विमान हिन्द महासागरको कोमोरोसमा आज बिहान दुर्घटना भएको छ। यमनको
राजधानी सानाबाट कोमोरोसको राजधानी मोरोनीतर्फ उडेको सो एअरबस विमान
गन्तव्यमा पुग्नु एक घण्टाअगाडि दुर्घटना भएको थियो। यात्रुहरुको स्थिति
बारे कुनै समाचार आउन सकेको छैन।
विमानमा रहेका अधिकांश यात्रुहरु कोमोरोन निवासी भएको साना
अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन्।
विमानमा १ सय ४३ जना यात्रु र ११ जना चालक दलका सदस्य थिए।
एक महिनाभित्र एअरबसको जेट विमान दुर्घटना भएको यो दोस्रो पटक हो। गत जुन
१ तारिखसमा पनि एअर फ्रान्सको ए३३० विमान ब्राजिलमा दुर्घटना भएको थियो।
ब्राजिलको रियो दि जेनेरियोबाट फ्रान्सको पेरिसतर्फ उडेको सो विमानमा
रहेका सबै २२८ जनाको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनाको कारण पत्ता
लगाउन अनुसन्धान जारी छ।
No comments:
Post a Comment