दमौली, ३० जेठ । तनहुँ जिल्लाका भिमाद र भानुमति गाविसका बासिन्दाहरु
गाउँमा बिजुली लैजान कस्सिएर लागेका छन् । सो कार्यका लागि प्रति घरधुरी
रु. दर्ुइ हजार ५० को दरले रु. ४० लाख सङ्कलन गरिसकेको स्थानीय डोलराज
बस्यालले बताए । ती दुइ गाविसका नौसय घर परिवार गाउँमा बिजुली लैजान
कस्सिएका हुन्।
टुकीको भरमा रात काट्दै आएका त्यहाँका बासिन्दाहरु केही समय यतादेखि
मट्टतिलसमेत पाउन छाडिएपछि दिउँसै खाना खाएर सुत्न वाध्य भएको भिमाद
गाविसकी सीता परियारले बताइन् । सामुदायिक विद्युतीकरण र गाउँलेबाट
सङ्कलित गरी रु. एक करोड ४८ लाखको लागतमा उक्त विद्युतीकरण गर्न लागिएको
सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष धर्मराज खनालले
बताउनुभयो ।
June 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment