June 12, 2009

आकास हर्ेर्दै पढ्छन् बालबालिका

हेटौँडा, ३० जेठ । मकवानपुरको विकट गाविसका स्कुले बालबालिका आकास
हर्ेर्दै पढ्न विवस छन् ।
खैराङ गाविस वडा नं. ४ मा रहेका बागेश्वरी प्राविको जस्तापाता गत वैशाख
२० गते आएको हावाहुरीले उडाएपछि उक्त विद्यालयका विद्यार्थीहरु आकास
हर्ेदै मौसमी पर्ूवानुमान गर्दै पढ्न विवस छन् ।
अधिकांश बालबालिका चेपाङ र सुनुवार समुदायका रहेका उक्त विद्यालयमा
तीनसय विद्यार्थी छन् । विकट स्थानमा रहेको उक्त विद्यालयले समयमै
जस्तापाताका लागि जिल्ला विकास समितिमा समेत निवेदन दिन नभ्याएका कारण
जिविसबाट वितरण भएको जस्तापाता पनि पाउन नसकेको प्रधानाध्यापक
योगेन्द्रप्रसाद जैसवाल बताउनुहुन्छ ।
गरिब वस्तीमा रहेको उक्त विद्यालय पुनःनिर्माण गर्न रु. पाँचलाख लाग्ने
र गाउँलेहरुको जीवनस्तर अत्यन्तै न्युन रहेकाले स्रोत जुटाउन नसकिनेसमेत
प्रधानाध्यापक जैसवाल बताउनुहुन्छ ।हाललाई रु. एकलाख मात्र पाए पानी ओट्न
सक्ने बनाउन सकिने र वषर्ादको समयमा पढाउन पाइने विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष गोविन्द थामीले बताउनुभयो ।हेटौँडा-नारायणगढ सडकखण्डमा
पर्ने मनहरि बजारबाट १२ घण्टा उकालो लागेपछि पुगिने उक्त विद्यालय धादिङ
जिल्लाको समेत सिमानामा पर्दछ ।

No comments: