June 9, 2009

चलचित्र इकु प्रदर्शनीमा

दमौली २६ जेठ । जंगली मान्छेको कथामा आधारित बहुप्रतिक्षित नेपाली चलचित्र इकु गत बिहीबार देखि दमौलीको मनकामना चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।
हास्यटेलिश्रृखंला मेरीबास्सैमा इकु को भूमिकाबाट चर्चित भएका सुलेमान शंकरले निर्माण गरेको सो चलचित्र पनि हास्य कथामा आधारित छ ।
मनकामना चलचित्र हलका व्यवस्थापक कमल श्रेष्ठका अनुसार चलचित्र इकुले सोचे अनुसार व्यापार गर्न सफल भएको छ । व्यवस्थापक श्रेष्ठका अनुसार सो हलमा अत्याधुनिक डिजीटल सिष्टम र आरामदायी सिटमा बसेर चलचित्र हेर्न सकिन्छ । चलचित्र इकु का कलाकारहरुमा सुलेमान शंकर रवि डंगोल उषा रजक लगायत छन् ।

No comments: