भिमाद जेठ २० गते । जनज्योति क्याम्पस भिमादमा स्नातक तहमा व्यवस्थापन
संकाय थप गर्न महायज्ञ सञ्चालन गरिने भएको छ ।
तनहूँ जिल्लाको व्यापारिक केन्द्र भिमाद-१ मा रहेको जनज्योति क्याम्पसको
स्नातक तहमा व्यवस्थापन संकाय थप गर्न र आर्थिक व्यवस्थापन सुदृढ पार्न
महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
दधिराज सुवेदीको अध्यक्षतामा गठित महायज्ञ मूल समारोह समितिको तर्फाट
प.कमलनयन गौतमलाई भेटी आउँदो कार्तिक ९ गते थालनी गर्ने गरी ७ दिने
महायज्ञका लागि मिति तय गरिएको सुवेदीले रेडियो तनहूँलाई जानकारी
गराउनुभयो ।
यज्ञ सञ्चालनका लागि मिति निश्चित भइसकेकोले गत पुष महिनामा गठित मूल
समारोह समितिको बैठक तत्काल बोलाई यज्ञ सञ्चालन सम्बन्धी गतिविधि अगाडि
बढाउने तयारी भइरहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।
महायज्ञ मार्फ् १ करोड रुपैयाँ दान संकलन गर्ने लक्ष्यका साथ १ हजार १
सय ११ सदस्यीय मूल समारोह समिति गत पौष महिनामा नै गठन गरिएको थियो ।
तनहूँ जिल्लाकेा पश्चिम-दक्षिणवर्ती व्यापारिक केन्द्र र नवलपरासीको
उत्तरी पहाडी खण्ड स्याङजा जिल्लाका पर्ूर्वी दक्षिणी भेगका
चित्रेभञ्ज्याङ, क्याक्मी, मग्यामचिसापानी लगायत तनहूँ जिल्लाको झण्डै १५
वटा गाविसको पायक पर्ने जनज्योति क्याम्पसमा शिक्षाशास्त्र संकाय मात्र
सञ्चालन भएकोले आफ्नै घरपायकमा विद्यार्थीहरुको रुची अनुसार अन्य
संकायहरु पनि थप गर्दै जान आर्थिक व्यवस्थापन जुटाउन महायज्ञ सञ्चालन
गर्न लागिएको स्रोतले जनाएको छ ।
June 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment