June 13, 2009

नेजुरेस गठन

कोटदरवार, ३० जेठ । तनहूँको कोटदरवार गाविस वाड नं. ८ स्थित श्रृङ्ग
माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीहरुको भेलाले नेपाल जुनियर रेडक्रस
र्सकल गठन गरेको छ।
नवगठित र्सकलको अध्यक्षमा कक्षा १० का ऋषिराम रानाभाट, उपाध्यक्षमा
कक्षा ९ का शान्ति थापा, सचिवमा कक्षा ९ कै शिशिर थापा, कोषाध्यक्ष कक्षा
८ का विष्णु रानाभाट, सह-सचिवमा कक्षा ८ कै ठागु आले रहेका छन् ।
सदस्यहरुमा कक्षा ४ का दलबहादुर आले, कक्षा ५ का कल्पना थापा, कक्षा ६
की जुना विक, कक्षा ७ का टंक थापा, कक्षा ८ का जैसरा विक, कक्षा ९ का
झमानसिंह विक, कक्षा १० की खगिसरा नेपाली र कक्षा ७ का प्रमिला आले रहेका
छन्। र्सकलको सल्लाहकार सदस्य निवर्तमान अध्यक्ष कक्षा ९ की सिर्जना
थापा, कक्षा १० की डिलकुमारी आले, कक्षा १० कै रामबहादुर आले, शिक्षक
नायकमा दानबहादुर आले र सह-नायकमा केशकुमारी महतो रहेका छन् ।
सो भेला गठन समारोहमा प्रधानाध्यापक टंकबहादुर थापाले नेपाल जुनियर
रेडक्रस र्सकलको गठन र त्यसको आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो
भने निवर्तमान अध्यक्ष सिर्जना थापाले विगत कार्यकालको प्रगति प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो । शिक्षक नायक आलेले र्सकलका नीति निर्देशनका
बारेमा जानकारी गराउनुभएको थियो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापा, व्यवस्थापन
समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत विद्यार्थी र
स्थानीय अभिभावकहरुको सहभागिता रहेको थियो ।

No comments: