दमौली, १५ जेठ
पहिलो गणतन्त्र दिवस विविध कार्यक्रमका साथ तनहूँको दमौलीमा मनाईएको छ ।
जिल्ला मुल समारोह समितिको आयोजनामा शुक्रवार विहान दमौलीमा प्रभातफेरीको
आयोजना गरियो।
प्रभातफेरीमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिकदलका
नेता तथा कार्यकर्ता, कर्मचारी, विद्यार्थी, शिक्षक शिक्षिका, पत्रकार,
मानवअधिकारकर्मीहरु नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको
थियो । दमौलीको अनशनचोकबाट शुरु भएको प्रभातफेरी दमौली बजारको परिक्रममा
गरि जिल्ला सभागृह हलमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेकपा एमालेका जिल्ला कमिटि सचिव प्रतापलाल श्रेष्ठ, नेपाली
कांग्रेसका जिल्ला कार्य समिति सभापति रघुनाथ पौडेल, प्रमुख जिल्ला
अधिकारी एकनारायण अर्याल लगायतले देशमा गणतन्त्र प्राप्ती भएपछि पनि
संस्थागत भईनसकेको हुँदा दलहरु अझै मिलेर जानुको विकल्प नरहेकोमा जोड
दिएका थिए ।
कार्यक्रममको अध्यक्षता स्थानीय विकास अधिकारी हर्रि्रसाद दाहालले
गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला विकास समितिका कार्यक्रम
अधिकृत ऋषिभक्त वाग्लेले गर्नुभएको थियो ।
त्यसैगरी गणतन्त्र दिवसको अवसर लमजुङमा पनि विभिन्न कार्यक्रमको आयोजना
गरि मनाइएको छ ।
गणतन्त्र दिवशको अबसरमा शुक्रबार एक प्रवचन कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका राजु थापा, नेपाली कांग्रेसका कृष्ण
कोइराला, नेकपा एमालेका धनन्जय दवाडी, प्रमुख जिल्ला अधिकारी विष्णु
प्रसाद पोखरेल, सामाजिक न्याय समितिका रामकुमार भण्डारी र नेपाल पत्रकार
महासंघका कृष्ण के.सीले मन्तब्य राख्नुभएको थियो ।
बक्ताहरुले गणतन्त्र संस्थागत गर्न सम्पर्ुण्ा राजनैतिक दल, नागरिक
समाज, सञ्चारकर्मी आदि सवै मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
मुलुकमा गणतन्त्र स्थापना भएपनि र्सवसाधरणले गणतन्त्रको अनुभुती गर्न
नपाएको गुनासो गरेका थिए ।
यसैगरी गणतन्त्र दिवशको अबसरमा लमजुङ उद्योग बाणिज्य संघले लमजुङ
जिल्ला सामुदायिक अस्पताल बेसीसहरमा रहेका विरामी र जिल्ला काराघरमा
रहेका बन्दीहरुलाई फलफुल वितरण गरेका थिए । यसैगरी जिल्ला विकास समितिले
आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कृष्णलाल प्रधान र जगत
कार्की प्रथम, पेशल कुमार पोखरेल र अजय लामा द्धितिय र अम्मर कुमार
श्रेष्ठ र पप्पु पौडेल तृतिय भएका छन् । प्रतियोगिताका प्रथम,द्धितिय र
तृतियलाई क्रमशः एक हजार, ७ सय र ५ सय नगदका साथै प्रमाण पत्र वितरण
गरिएको छ । कार्यक्रम स्थानिय विकास अधिकारी एवं गणतन्त्र दिवश मुलसमारोह
समितिका संयोजक पेशलकुमार पोखरेलको अध्यक्षतामा भएको थियो ।
May 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment