June 13, 2009

निर्माणाधीन छात्रवास एक वर्षेखि अलपत्र

तनहुँ, ३० जेठ । आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा दर्ुइ रोपनी चारअना जग्गामा निर्माणाधीन छात्रवास एक वर्षेखि अलपत्र परेको छ । विसं २००७ को जनक्रान्तिमा तनहुँमा सहिद भएका छ जनामध्ये सहिद चन्द्र नेपालीको नाउँमा सो छात्रवास निर्माण गर्न लागिएको हो । दलित, जनजाति, गरिब पिछडिएका असहाय विद्यार्थीले छात्रवासमा बसेर उच्च शिक्षा लिन पाउन भन्ने उद्देश्यले भवन निर्माण गर्न थालिएको हो ।
डिपिसी र पिलर उठाएको एक वर्षवित्यो तर आर्थिक स्रोत नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको सहिद चन्द्र नेपाली छात्रवास समितिका अध्यक्ष दोवाटे विश्वकर्माले बताउनुभयो । उक्त भवनको डिपिसी र पिलर उठाउँदा करिब रु.१५ लाख सकिएपछि गत भदौदेखि काम अघि बढाउन नसकिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
करिब रु. एक करोड २५ लाखको लागतमा निर्माण हुन लागेको दर्ुइतलेको उक्त भवन पाँच वर्षो अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्षएक ढलान गर्ने लक्ष्यअनुरूप आर्थिक स्रोत जुटाउन जिविस, नगरपालिकामा पटकपटक अनुरोध गर्दा पनि आश्वासन दिने तर सहयोग गर्न बेवास्ता गरिँदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । सो भवन सम्पन्न भएपछि करिब एकसय विद्यार्थीले छात्रवासको सुविधा पाउनेछन् । दमौलीस्थित निर्मल उच्च माविले भवन निर्माणका लागि उक्त जग्गा प्रदान गरेको हो । जसको मूल्य रु. ३७ लाख भन्दाबढी रहेको बताइएको छ ।

No comments: