June 2, 2009

बीउको उपचार गरी धान रोप्दा पैँतीस प्रतिशतसम्म उत्पादन बढ्ने

लेखनाथ, १९ जेठ । नेपालीहरुको मुख्य खाद्यान्न बाली धान रोप्नका लागि
कृषकहरु बीउ राख्ने तयारीमा जुट्न थालेका बेला घरेलु विधिबाट धानको बीउको
उपचार गरी उत्पादन बढाउन सकिने विधिलाई कृषकहरुमाझ अभियानका रुपमा अघि
बढाइने भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले कृषकहरुका
माझ विषादीरहित विधिबाट बीउको उपचार गरी धानको उत्पादन बढाउन सकिने
विधिलार्इर्र्कृषकमाझमा पुर्‍याउने अभियान सुरु गर्न लागिएको हो ।
केन्द्रले कास्कीको हेम्जा, रुपाकोट गाविसलगायत लमजुङ, तनहुँ र गोर्खा
जिल्लाका विभिन्न स्थानको कृषकहरुको खेत, लुम्लेको ग्रीन हाउस तथा
प्रयोगशालामा दर्ुइ वर्षम्म गरेको अध्ययन अनुसन्धानबाट विषादीरहित
विधिबाट धानको बीउको उपचार गरी धान रोप्दा उत्पादन बढ्ने प्रमाणित गरेपछि
अहिले त्यसै विधि अपनाएर धानको खेती गर्न कृषकहरुलाई आग्रह गरेको छ ।
अनुसन्धानबाट बेसार, सोडा र नुनपानीबाट धानको बीउको उपचारपछि धानबाली
लगाउँदा उत्पादन वृद्धि हुने प्रमाणित भएपछि सो विधि अपनाउँदै आएका
कृषकहरुले त्यसलाई औधि रुचाएका छन् । यो विधि अपनाउनका लागि प्रतिकिलो
धानको बीउमा १० ग्राम बेसार र १ ग्राम खानेसोडा मलेर धानको बीउ
राख्नर्ुपर्ने हुन्छ । कास्कीको रुपाकोट र हेमजाको सुइखेतका कृषकहरुबाट
सुरु गरिएको त्यस विध्रि्रति कृषकहरु आकषिर्त भएको कृषि अनुसन्धान
केन्द्र लुम्लेको भनाइ छ । गत वर्षेखि नै केही क्षेत्रका कृषकहरुले
प्रयोग गर्दैआएको सो विधिलाई यस वर्षेखि अभियानका रुपमा नै कृृषकहरुका
माझ पुर्‍याउने बताइएको छ । गतवर्षेखी सो विधिलाई अपनाउँदै आउनु भएकी
कास्की रुपाकोटकी कृषक लक्ष्मी खत्रीले धानको बीउ उपचार गरी धानबाली
लगाउँदा उत्पादन बढेको बताउनुहुन्छ ।
उहाँ मात्रै होइन धैरै कृषकहरुले सो विधिलाई प्रयोग गरी उत्पादन बढाउने
तैयारी गरिरहेका छन् । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु
वेश भनेझँै धानवाली लगाउनुपर्ूव नै घरेलु विधिबाट बीउको उपचार गरी
उत्पादन वृद्धि हँुदा कृषक गीता थापा पनि दङ्ग हुनुहुन्छ । यस्तो विधि
अपनाएर धानबाली गर्दा विभिन्न प्रकारका कीराहरु नलाग्ने र उत्पादनमा समेत
३५ प्रतिशतसम्म वृद्धि हुने कृषि अनुसन्धान केन्द्र लुम्लेले जनाएको छ ।
सो विधिलाई खाद्यान्नबालीमा प्रयोग गरिँदैआइएको विषादीविरुद्धको अभियानका
रुपमा पनि लिइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका
परियोजना संयोजक रेशमबाबु अमगाइ भन्नुहुन्छ- "यस विधि कृषकहरुका लागि पनि
सजिलो छ भने यसलाई कृषकहरुका माझ पुर्‍याउन सकिए विषादी प्रयोग गर्ने
परम्परा पनि अन्त्य हुनेछ ।"
सो विधि अपनाउन थालिएपछि विगतमा धानबालीमा देखिँदैआएका रोगहरुमा कमीआएको
जिल्ला कृषि कार्यालय कास्कीको पनि भनाइ छ । जसका कारण त्यस्तो विधि
अपनाउन थालेका क्षेत्रबाट कार्यालयमा गुनासो लिएर आउँने कृषकहरुको
सङ्ख्यामा कमीआएको बताउनुहुन्छ कार्यालयका सञ्चार प्रसार अधिकृत केशव
बराल । कृषि प्रधान देशमा कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता
दिँदै उत्पादन वृद्धि गर्नतर्फराज्यले ध्यान दिनर्ुपर्छ । कृषि
क्षेत्रमा भित्रयाएको यस्तो विधिसँगै विषादीका कारण मानव स्वास्थ्य र
वातावरणमा हुनसक्ने असर नियन्त्रण हुने देखिन्छ ।

No comments: