दमौली, २० जेठ । अखिल नेपाल किसान महासंघले विविध मागहरु जिल्ला प्रशासन
कार्यालय मार्फ् प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्रको रुपमा बुझाएको छ ।
महासंघका गण्डकी सहइन्चार्ज माया केसी र जिल्ला अध्यक्ष नारायण प्रसाद
खनालको नेतृत्वमा गएको एक टोलीले जिल्ला प्रशासन कार्यालय तनहूँ मार्फ्
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रीय स्तरका १ सय २१ र जिल्ला तहका १० वटा माग समावेश गरिएको
ज्ञापनपत्रमा खैरेनीटार स्थित सेनाको ब्यारेक अन्यत्र स्थानान्तरण गर्राई
द्वन्द्वकालमा त्यहाँबाट विस्थापित भएका पश्चिमाञ्चल क्षेत्रीय कृषि
तालिम केन्द्र, माटो परीक्षण केन्द्र, बागवानी अनुसन्धान, वाली संरक्षण
केन्द्र सबै कार्यालयहरु सोही ठाउँमा पुनर्स्थापना गर्न, खैरेनीटारको
पश्चिमाञ्चल तालिम केन्द्रलाई कृषि क्याम्पसमा रुपान्तरण गर्न लगायत
जिल्लाका नदी तथा खोला किनारका ठूला टारहरुमा सिँचाई गर्न र बजारमा
गुणस्तरहीन मल जफत गरी गुणस्तरीय मल बिउ आपर्ूर्ति व्यवस्था मिलाउन माग
गरिएको छ ।
त्यसैगरी जिल्लाका विभिन्न क्षेत्रमा असिना र हावाहुरीले पुर्याएको
क्षतिको अवलोकन गरी पीडित किसानहरुलाई कृषि विकास बैंकको ऋणको व्याज
मिनाहा गरिदिन समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
June 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment