June 3, 2009

पत्रकार अधिकारीद्धारा रचित गित विमोचन

दमौली, जेठ २० गते । तनहुँका पत्रकार डम्वर अधिकारीद्धारा रचना गरिएको
"र्स्वर्ग भन्दा प्यारो लाग्छ हाम्रो जन्मघर, त्यो भन्दा पनि प्यारो
हाम्रो व्यास नगर" भन्ने गितको मंगलबार दमौलीमा विमोचन गरिएको छ ।
गायक नवराज थापाको आवाजमा रहेको गितको व्यास नगरपालिकाका कार्यकारी
अधिकृत शिशिर पौडेलले प्रथमपटक बजाएर विमोचन गर्नुभएको थियो ।
स्थानिय धर्म, इतिहास, प्रकिृती र विकासलाई जोडेर रचना गरिएको गितको आवाज
मात्रले नपुग्ने भएकाले दृश्यपनि आवश्यक रहेको कार्यकारी अधिकृत पौडेलले
जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष प्रदीप काफ्लेले पत्रकारितको
माध्यमबाट कलम चल्दै गइरहेको हातबाट गितपनि कोरिदा रहेछन् भन्ने पुष्ठि
भएको बताउनुभयो ।
कवि सिद्धिचरण श्रेष्ठको "मेरो प्यारो ओखलढुङगा" कविताबाट प्रेरित गितका
रचनाकार तथा सेतिमादी दैनिकका सम्पादक डम्वर अधिकारीले सम्पादकिय
लेख्दाको क्षणमा मस्तिष्कमा आउने उर्जाको कारणले गित रचना भएको बताउनुभयो

सो अवसरमा स्थानिय समाजसेवी माधवबहादुर पन्थ, गायक नवराज थापा लगायतले
गितको भिडियो निर्माण भएमात्र गित र्सार्थक हुने बताउनुभएको थियो ।

No comments: