इनडोर र आउटडोर खेलका लागि सुविधासम्पन्न प्रतिष्ठानको बजेट १ अर्व
५० करोड रुपैयाँ रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव जीवनराम श्रेष्ठले उक्त अवसरमा जानकारी गराए ।लगभग २२ विगाहा क्षेत्रफलमा ओगटेको प्रतिष्ठानमा सम्पूर्ण खेलका लागि खेलस्थल, प्रशिक्षणस्थल, होस्टल, पुस्तकालयलगायतका सम्पूर्ण सुविधा उपलब्ध हुनेछन् ।
प्रतिष्ठानको निर्माण पाँच वर्षभित्र सम्पन्न हुने जानकारी श्रेष्ठले गराए ।
पहिलो चरणमा फुटबल मैदान र होस्टलका साथै पर्खाल निर्माण गरिनेछ । यस कार्यका लागि हालै राजधानीमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेटबाट बाँकी रहेको अनुमानित २ दुईदेखि सवा दुई करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
निर्माणका लागि बाँकी आवश्यक बजेट स्थानीय निकाय कर, नेपाल सरकार तथा अन्तर्राष्ट्रिय सहयोगबाट जुटाइने श्रेष्ठले बताए ।
यस कार्यका लागि सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता प्रधानमन्त्री नेपालले व्यक्त गरे ।
No comments:
Post a Comment