June 1, 2009

एक हजार घरको अस्तित्व खतरामा

दमौली, १८ जेठ । बर्सर्ेे हुने सेतीनदी कटानका कारण तनहुँ जिल्लाका
दुलेगौँडा र खैरेनीटार गाविसमा रहेका एक हजार घरहरूको अस्तित्व खतरामा
पर्दैगएको छ ।
सेती नदी कटानका कारण कोत्रे नर्सरी, खैरेनीटारको दोभान र भिमाद
बजारसम्मका साना ठूला गरी उक्त घरहरूको अस्तित्व खतरामा पर्दैगएको
भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख मोतीप्रसाद पौडेलले बताउनुभयो ।
उक्त नदीले चारसय रोपनी भन्दा बढी खेतीयोग्य जमिन कटानी गरिसकेको
स्थानीय बासिन्दाहरूले जनाएका छन् । सेतीनदी कटानका कारण ती दर्ुइ
गाविसमा रहेका एक दर्जन सरकारी कार्यालयको अस्तित्वसमेत सङ्कटमा पर्दै
जान थालेको समाजसेवी गणेशप्रसाद शर्माले बताउनुभयो । सेती नदीको बहाव
तीव्र भएकोले पनि नदीको दाँयाबायाँका ढिस्कोहरू खस्नेक्रम बढेको बताइन्छ
। घरहरू खतरामा परेपछि पाँच हजारभन्दा बढी बासिन्दाहरू प्रभावित बन्दै
आएका छन् ।

No comments: