दमौली, ७ गते । एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले अवरोध गरेपछि
आईतबार तनहँुका सम्पुर्ण सरकारी कार्यलयमा कामकाज ठप्प भएको छ । माओवादी
नेतृत्वको सरकारले प्रधानसेनापती रुक्माङ्गत कटवाललाई अवकास दिने गरि
गरेको निर्णयलाई वर्तमान एमाले-काँग्रेस गठबन्धनको सरकारले उल्टाउने
निर्णय गरेको भन्दै सो निर्णयको विरोधमा माओवादीले सरकारी कार्यलयमा
कामकाज बन्द गराएको थियो ।
सरकारी कार्यलय बन्द गराउन माओवादी कार्यकर्ताहरु बिहान नौ नबज्दै पुगी
सकेका थिए । माओवादी कार्यकर्ताहरुले जिल्लाका सम्पुर्ण कार्यलयको मुल
गेटमा धर्ना दिएका थिए । धर्नाको कारण सम्पुर्ण कार्यलयका कामकाजहरु बन्द
भएको थियो । जसले गर्दा सेवा लिन आएका सेवाग्राही हरु मर्कामा परेका थिए
।
जिल्ला प्रशासन कार्यलयमा सभासद सावित्री दुराको नेतृत्वमा माओवादी
कार्यकर्ताहरु धर्नामा बसेका थिए । माओवादी अवरोधलाई मध्य नजर गर्दै
सरकारी कार्यलयमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएपनि कार्यलय खोली काम
गर्ने हिम्मत कुनै सरकारी कार्यलयका प्रमुखहरुले गर्न सकेनन् ।
June 22, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment