June 5, 2009

मागमा आधारित प्याकेज तालिम सम्पन्न

दमौली, २२ जेठ । निम्न माध्यमिक र माध्यमिक विद्यालयको मागमा आधारित
पाँच दिने विषय प्याकेज तालिम बिहीबार दमौलीमा सम्पन्न भयो ।
प्याकेज निर्माण तालिममा गणित, अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक
विषयका प्याकेज निर्माण कार्यशाला तालिममा जिल्लाका विषयगत माविका वरिष्ठ
शिक्षकहरु, तालिम केन्द्र तनहूँका प्रशिक्षकहरु, जिल्ला शिक्षा
कार्यालयका विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरु सहभागी रहेका थिए ।
उक्त प्याकेज निर्माण कार्य पश्चात् जिल्लाभित्र रहेका निम्न माध्यमिक
र माध्यमिक विद्यालयमा तालिम नपाएका शिक्षकहरुलाई समावेश गर्राई यही जेठ
२६ गते देखि ३० गतेसम्म तालिम सञ्चालन गरिने शाखा अधिकृत रामकुमार
श्रेष्ठले बताउनुभयो ।
प्याकेज निर्माण र तालिम पश्चात् शिक्षण सिकाई क्रियाकलापमा देखा परेका
समस्याहरु निराकरण हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सो तालिम समापनका अवसरमा शिक्षा अधिकारी प्रेमनाथ पौडेलले शिक्षाको
गुणस्तर विकास गर्न प्याकेज र तालिम उपयोगी हुने बताउनुभयो ।
यसैबीच जिल्लाका पाँचवटा स्रोतकेन्द्र अर्न्तर्गत निम्न माध्यमिक र
माध्यमिक विद्यालयमा लेखा व्यवस्थापन गर्ने व्यक्तिहरुलाई लेखा सम्बन्धी
तालिम दिइएको थियो ।
निम्न माध्यमिक र माध्यमिक विद्यालयमा लेखा सम्बन्धी काम गर्ने
व्यक्तिहरुलाई लेखा चुस्त र दुरुस्त राख्नका लागि पाँच दिने तालिम आयोजना
गरिएको थियो ।
भिमाद, डुम्रे र दमौलीको दर्ुइ स्थानमा १ सय ४६ जना लेखासम्बन्धी काम
गर्ने व्यक्तिहरु जुटाएर तालिम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयले
जनाएको छ ।

No comments: