुर रिमाल, कृष्णप्रसाद गौतम, मोहनबहादुर
थापा, दिनेश गौतम, सल्लाहकार तोपबहादुर महत, लायन्स क्लव अफ
दुलेगौंडा-खैरेनी सिटीका अध्यक्ष वसन्त ज्वारचन, लायन्स क्लव अफ दमौलीका
सदस्य माधवबहादुर पन्त, दुलेगौंडा-खैरेनी नागरिक समाजका अध्यक्ष
चन्द्रसिंह गुरुङ, सोही अस्पतालका डा. देवेन्द्र गुरुङ, गणतान्त्रिक
वैदेशिक रोजगार संघका अध्यक्ष दिलप्रसाद पोखरेल, ब्रम्हाकुमारी रश्मी
खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अस्पताल विकास समितिका सचिव मोतीप्रसाद पौडेलले कार्यक्रम सञ्चालन
गर्नुभएको थियो ।
५ वर्षअगाडि महायज्ञमार्फ् दानबाट संकलित रकममध्ये ८५ लाखको लागतमा नयाँ
भवन निर्माण सम्पन्न गरिएको हो । अस्पतालले सेवा पनि सोही भवनबाट
शुभारम्भ गरेको अस्पताल विकास समितिले जनाएको छ । यस अगाडि अस्पताल
वेलचौतारा स्थित भानुभक्त क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको थियो ।
कार्यक्रममा मगर समाज खैरेनीले कौरा नृत्य प्रस्तुत गरेर कार्यक्रमको
आकर्षा बढाएको थियो ।
June 1, 2009
एक हजार घरको अस्तित्व खतरामा
दुलेगौँडा र खैरेनीटार गाविसमा रहेका एक हजार घरहरूको अस्तित्व खतरामा
पर्दैगएको छ ।
सेती नदी कटानका कारण कोत्रे नर्सरी, खैरेनीटारको दोभान र भिमाद
बजारसम्मका साना ठूला गरी उक्त घरहरूको अस्तित्व खतरामा पर्दैगएको
भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख मोतीप्रसाद पौडेलले बताउनुभयो ।
उक्त नदीले चारसय रोपनी भन्दा बढी खेतीयोग्य जमिन कटानी गरिसकेको
स्थानीय बासिन्दाहरूले जनाएका छन् । सेतीनदी कटानका कारण ती दर्ुइ
गाविसमा रहेका एक दर्जन सरकारी कार्यालयको अस्तित्वसमेत सङ्कटमा पर्दै
जान थालेको समाजसेवी गणेशप्रसाद शर्माले बताउनुभयो । सेती नदीको बहाव
तीव्र भएकोले पनि नदीको दाँयाबायाँका ढिस्कोहरू खस्नेक्रम बढेको बताइन्छ
। घरहरू खतरामा परेपछि पाँच हजारभन्दा बढी बासिन्दाहरू प्रभावित बन्दै
आएका छन् ।
एक गाउँ एक गा.वि.स सुन्दर पर्यटकिय गाउँ भुजुङ
गाउँ एक गा.वि.सले प्रख्यात पर्यटकिय नमुना गाउँको रुपमा भुजुङ् गाउँलाई
चिनिन्छ । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकिय
गाउँ, घले गाउँ, नायु, घनपोखरा, हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि
ग्रामिण पर्यटकिय भुजुङ् गाउँ सजिलै पुग्न सकिन्छ । यो गाउँ जिल्लाकै सबै
भन्दा ठुलो र सिरान गाउँको रुपमा पनि प्रख्यात छ । समुन्द्री सतह देखि
१६०० मिटरको उचाईमा रहेको यस गाउँको पुर्वमा घले गाउँ,(उत्तरकन्या गा बि
स) घनपोखरा गा.वि.स, पश्चिममा पस गाउँ गा.वि.स, दक्षिणमा भोंजे गा.वि.स,
पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपुर्ण्
(।।) स्पष्ट रुपमा देख्न सकिन्छ । ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०%
गुरुङ् र १०% अन्य जातीहरु बसोवास गर्दछन् । २१०० को हाराहारीमा यहाँको
जनसंख्या रहेको छ । " न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ्
जानु " भन्ने भनाई पनि प्रचलित रहेको छ । यस गाउँमा अझ पनि गुरुङ्हरुको
परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ ।
घरहरुको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको
पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ । खानाको रुपमा
लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो,
पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद
लिन सकिन्छ ।
यहाँका मानिसहरुको मुख्य पेशा भनेको कृषि हो । यस गाउँका मानिसहरुले
पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेको छ ।
मिहेनती र लगनशिल छन् यहाँका मानिसहरु, फुर्सदको समयमा पुरुषहरुले डोको,
नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरुले उनवाट राडीपाखी, बख्खु,
पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरु बनाउँछन् । वेलायत,
भारत र नेपाली सेनामा भर्ती हुने वैदेशीक रोजगार र होटल व्यावसाय थप आय
आर्जनका स्रोतहरु हुन् । यहाँका ८०% मानिसहरु साक्षार छन् ।
परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रुपमा
घाँटु(कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा,
नृत्यहरु यहाँको विशेष आर्कषण हुन् । शुभ पुटपुटे, छेवर, दिनभरिको थकान
मेट्ने अनि शुख दुख बांड्ने पवित्र थलो रोधिं पनि यहाँ रहेको छ । लाली
गुँरास युवा क्लव, युम्वो विकाश आमा समुह, वाहेक संरक्षण र विकाशलाई
स्थानिय स्थरवाटै गरिनु पर्दछ भन्ने उद्देश्यले २०५० सालमा स्थापित
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ण् संरक्षण क्षेत्र आयोजना, यस
अर्न्तगत रहने संरक्षण क्षेत्र व्यवस्थापन समिति, पर्यटन व्यवस्थापन
उपसमिति, भुजुङ्ग लघु जल विद्युत व्यवस्थापन समिति, भुजुङ्ग उप स्वास्थ्य
चौकि खानेपानी व्यवस्थापन समिति जस्ता विभिन्न संघ संस्थाहरु गाउँको
विकाशको गर्नलाई लागि परि रहेको छ । वैकल्पिक पदयात्राको लागि विभिन्न
स्थानवाट पुग्न सकिने भुजुङमा २५ घरमा पाहुना राख्ने व्यवस्था पनि रहेको
छ । यस गाउँको वन क्षेत्रमा विभिन्न लोपोन्मुख जंगली जीव जनावारहरु,
पशुपंक्षी, जडिवुटी, फलफूल र विभिन्न प्रजातिका पुतलीहरु पाईन्छ ।
ग्रामिण पर्यटन विकाशमा टेवा पुर्याउने उदेश्यले नेपाल पर्यटन बोर्ड,
जि.वि.स, गा.वि.स र स्थानिय संघ संस्थाहरुको सक्रियतामा "ग्रामिण
पर्यटकिय गाउँ भुजुङ्को आर्कषण, स्थानिय कला संस्कृतिको संरक्षण" भन्ने
मुल नाराका साथ २०६४ सालमा सभासद श्री पृथ्वी सुब्बा गुरुङ्को प्रमुख
अतिथ्यमा प्रथम भुजुङ् महोत्सव सफलताका साथ सम्पन्न गरिएको थियो । अहिले
चिया वगान पनि यहाँको प्रमुख आकर्षण बनेको छ । शिक्षा, खानेपानी,
विद्युत, टेलिफोन, टेलिभिजन, स्वास्थ्य आदिको सुविधावाट गाउँलेहरु र
गाँउमा आउने पर्यटकहरु लाभान्वित भएका छन् । यजम्रो, भयरा, योरी, शिल्दो,
युम्बो, सलिया, अजम्रो यहाँका मानिसहरुले पुज्ने देवताहरु हुन् । आफुले
चिताएको कुरा पुर्याईदिने हुनाले यजम्रो (सन्तानेश्वर महादेव) लाई
यहाँका मानिसहरुले सब भन्दा ठुलो देवताको रुपमा मान्ने गर्दछ । गाउँ देखि
उत्तरीमोडामा पर्ने घना जंगलको सुनसान ठाउँमा एउटा ठुलो ढुगाँ माथि सँधै
पानी जमि रहने विचमा यजम्रो देवता रहेको छ । भुजुङमा एउटा गुफा पनि
रहेको छ, जुन २०५७ सालमा श्री त्रिभुवन मा.विका शिक्षक र विद्यार्थीहरुको
सक्रियतामा पत्ता लागेको थियो । त्यस गुफाको नाम ऐतिहासिक त्रिभुवन गुफा
राखिएको छ ।
स्थानिय वृद्धाहरुको भनाई अनुसार परापुर्वकालमा भालेलाई खुट्टामा धागो
वाँधेर छोड्दा करीव २०० मिटर तलको चमेरे भन्ने ओडारमा भाले निस्किएको
कुराले पनि त्यस गुफालाई अझै अनुसन्धान गरी विकास गर्न सकेमा पर्यटकहरुको
लागि थप आर्कषक बन्नेमा कुनै दुविधा छैन ।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक विविधता अनि प्राकृतिक छटाले भरिपुर्ण्
घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण,
हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फ
नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो
झरना यि यस्ता कुराहरुले सबैलाई हषिर्त एवं आनन्दित तुल्याउँछ । गाउँवाट
देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती
योग्य फाँटहरुको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको
छ । कला संस्कृतिलाई नजिकवाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा
पुर्याउनको निम्ति एक पटक भुजुङ् गाउँ जानै पर्दछ । -स्रोत
ठक्करबाट बालकको मृत्यु
छाङ गाविस-४ स्थित पिपलटारमा हिजो साँझ एक्कासि ठक्कर दिँदा एक बालकको
मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ ।
ठक्करबाट गम्भिर घाइते भई मनिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका
जामुने-७ उर्लेचौर बस्ने १३ वषर्ीय सुजन विकको मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय, तनहुँले जनाएको छ ।
ठक्करबाट घाइते कास्की रनौकबस्तीका १४ वषर्ीय मनोज गुरुङ अचेत अवस्थामा
रहेको बताइएको छ । राइपुर-५ बस्ने घाइते ट्रकचालक ३० वषर्ीय रामबहादुर
क्षेत्री र ट्रकलाई इलाका प्रहरी कार्यालय, वेलचौतराले नियन्त्रणमा लिएको
छ ।
Swimming in Pokhara
1 June, 2009Its summer and nature is playing its role but it seems that the sun
has been little bit more kind to us. It's really hot in Pokhara and
its effect can be seen in the dress up and lifestyle of people.
Normally, the temperature goes above 32 degree Celsius each day. The
days aren't rainy like in previous years and the rivers and waterfalls
are almost drained out. It seems global warming have started to show
its effect on us. The long hours of load shedding in electricity has
cut the option of electronic coolers and fans. This is the reason why
we see huge crowd in the swimming pool.
Swimming pool has become a best place to hangout. There are altogether
five swimming pools in Pokhara valley, among which two are local
swimming pools. Hotels like Phulbari resort, Fewa Prince, Pokhara
Grind, Hotel Shangri-La has also opened their swimming pool for
general public. Today, the entrepreneurs bring out different schemes
to bring more crowds to their swimming pool.
I gossiped with some people to find out why they visit swimming pool.
"We come for swimming mostly in Saturday as we love it; we always come
in a team and its fun especially in this type of hot season. It like
doing workout with fun" said Basant and Sushma, Aarti, a friend of
Basant and sushma added, "As Saturday is a local holiday, we all have
a day off. We get time to enjoy and have fun with our friends. We
can't go anywhere in this heat, so we make the swimming pool as our
get together spot"
Roshan Gurung a frequent visitor to Penguin Swimming pool had a
different reason to come to the swimming pool. He said "Well, I come
to watch more than to swim. It's really nice to see girls in swimming
suit. They look sexy and hot. A hundred rupee for such show is damn
cheap, right!!!"
The reason may be many but the number of people visiting the swimming
has increased drastically in comparison to previous years. Here is a
short detail of the swimming pools available for the public.
Penguin swimming pool is about 5 kilometers away from Pokhara. It has
been the center of attraction for the youngsters as the atmosphere is
quite pleasant and the price is also reasonable. Mostly, this swimming
pool is crowded in the weekend. The entrance fee is Rs 100 per person.
The depth of the swimming pool is from three feet to seven feet. There
is also a baby pool for the children.
CM Swimming Pool, is located in Tersapatti, Pokhara. It is the biggest
swimming pool in Pokhara. The entrance fee is Rs 100 per person. The
depth varies fom four feet to 11 feet. There is a babypool for the
children.
Fewa prince has started a new scheme in their rates. They charge an
entrance fee of Rs 150 per adult and Rs 95 per child. They also issue
monthly membership for Rs 1498. This swimming pool is the smallest
swimming pool of Pokhara. The depth of the swimming pool is from two
feet to five feet.
Fulbari Resort, five star hotel has one of the most luxurious swimming
pool in Pokhara. It is the biggest swimming pool that a hotel owns in
Pokhara. The depth of the swimming pool is from 3 feet to 5.5 feet. To
attract public, it has also brought new schemes for the general
public. They have introduced four packages and named it Summer Splash
2009.
In the First package, the entrance fee is Rs 350 per person. The cost
includes a day swimming, one soft drink and vegetable sandwich.
In the second package, the entrance fee is Rs 700 per person. The cost
includes a day swimming, lunch, music system, tea and coffee.
In the Third package, the entrance fee is Rs 950 per person. The cost
includes a day swimming, breakfast, lunch, music system, tea & coffee.
In the Third package, the entrance fee is Rs 1200 per person. The cost
includes a day swimming, breakfast, BBQ snacks, lunch, music system,
tea & coffee.
Pokhara Grande Hotel offer swimming pool membership for general
public. The membership charges are Rs 2500 per month for adult, Rs4000
per month for couple and Rs1000 per month for child.
Shangri-La Hotel issues monthly membership only. They charge Rs350 for
adults and Rs 250 for childrens from Monday to Friday. They serve
lunch on Saturday and Sunday with the swimming permit and charges Rs
700 per person. The depth of the swimming pool is from three feet to
five feet.
Swimming Pools are not just for hangout as it provides a great workout
for the body. Just remember to apply some waterproof sunscreen in your
body or you will have sun burn. We just hope our information will help
you to choose which swimming pool you want to visit for swimming or
hang out. (Sources)
लोडसेडिङ आज देखि चार घण्टा मात्र
दैनिक ४ घन्टा मात्र हुने भएको छ ।बर्षायामसँगै नदीमा पानीको बहाब बढेको
र बिद्युत गृहहरुले पनि साबिकको भन्दा बढी बिद्युत उत्पादन गर्न थालेकाले
दैनिक ८ घन्टा हुदै आएको लोडसेडिङ्गलाई ४ घन्टामा झारीएको बिद्युत
प्राधिकरण भार प्रेशण केन्द्रका निर्देशन शेरसिंह भाटले जानकारी दिनुभयो
।
यसअघि प्राधिकरणले दैनिक १२ घन्टा हुदै आएको लोडसेडिङ्ग जेठ ६ गतेदेखि ८
घन्टामा कायम गरेको थियो ।
नेवाः स्वायत्त राज्य बन्दले जनजिवन प्रभाबित
मंकाः संघर्ष समितिले आज आह्वान गरेको काठमाडौं उपत्यका बन्दका कारण
जनजिवन प्रभाबित भएको छ ।नयाँ संबिधानमा जातिय आधारमा नेवाः स्वायत्त
राज्य उल्लेख र 'एकीकृत उपत्यका शहरी बिकास बिध्येक' खारेजको माग गर्दै
नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले आज नेवाः स्वायत्त राज्य बन्द
गरेको हो ।
बन्दकर्ताले बिहानै देखि सडकका चोकचोकमा अबरोध पुर्याएर यातायात आवागमन
ठप्प पारेका छन् ।
बजार, पसल र शिक्षण संस्था बन्द छन् भने सार्बजनिक, नीजि सवारी साधन र
साइकल समेत चल्न सकेका छैनन् ।
बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले भक्तपुरको कमल विनायक र ललितपुरमा
केही पसल समेत तोडफोड गरेका छन् ।
बन्दकर्ताहरुले काठमाडौंका नयाँ बानेश्वर, बागबजार, पुतलीसडक, कालिकाटी,
सितापाइला, सोह्रखुट्टे, थापाथली, नागढुङ्गा, गोङ्गबु, चाबहिल, कोटेश्वर,
सामाखुसी, भोटेबहाल, जयबागेश्वरीलगायत स्थानमा प्रदर्शन गरिरहेका छन् ।
यस्तै ललितपुरको पुल्चोक, जावलाखेल, मङ्गलबजार, सातदोवाटो भक्तपुरको
सूर्यबिनायक, कमलबिनायक, मध्यपुर थिमीमा पनि यातायात, बजार र
शिक्षणसंस्था ठप्प छन् ।
बन्दकर्ताले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा झण्डै एक दर्जन दर्जन
सवारी साधन र पसलमा तोडफोड गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच
ठाउँ-ठाउँमा झडप समेत भएको छ ।
उपत्यका बन्दका कारण काठमाडौ उपत्यका आसपासका काभ्रे, नुवाकोट, मकवानपुर,
दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लाको जनजिवन समेत प्रभाबित भएको
छ ।
प्रेस र आकस्मीक सेवाका एम्बुलेन्स, दमकललगायतका साधनलाई भने अबरोध
नपुर्याइने बन्द आह्वानकर्ताले जनाएका छन् ।
आदिवासी जनजाती महासंघमा आबद्ध जनजाती संगठन, एकीकृत नेकपा माओवादी नीकट
नेवाः राष्ट्रिय मुक्ति मोर्चालगायत बिभिन्न जातिय संगठनहरुले बन्दमा
समर्थन जनाएका छन् ।
संघर्ष समितिले एकीकृत उपत्यका शहरी बिकास बिध्येक लागू भए आदिवासी नेवार
समूदायको भूमीमाथिको अधिकार खोसीने भन्दै बिध्ययेक खारेजको माग गरेका छन्
। बिध्ययेक तयार गर्दा आदीवासी नेवारहरुको प्रतिनिधित्व नगराइएको
उनीहरुले गुनासो समेत गरेका छन् ।
२०५४ साल जेठ १८ गते अर्थात् आजकै दिन सरकारी कामकाजको भाषाको रुपमा
प्रयोग हुँदै आएको नेपाल भाषा र मैथिली भाषालाई सर्बोच्च अदालतले खारेज
गरेको दिनको सम्झनामा एकीकृत नेकपा माओवादी लगायत बिभिन्न दलका
जातियसंगठनहरुले आज बन्द आह्वान गरेका हुन् ।
May 31, 2009
द्वन्द्वपीडितको रुवाईले बनायो भावुक
राईपुरकी अनिता पोख्रेलले सोचेकी पनि रहिनछिन माओवादी द्वन्द्वताका त्यति सम्मको दर्दनाक अवस्था भएको होला भन्नेमा । द्वन्द्वको पीडा झल्काउने दृष्य हेरेकी उनी भावुक भएर हलबाट बाहिरिएकी थिईन ।
मैले त सोचेकी पनि थिइन यति स
म्मको अवस्था भएको होला भन्नेमा दमौलीस्थित परासर कलेजमा स्नातक अध्ययनरत पोख्रेलले भनिन द्वन्द्वपीडित परिवारलाई सरकारले बेवास्ता गरेको रहेछ भन्ने बल्ल थाहा पाए उनीहरुका पीडा सुन्दा मेरा त आशँ नै आए ।द्वन्द्वको मुल जरोको रुपमा रहेको माओवादीले सरकारमा बसेको अवस्थामा पनि पीडितलाई कुनै राहत दिएको रहेनछु उनले भनिन ुजसलाई पर् यो त्यसलाई मात्र थाहा हुँदो रहेछ अरुले त सान्त्वना दिने मात्र हो ।ु
पोख्रेलकी सहपाठि शुशिला सिग्देलको पनि भनाई उस्तै छ । मैले त बेपत्ताका आफन्तको अवस्था सुनेकी र देखेकी पनि थिईन बल्ल थाहा पाए दर्दंनाक अवस्था रहेछु सिग्देलले भनिन् संचार माध्यमबाट पढेको र सुनेकी थिए वास्तविकता बल्ल देखियो ।
उनले राजनीतिक दलहरुलाई सहमति गरेर अघि बढ्न आग्रह समेत गरिन । माओवादीलाई जसरी हुन्छ मिलाएर लैजानुपर्छ नत्र पुरानै अवस्था आउन सक्छु सिग्देलले भनिन कुनै पनि हालतमा देशमा अव द्वन्द्व नहोस अब कसैले यस्तो पीडा भोग्न नपरोस।
माओवादी जनयुद्धताका खिचिएका तस्बिरको संगालो लडाँईमा जनता सम्बन्धि फोटो प्रदर्शनी यात्रामा आधारित द्वन्द्वपीडित परिवारको कथा समेटिएको डकुमेन्ट्री युद्धचित्रु हेरेका अधिकांश दर्शकको एकै खाले पीडा झल्काउने भनाई थियो ।
पत्रकार कुन्द दीक्षितको चित्रपुस्तकमा आधारित उक्त डकुमेन्ट्रीको प्रेम विक र केसाङ छेतेनले निर्देशन गरेका छन् । ६ वटा द्वन्द्वपीडित परिवारको कथा समेटिएको उक्त प्रदर्शनी हेटौडाबाट चैत २९ गते सुरु भएको थियो । नेपालयको सहयोग र पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनी दमौलीको २६ औं हो । देशका ३१ ठाउँमा प्रदर्शन गरी असार ६ काठमाडौंमा पुगेपछि यात्रा टुंगिनेछ । प्रदर्शनीको हालसम्म करिब ८० हजार दर्शकले अवलोकन गरेको नेपालयले जनाएको छ ।
प्रदर्शनीमा विभिन्न सरकारी तथा नीजि विद्यालयका विद्यार्थी सहित सरकारी कार्यालयका प्रमुख सुरक्षा निकाय बुद्धिजीवि कानुनविद अधिकारवादी संचारकर्मि लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो।
द्वन्द्वको पीडा झल्काएको युद्धचित्रले सबैलाई भावुक बनाएको प्रदर्शनी हेरेर बाहिरिएका बार एशोसिएसन तनहुँ अध्यक्ष विश्व बास्तोलाले बताए। ुकुनै हालतमा फेरी यस्तो अवस्था आउन दिनु हुँदैन यसका लागि राजनीतिक दलमा ईमान्दारीता हुनुपर्छु बास्तोलाले भने पीडितहरुको समस्यालाई बेलैमा सम्बोधन गरेर उनीहरुको घाउमा मलम लगाउनुपर्छ ।
लडाई सकिए पनि देशमा शान्ति आएको रहेनछ त्यसको पीडा अझै बाँकी छ भन्ने सन्देश डकुमेन्टूले दिने परिकल्पनाकार कुन्द दीक्षितले बताए । लडाईको पीडा अझै छ उनीहरुको समस्या सम्बोधन हुनुपर् यो भन्ने सन्देश यसले दिएको छु दीक्षितले भने ।
राजनीतिक दलका प्रतिनिधि पनि द्वन्द्वपीडितको अवस्था हेरेर भावुक हुन बाध्य भएको बताए । द्वन्द्व हुन आफैमा नराम्रो कुरा हो तर पनि समाज परिवर्तनका लागि आवश्यक पर्ने रहेछु माओवादी तनहुँका सेक्रेटरी जगन्नाथ खनालले भने पीडितहरुको अवस्था देख्दा कसको पो मन रुदैन र मलाई पनि त्यस्तै भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक का अनुसार तनहुँमा ५ महिलासहित १८ जना अझै बेपत्ता छन्।
यसैबीच समाधान मुलक पत्रकारिता मिडियामार्फत् मेलमिलाप सम्बन्धी विषयमा हिमाल मिडियाका सह-प्रकाशक एवं वरिष्ठ पत्रकार कुन्द दीक्षितले तनहूँका पत्रकार र संघसंस्थाका प्रतिनिधिबीच अन्तरकि्रया कार्यक्रम साचालन गरिएको थियो ।
सचेतना जगाउँदै कलेजका विद्यार्थी
दमौली कलेजमा स्नातक पढ्दै गरेका केही युवाहरु हिजोआज गाउँ गाउँमा भेटिन्छन् । १० जनाको समुहमा रहेका उनीहरु एचआईभि एड्सको वारे सचेतना जगाउन ुपश्चातापु नामक सडकनाटक देखाउँदै गाउँ गाउँ पुगेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको करिव २० हजार रुपैंयाँ आर्थिक सहयोगमा दमौली कलेजमा अध्ययनरत दमौली साहित्य सदनका विद्यार्थीहरुले सडकनाटकमा अभिनय गरेका छन् । प्रत्येक दिन केही समय निकालेर उनीहरुले १० दिनसम्म नियमित अभ्यास गरेको वताए ।
एचआईभी एड्स लागेकालाई हेला होईन माया दिनुपर्छ भन्ने मुल भावका साथ प्रस्तुत नाटक जिल्लाको वन्दिपुर डुम्रे लगाएतका ठाउँहरुमा प्रदर्शन गरिसकिएको लेखक तथा नाटक संयोजक महेश क्षेत्रीले वताए । केही दिनमा नै सडकनाटक जिल्लाको भिमाद खैरेनी दमौली लगाएतका वजारहरुमा देखाउने योजना रहेको श्रेत्रीले जानकारी दिए । प्रस्तुत नाटकले असुरक्षित यौन सम्पर्क गर्ने जो कोहीलाई पनि एचआईभी एड्स लाग्न सक्ने भएकोले एक जनासँगमात्र यौन सम्पर्क राखौं भन्ने सन्देश समेत नाटकले दिन खोजेको वताउँदै क्षेत्रीले भने ुनाटक हेर्ने जोसुकैलाई सकारात्मक प्रभाव पारेको छ ।ु
जिल्लाको राजमार्ग वरपरका वस्तीहरुमा नाटक देखाउन आवश्यक ठानिए पनि आर्थिक अभावमा प्रर्दशन गर्न नसकिएको सडकनाटकका निर्देशक महेन्द्र रिजालले वताए । ुजिल्लाको ४६ वटै गाविसमा प्रर्दशन गर्ने लक्ष्य हो।ु रिजालले भने ुतर आर्थिक अभावले सवै ठाउँमा पुग्न सकेका छैनौं।ु
घाँसीकुवा-८ छिर्कनका ६३ वर्षका तिलवहादुर रानाले उक्त सडकनाटकले आँफुलाई प्रभावपारेको वताए । ुखै के के रोग आएका हुन् । हाम्रो पालामा त यस्तो रोग थाहा पाईएन ।ु रानाले शनिवार सडकनाटक हेर्दै भने ुयो नाटक त युवाहरुले हेर्न पर्ने हो ।ु
ग १ ज ३०६४ नम्वरको जिपका ड्राईभर मन्जिर गुरुङले नाटक हेरेपछि गल्ति गर्न खोज्ने जो कोहीले एकपटक जिवनवारे सोच्न वाध्य हुने वताए । उनले भने ुनशालुपदार्थ र गलत संगत नगर्न पनि नाटकले अथ्र्याएको रहेछ ।ु
जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव तथा दमौली कलेजका सहायक प्राध्यापक लालुप्रसाद शर्माले विद्यार्थीहरुको नाटक प्रतिको उत्साह देखेर कार्यालयले आर्थिक सहयोग गरेको वताए । उनले भने ुनाटकले राम्रो प्रभाव पारेको महशुस गरेको छु ।ु
सडकनाटकको कथा अनुसार गाउँमा दुखका साथ वावुआमाले छोरा विनोदलाई शहरमा उच्च शिक्षु पढ्न पठाउँछन् । छोरी विनितालाई भने राम्रो डिभिजनमा एसएलसि पास गरेकी विनितालाई नपढाउने निधो गर्छन् । पढ्न शहर गएको छोरा विनोद भने कुलत र लागुपदार्थको दुव्र्यसनी वन्न पुग्छ । यता विनिता भने घरवाट भागेर मामाको घरमा वसेर पढ्छिन् र नस्र वन्छिन् । तर दुव्र्यसनी र नराम्राको संगत गर्ने विनोदलाई एचआईभि एड्स लाग्छ । डाक्टर मार्फत घरमा आमावुवाले एड्स वारे थाहा पाउँछन् । छोरी नस्र भएको पनि डाक्टर मार्फत थाहा पाएका वावुआमाले छोरीलाई हेला गरेकोमा पश्चाताप गर्छन् । अन्त्यमा छोरा विनोदलाई सवैले साथ दिने वाचाका साथ नाटकको अन्त्य हुन्छ।
छोराको भुमिकामा खेलेका जिवन पौडेलले नाटकले आँफु साँच्चै भावुक वनेको वताए । पौडेलले भने ुमेरो त नाटक खेल्दै गर्दा साँच्चै आँखा रसाएछ।
नाटकमा दमौली कलेजका १९ देखि २२ वर्ष उमेर समुहका रोशन नागिला शान्ति गुरुङ जिवन पौडेल लक्ष्मि श्रेष्ठ निर्मल श्रेष्ठ कमला गुरुङ राधा दुरा गोम राना र झलक तिमि_िल्सनाले अभिनय गरेका छन् ।
कारागारमा क्षमता भन्दा तेब्बर बन्दी बन्दीलाई बस्न समस्या
तनहँु कारागारमा क्षमता भन्दा तेब्बर बन्दीहरु रहेका छन् । जसको कारण
बन्दीहरुलाई बस्न असाध्यै समस्या परेको छ । ठाँउ साघुरो भएको कारण
बन्दीहरुलाई राती सुत्न समेत समस्या परेको छ ।
२५ जनाको क्षमता रहेको ग श्रेणीको सो कारागारमा हाल विभिन्न अपराधका
मुद्धामा सजाय तोकिएका र नतोकिएका गरि ७७ जना रहेका छन् । कारागार प्रमुख
दमोदर शर्माका अनुसार थुनुवाको संख्या थपघट भैरहने भए पनि यस पटक अति
धेरै बन्दी भएको बताए । शर्माले बन्दीहरुलाई सुत्नकोलागी तोकिएको स्थान
अभाव भएपछि स्टोरको रुपमा प्रयोग गरिएको कोठालाई सुत्नको लागी उपयोग
गरिएको जानकारी दिए ।
उनका अनुसार कारगारमा बन्दीहरुलाई सुत्नको लागी दुईवटा कोठा ब्यवस्था
भएकोमा स्टोरको रुपमा प्रयोग गरिएको दुई वटा कोठालाई पनि मर्मत सम्भार
गरि बन्दीहरुलाई सुत्ने प्रवन्ध मिलाइएको बताए । यसअघि सो स्टोर कोठामा
बन्दीहरुको लागी खाद्यान्न र बन्दीहरुले बनाएको मुढा र अन्य सामाग्रीहरु
राख्ने गरिन्थ्यो ।
बन्दीहरुलाई खानेपानीको असाध्यै समस्या परेको बन्दीहरुका नाइके मनीराम
गुरुङ्गले बताए । उनका अनुसार ब्यास नगरपालीकाले ब्यवस्था गरेको खानेपानी
पर्याप्त नभएको कारण जेनेरेटरको सहायताले मादी नदीको पानी तानेर प्रयोग
गरिन्छ । त्यो पनि लोडसेडिङ्गको कारण कहिले काँही त मुख धुने पानी समेत
नपाईने गुरुङ्गले बताए ।
उनका अनुसार बर्षायाम भरी नदि धमीलो आउने भएको कारण पानीको ज्यादै समस्या
हुने नाईके गुरुङ्गले बताए । २०२५ सालमा निर्माण गरिएको कारागारमा हाल ५१
जना कैदी र २६ जना थुनुवा सहित ७७ जना बन्दीहरु रहेका छन् ।
May 30, 2009
माओवादीले छिट्टै आन्दोलन थाल्दैछ : नेता बादल
रक्षामन्त्री रामबहादुर थापा बादलले नेपाली जनतालाई सावभौम, स्वायत्ता र
संविधान निर्माणको लागि छिट्टै आन्दोलन थाल्ने बताउनुभयो ।
नेता थापाले उक्त कुरा क्रान्तिकारी पत्रकार सङ्घ उदयपुरले शनिबार बिहान
उदयपुरको सदरमुकाम गाईघाट बजारमा आयोजना गरेका पत्रकार सम्मेलनमा
बताउनुभएको हो । जनताले दिएको अधिकारको सीमाभित्र रहेर माओवादीले सडक,
सदनबाट शान्तिपर्ूण्ा आन्दोलन गर्नुको कारण लोकतन्त्र र शान्तिको लागि
पनि भएको नेता बादलले बताउनुभयो ।
नेकपा एमालेले राष्ट्रपतिको चुनावमा माओवादीले धोका दिएको र सरकारमा
रहँदासमेत विश्वासिलो वातावरण दर्ुइ पार्टर्ीीच नभएको कुरा खण्डन नेता
बादलले गर्नुहँुदै एमालेको सो भनाइमा कुनै तुक छैन यदि त्यस्तो वातावरण
भएको भए एमालेले त्यतिबेलै माओवादीको भण्डाफोर गर्नु पर्दथ्यो ।
सत्ता कब्जा गर्न खोजेको कुराको स्पष्ट पार्दै नेता बादलले यो विपक्षी र
विदेशीहरूले अब माओवादीले जनताको मन जितेर चुनाव जितेर सत्तामा पुग्छ भनी
डराएर अन्य अर्थ लगाएर माओवादीलाई नराम्रो बनाउन खोजेको बताउनुभयो ।
अहिले नेपाली जनताहरूको राजनीतिक चेतना धेरैमाथि उठिसकेको, जनताले
राजनीतिक पार्टIबाट धेरै कुराहरू चाहेका छन् तर अहिले जनताले जति पाएका
छन् त्यो पर्याप्त भने नभएको बताउनुभयो ।
नेता बदल मगर राष्ट्रिय मुृक्तिमोर्चाको राष्ट्रिय एकता भेलाको अवसरमा
बिहीबार उदयपुरको सदरमुकाम गाईघाट आउनुभएको हो ।
गणतन्त्रले जनसमुदायमा समानता र न्यायको अनुभूति गराउन सक्नुपर्छ-प्रम नेपाल
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री माधवकुमार
नेपालले नयाँ संविधानको निर्माणबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग
बलियो हुने र मुलुकमा देखिएको सबैखाले द्वन्द्वको सफल व्यवस्थापन हुन गई
समृद्ध नेपाल निर्माणको आधार तयार हुने कुरा बताउनुभएको छ।
प्रथम गणतन्त्र दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित
विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले गणतन्त्रले
जनसमुदायमा समानता र न्यायको अनुभूति गराउन सक्नर्ुपर्छ भन्नुभयो ।
उहाँले नेपाली जनताका अधिकारलाई विभिन्न बहाना गरी अपहरण गर्न सधैँ
उद्यत् भइरहने राजतन्त्रलाई सदाका लागि बिदा गरेको सर्न्दर्भमा मात्र
होइन, सामन्तवादको प्रतीकको रुपमा रहेको शाहीतन्त्रले सधैँ दमित भइरहन
बाध्यपारेका नेपाली जनतालाई र्सार्वभौम बनाई न्यायमा पनि आजको दिन
अत्यन्त महत्वपर्ूण्ा रहेको धारणा राख्नुभयो ।
सङ्घीयतामा आधारित समावेशी लोकतन्त्रको माध्यमबाटै प्रत्येक वर्ग,
क्षेत्र, जाति, लिङ्ग र समुदायका जनतालाई साँचो अर्थमा र्सार्वभौम बनाउन
सकिने बताउँदै प्रधानमन्त्रीले हामी सबैको अहिलेको साझा दायित्व भनेको नै
नेपाली जनताको चाहनाअनुरुप लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई
संविधान निर्माणको माध्यमबाट व्यवहारमा उतार्नु हो भन्नुभयो ।
उहाँले तरल राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको र विशिष्ट भौगोलिक
अवस्थिति आएको हाम्रोजस्तो मुलुकमा परिवर्तनका संवाहक सबै राजनीतिक दल र
जनसमुदायबीच अहिले विगतमा भन्दा झनै उच्चस्तरको समझदारी, जिम्मेवारी बोध
र सुझबुझ आवश्यक रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्रीले मुलुकका प्रमुख राजनीतिक दलहरुमा असमझदारी र द्वन्द्व
बढेमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई
र्सार्थक निष्कर्षा पुर्याउने जनआकाङ्क्षाअनुरुपको संविधान निर्माण
गर्ने तथा सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने जिम्मेबारी पूरा हुन
नसक्नेप्रति सचेत गराउनुभयो ।
सङ्घीय लोकतान्त्रिक शासनप्रणाली स्थापना गर्न भएका विगतका सबै
जनसङ्र्घष्ाहरुमा सहादत प्राप्त गर्नुहुने श्रद्धेय सहिदहरुप्रति हार्दिक
श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री नेपालले विगतका
जनसङ्र्घष्ाहरुमा भाग लिने सम्पर्ूण्ा साहसी योद्धाहरुप्रति उच्च
सम्मानका साथ हार्दिक अभिवादन गर्दै घाइते भई अप्ठयारो परिस्थितमा जीवन
बिताइरहनुभएका सबै वीर तथा वीराङ्गनाहरुको योगदानको राज्यले उच्च
मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले करिब छ दशक
अगाडिदेखि संविधानसभामार्फ आफ्नो संविधान आफैँले लेख्ने नेपाली जनताको
चाहनालाई बाह्रबुँदे समझदारी र त्यसदेखि यता दलहरुबीच भएका सहमति,
सहकार्य र एकताकै माध्यमबाट मात्रै मर्ूतरुप दिन सकिने धारणा राख्नुभयो ।
विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईयो
पहिलो गणतन्त्र दिवस विविध कार्यक्रमका साथ तनहूँको दमौलीमा मनाईएको छ ।
जिल्ला मुल समारोह समितिको आयोजनामा शुक्रवार विहान दमौलीमा प्रभातफेरीको
आयोजना गरियो।
प्रभातफेरीमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिकदलका
नेता तथा कार्यकर्ता, कर्मचारी, विद्यार्थी, शिक्षक शिक्षिका, पत्रकार,
मानवअधिकारकर्मीहरु नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको
थियो । दमौलीको अनशनचोकबाट शुरु भएको प्रभातफेरी दमौली बजारको परिक्रममा
गरि जिल्ला सभागृह हलमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेकपा एमालेका जिल्ला कमिटि सचिव प्रतापलाल श्रेष्ठ, नेपाली
कांग्रेसका जिल्ला कार्य समिति सभापति रघुनाथ पौडेल, प्रमुख जिल्ला
अधिकारी एकनारायण अर्याल लगायतले देशमा गणतन्त्र प्राप्ती भएपछि पनि
संस्थागत भईनसकेको हुँदा दलहरु अझै मिलेर जानुको विकल्प नरहेकोमा जोड
दिएका थिए ।
कार्यक्रममको अध्यक्षता स्थानीय विकास अधिकारी हर्रि्रसाद दाहालले
गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला विकास समितिका कार्यक्रम
अधिकृत ऋषिभक्त वाग्लेले गर्नुभएको थियो ।
त्यसैगरी गणतन्त्र दिवसको अवसर लमजुङमा पनि विभिन्न कार्यक्रमको आयोजना
गरि मनाइएको छ ।
गणतन्त्र दिवशको अबसरमा शुक्रबार एक प्रवचन कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका राजु थापा, नेपाली कांग्रेसका कृष्ण
कोइराला, नेकपा एमालेका धनन्जय दवाडी, प्रमुख जिल्ला अधिकारी विष्णु
प्रसाद पोखरेल, सामाजिक न्याय समितिका रामकुमार भण्डारी र नेपाल पत्रकार
महासंघका कृष्ण के.सीले मन्तब्य राख्नुभएको थियो ।
बक्ताहरुले गणतन्त्र संस्थागत गर्न सम्पर्ुण्ा राजनैतिक दल, नागरिक
समाज, सञ्चारकर्मी आदि सवै मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
मुलुकमा गणतन्त्र स्थापना भएपनि र्सवसाधरणले गणतन्त्रको अनुभुती गर्न
नपाएको गुनासो गरेका थिए ।
यसैगरी गणतन्त्र दिवशको अबसरमा लमजुङ उद्योग बाणिज्य संघले लमजुङ
जिल्ला सामुदायिक अस्पताल बेसीसहरमा रहेका विरामी र जिल्ला काराघरमा
रहेका बन्दीहरुलाई फलफुल वितरण गरेका थिए । यसैगरी जिल्ला विकास समितिले
आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कृष्णलाल प्रधान र जगत
कार्की प्रथम, पेशल कुमार पोखरेल र अजय लामा द्धितिय र अम्मर कुमार
श्रेष्ठ र पप्पु पौडेल तृतिय भएका छन् । प्रतियोगिताका प्रथम,द्धितिय र
तृतियलाई क्रमशः एक हजार, ७ सय र ५ सय नगदका साथै प्रमाण पत्र वितरण
गरिएको छ । कार्यक्रम स्थानिय विकास अधिकारी एवं गणतन्त्र दिवश मुलसमारोह
समितिका संयोजक पेशलकुमार पोखरेलको अध्यक्षतामा भएको थियो ।










