दमौली, २ असार । बन्दीपुर-६ विमलनगरस्थित सिद्ध गुफाबाट चमेराहरू दिन
प्रतिदिन हराउन थालेका छन् । अहिले गुफाभित्र मानिसहरूको चहलपहल बढेपछि
चमेराहरू हराउन थालेको बताइएको छ ।
वि.सं.२०४४ मा गुफा पत्ता लाग्दा ताका गुफाभित्र सयौँ चमेरा देख्न
सकिन्थ्यो । गुफाभित्रको पहराहरूमा छिटफुट चमेराको गुडहरू रहेको जनाइएको
छ ।
चमेरा लोप हुँदै गएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रकृतिलाई जोगाइ राख्न चमेराहरूले ठूलो भूमिका खुलेका हुन्छन् । विमलनगर
सिद्ध गुफा विकास समितिका पदाधिकारीहरूले चमेराको संरक्षणका लागि जुट्न
सबैसँग आग्रह गरेका छन् । त्यस्तै तनहुँको चमेरे गुफाबाट पनि चमेराहरू
हराउँदै गएको बताइएको छ ।
June 16, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment