वेलचौतारा, १९ जेठ
सेतीगंगा सामुदायिक अस्पताल विकास समितिले स्थापनाको पाँचौ
वाषिर्कोत्सवको अवसर पारेर आफ्नै भवन झरौटामा सेवा प्रारम्भ गरेको छ ।
वाषिर्कोत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५
"बि" का डिष्ट्रिक एडभाइजर तिर्थलाल श्रेष्ठले लायन्स क्लव अफ
दुलेगौंडा-खैरेनी सिटीद्वारा निर्मित विरामी कुरुवा घरको पानसमा बत्ती
बालेर उद्घाटन गर्नुभयो ।
२ लाखको लागतमा निर्माण सम्पन्न भएको सो भवन उद्घाटन गर्दै डिष्ट्रिक
एडभाइजर श्रेष्ठले अस्पतालको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सोही अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेट
एवं सोही अस्पतालका संस्थापक सदस्य डा. बुद्धिबहादुर थापाले निःशुल्क
स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो ।
शिविरमा स्त्री, वालरोग, मुटरोग, नाक, कान, घाँटी, दाँत सम्बन्धी
डाक्टरहरुले १ हजार २ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष गणेशप्रसाद शर्माको सभापतित्वमा आयोजित
वाषिर्कोत्सव एवं नयाँ भवन सेवा शुभारम्भ समारोहमा अस्पताल विकास समितिका
सदस्यहरु शेषमणि आचार्य, भक्तबहादुर रिमाल, कृष्णप्रसाद गौतम, मोहनबहादुर
थापा, दिनेश गौतम, सल्लाहकार तोपबहादुर महत, लायन्स क्लव अफ
दुलेगौंडा-खैरेनी सिटीका अध्यक्ष वसन्त ज्वारचन, लायन्स क्लव अफ दमौलीका
सदस्य माधवबहादुर पन्त, दुलेगौंडा-खैरेनी नागरिक समाजका अध्यक्ष
चन्द्रसिंह गुरुङ, सोही अस्पतालका डा. देवेन्द्र गुरुङ, गणतान्त्रिक
वैदेशिक रोजगार संघका अध्यक्ष दिलप्रसाद पोखरेल, ब्रम्हाकुमारी रश्मी
खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अस्पताल विकास समितिका सचिव मोतीप्रसाद पौडेलले कार्यक्रम सञ्चालन
गर्नुभएको थियो ।
५ वर्षअगाडि महायज्ञमार्फ् दानबाट संकलित रकममध्ये ८५ लाखको लागतमा नयाँ
भवन निर्माण सम्पन्न गरिएको हो । अस्पतालले सेवा पनि सोही भवनबाट
शुभारम्भ गरेको अस्पताल विकास समितिले जनाएको छ । यस अगाडि अस्पताल
वेलचौतारा स्थित भानुभक्त क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको थियो ।
कार्यक्रममा मगर समाज खैरेनीले कौरा नृत्य प्रस्तुत गरेर कार्यक्रमको
आकर्षा बढाएको थियो ।
June 2, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment