काठमाण्डौं, १५ जेठ
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री माधवकुमार
नेपालले नयाँ संविधानको निर्माणबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग
बलियो हुने र मुलुकमा देखिएको सबैखाले द्वन्द्वको सफल व्यवस्थापन हुन गई
समृद्ध नेपाल निर्माणको आधार तयार हुने कुरा बताउनुभएको छ।
प्रथम गणतन्त्र दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित
विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले गणतन्त्रले
जनसमुदायमा समानता र न्यायको अनुभूति गराउन सक्नर्ुपर्छ भन्नुभयो ।
उहाँले नेपाली जनताका अधिकारलाई विभिन्न बहाना गरी अपहरण गर्न सधैँ
उद्यत् भइरहने राजतन्त्रलाई सदाका लागि बिदा गरेको सर्न्दर्भमा मात्र
होइन, सामन्तवादको प्रतीकको रुपमा रहेको शाहीतन्त्रले सधैँ दमित भइरहन
बाध्यपारेका नेपाली जनतालाई र्सार्वभौम बनाई न्यायमा पनि आजको दिन
अत्यन्त महत्वपर्ूण्ा रहेको धारणा राख्नुभयो ।
सङ्घीयतामा आधारित समावेशी लोकतन्त्रको माध्यमबाटै प्रत्येक वर्ग,
क्षेत्र, जाति, लिङ्ग र समुदायका जनतालाई साँचो अर्थमा र्सार्वभौम बनाउन
सकिने बताउँदै प्रधानमन्त्रीले हामी सबैको अहिलेको साझा दायित्व भनेको नै
नेपाली जनताको चाहनाअनुरुप लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई
संविधान निर्माणको माध्यमबाट व्यवहारमा उतार्नु हो भन्नुभयो ।
उहाँले तरल राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको र विशिष्ट भौगोलिक
अवस्थिति आएको हाम्रोजस्तो मुलुकमा परिवर्तनका संवाहक सबै राजनीतिक दल र
जनसमुदायबीच अहिले विगतमा भन्दा झनै उच्चस्तरको समझदारी, जिम्मेवारी बोध
र सुझबुझ आवश्यक रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्रीले मुलुकका प्रमुख राजनीतिक दलहरुमा असमझदारी र द्वन्द्व
बढेमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई
र्सार्थक निष्कर्षा पुर्याउने जनआकाङ्क्षाअनुरुपको संविधान निर्माण
गर्ने तथा सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने जिम्मेबारी पूरा हुन
नसक्नेप्रति सचेत गराउनुभयो ।
सङ्घीय लोकतान्त्रिक शासनप्रणाली स्थापना गर्न भएका विगतका सबै
जनसङ्र्घष्ाहरुमा सहादत प्राप्त गर्नुहुने श्रद्धेय सहिदहरुप्रति हार्दिक
श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री नेपालले विगतका
जनसङ्र्घष्ाहरुमा भाग लिने सम्पर्ूण्ा साहसी योद्धाहरुप्रति उच्च
सम्मानका साथ हार्दिक अभिवादन गर्दै घाइते भई अप्ठयारो परिस्थितमा जीवन
बिताइरहनुभएका सबै वीर तथा वीराङ्गनाहरुको योगदानको राज्यले उच्च
मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले करिब छ दशक
अगाडिदेखि संविधानसभामार्फ आफ्नो संविधान आफैँले लेख्ने नेपाली जनताको
चाहनालाई बाह्रबुँदे समझदारी र त्यसदेखि यता दलहरुबीच भएका सहमति,
सहकार्य र एकताकै माध्यमबाट मात्रै मर्ूतरुप दिन सकिने धारणा राख्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment