June 2, 2009

प्रधानमन्त्री-रामचन्द्र छलफल

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली काङ्ग्रेसका
उपसभापति रामचन्द्र पौडेलबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको
वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भयो ।
उहाँहरुबीच खास गरी सरकार गठन र सरकार सञ्चालनको न्यूनतम साझा
कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस
सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।

No comments: