May 31, 2009

सचेतना जगाउँदै कलेजका विद्यार्थी

दमौली १७ जेठ
दमौली कलेजमा स्नातक पढ्दै गरेका केही युवाहरु हिजोआज गाउँ गाउँमा भेटिन्छन् । १० जनाको समुहमा रहेका उनीहरु एचआईभि एड्सको वारे सचेतना जगाउन ुपश्चातापु नामक सडकनाटक देखाउँदै गाउँ गाउँ पुगेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको करिव २० हजार रुपैंयाँ आर्थिक सहयोगमा दमौली कलेजमा अध्ययनरत दमौली साहित्य सदनका विद्यार्थीहरुले सडकनाटकमा अभिनय गरेका छन् । प्रत्येक दिन केही समय निकालेर उनीहरुले १० दिनसम्म नियमित अभ्यास गरेको वताए ।
एचआईभी एड्स लागेकालाई हेला होईन माया दिनुपर्छ भन्ने मुल भावका साथ प्रस्तुत नाटक जिल्लाको वन्दिपुर डुम्रे लगाएतका ठाउँहरुमा प्रदर्शन गरिसकिएको लेखक तथा नाटक संयोजक महेश क्षेत्रीले वताए । केही दिनमा नै सडकनाटक जिल्लाको भिमाद खैरेनी दमौली लगाएतका वजारहरुमा देखाउने योजना रहेको श्रेत्रीले जानकारी दिए । प्रस्तुत नाटकले असुरक्षित यौन सम्पर्क गर्ने जो कोहीलाई पनि एचआईभी एड्स लाग्न सक्ने भएकोले एक जनासँगमात्र यौन सम्पर्क राखौं भन्ने सन्देश समेत नाटकले दिन खोजेको वताउँदै क्षेत्रीले भने ुनाटक हेर्ने जोसुकैलाई सकारात्मक प्रभाव पारेको छ ।ु
जिल्लाको राजमार्ग वरपरका वस्तीहरुमा नाटक देखाउन आवश्यक ठानिए पनि आर्थिक अभावमा प्रर्दशन गर्न नसकिएको सडकनाटकका निर्देशक महेन्द्र रिजालले वताए । ुजिल्लाको ४६ वटै गाविसमा प्रर्दशन गर्ने लक्ष्य हो।ु रिजालले भने ुतर आर्थिक अभावले सवै ठाउँमा पुग्न सकेका छैनौं।ु
घाँसीकुवा-८ छिर्कनका ६३ वर्षका तिलवहादुर रानाले उक्त सडकनाटकले आँफुलाई प्रभावपारेको वताए । ुखै के के रोग आएका हुन् । हाम्रो पालामा त यस्तो रोग थाहा पाईएन ।ु रानाले शनिवार सडकनाटक हेर्दै भने ुयो नाटक त युवाहरुले हेर्न पर्ने हो ।ु
ग १ ज ३०६४ नम्वरको जिपका ड्राईभर मन्जिर गुरुङले नाटक हेरेपछि गल्ति गर्न खोज्ने जो कोहीले एकपटक जिवनवारे सोच्न वाध्य हुने वताए । उनले भने ुनशालुपदार्थ र गलत संगत नगर्न पनि नाटकले अथ्र्याएको रहेछ ।ु
जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव तथा दमौली कलेजका सहायक प्राध्यापक लालुप्रसाद शर्माले विद्यार्थीहरुको नाटक प्रतिको उत्साह देखेर कार्यालयले आर्थिक सहयोग गरेको वताए । उनले भने ुनाटकले राम्रो प्रभाव पारेको महशुस गरेको छु ।ु
सडकनाटकको कथा अनुसार गाउँमा दुखका साथ वावुआमाले छोरा विनोदलाई शहरमा उच्च शिक्षु पढ्न पठाउँछन् । छोरी विनितालाई भने राम्रो डिभिजनमा एसएलसि पास गरेकी विनितालाई नपढाउने निधो गर्छन् । पढ्न शहर गएको छोरा विनोद भने कुलत र लागुपदार्थको दुव्र्यसनी वन्न पुग्छ । यता विनिता भने घरवाट भागेर मामाको घरमा वसेर पढ्छिन् र नस्र वन्छिन् । तर दुव्र्यसनी र नराम्राको संगत गर्ने विनोदलाई एचआईभि एड्स लाग्छ । डाक्टर मार्फत घरमा आमावुवाले एड्स वारे थाहा पाउँछन् । छोरी नस्र भएको पनि डाक्टर मार्फत थाहा पाएका वावुआमाले छोरीलाई हेला गरेकोमा पश्चाताप गर्छन् । अन्त्यमा छोरा विनोदलाई सवैले साथ दिने वाचाका साथ नाटकको अन्त्य हुन्छ।
छोराको भुमिकामा खेलेका जिवन पौडेलले नाटकले आँफु साँच्चै भावुक वनेको वताए । पौडेलले भने ुमेरो त नाटक खेल्दै गर्दा साँच्चै आँखा रसाएछ।
नाटकमा दमौली कलेजका १९ देखि २२ वर्ष उमेर समुहका रोशन नागिला शान्ति गुरुङ जिवन पौडेल लक्ष्मि श्रेष्ठ निर्मल श्रेष्ठ कमला गुरुङ राधा दुरा गोम राना र झलक तिमि_िल्सनाले अभिनय गरेका छन् ।

No comments: