दमौली, २० जेठ
सरकारले प्रौढहरुलाई साक्षर बनाउने उदेश्यले साचालन गरेको साक्षरता
अभियानको लागी पढाउने कक्षाकोठाको अभावमा समस्या परेको छ । कक्षाकोठाको
अभावमा साक्षरता कक्षा लिईरहेका प्रौढ महिलाहरु बाहिरै बसेर पढ्न बाध्य
भएका छन् । बाहिर बसेर पढ्दा होहल्ला हुने र पढेको केहि नबुझ्ने उनीहरुले
बताएका छन् । साक्षरता अभियान अन्तर्गत कक्षा लिईरहेकी अम्बिका सुनारले
बाहिर बसेर पढ्दा केहि नबुझीने बताईन् । ब्यास नपा१० दमौलीको केन्द्रमा
विपि बनबाटिका अगाडीको सार्वजानिक पार्टीमा कक्षा साचालन भईरहेको छ ।
सो स्थानमा विभिन्न कार्यक्रमहरु भईरहने हुनाले साक्षरता अभियान समयसमयमा
प्रभावित हुने गरेका स्वयंसेविका दुर्गा अधिकारीले बताईन् । कहिले काँही
त पढाई बन्द गरेर जानुपर्ने अवस्था आउने उनले बताईन् । सो केन्द्रमा ३०
जनाले नाम दर्ता गरेपनि ८-१० जनामात्र पढ्न आउने उनले बताईन् ।
कक्षाकोठाको ब्यवस्था गर्न सकेको भए पढ्न आउनेको संख्या बढ्न सक्ने
अधिकारीले बताईन् । उनले नगरपालीका सँग कक्षाकोठाको ब्यवस्था गर्न माग
गर्दा नगरपालीकाले आफैले ब्यबस्था गर्नु पर्ने बताएको उनले जानकारी दिईन्
। जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत रामकुमार श्रेष्ठले भौतीक
पुर्वाधारको जिम्मा स्थानिय निकायको भएको कारण कक्षाकोठाको सम्बन्धमा
आफुहरुलाई केहि थाहा नहुने बताए ।
निरक्षर प्रौढहरुलाई साक्षर बनाउने उदेश्य स्वरुप सरकारले साचालन गरेको
साक्षरता अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएको र अहिले दोश्रो
चरणको कार्यक्रम साचालन भईरहेको श्रेष्ठले बताए । उनका अनुसार सो
कार्यक्रम प्रत्येक गाविसको प्रत्येक वार्डमा एक वटा र नगरपालीकाको
प्रत्येक वार्डमा तिन वटा कक्षा साचालन भएका छन् । यसको लागी आर्थीक
सहयोग स्थानिय निकायले बेहोर्ने र प्राविधिक सहयोग जिल्ला शिक्षा
कार्यलयले गरिरहेका छन् । तनहुँ जिल्लाको साक्षरता ७५ प्रतिशत रहेको र यो
अभियानबाट साक्षरता प्रतिशत अझ बढ्न सक्ने उनले बताए ।
June 4, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment