दमौली, १८ जेठ । जामुनेबाट पोखरातर्फजाँदै गरेको ग१ख ३०४४ नं. को ट्रकले
छाङ गाविस-४ स्थित पिपलटारमा हिजो साँझ एक्कासि ठक्कर दिँदा एक बालकको
मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ ।
ठक्करबाट गम्भिर घाइते भई मनिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका
जामुने-७ उर्लेचौर बस्ने १३ वषर्ीय सुजन विकको मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय, तनहुँले जनाएको छ ।
ठक्करबाट घाइते कास्की रनौकबस्तीका १४ वषर्ीय मनोज गुरुङ अचेत अवस्थामा
रहेको बताइएको छ । राइपुर-५ बस्ने घाइते ट्रकचालक ३० वषर्ीय रामबहादुर
क्षेत्री र ट्रकलाई इलाका प्रहरी कार्यालय, वेलचौतराले नियन्त्रणमा लिएको
छ ।
June 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment