चुरोट पिउन लागेको चार वर्ष भइसक्यो । उनले आफैँ सिकेर वा जानेर चुरोट
पिउन लागेका भने हैनन् ।
आफ्नै बुबाको सिको गर्दै उनले यस्तो सिको गरेका थिए । सिको गर्दागदै
अहिले चुरोट पिउने उनलाई लत नै लागिसेको छ । केसी भन्छन्- ूसानोमा बुबाले
चुरोट ल्याउन पठाउनुभयो । कस्तो हुँदोरहेछ बुबाले खाने चुरोट भनेर चाखेँ
तर अहिले छोड्न नसक्ने भइसके । चार जनाको परिवारसँगै बस्दैआएका केसीले
आफूजस्तै अरु आठ जनालाई पनि चुरोटको नसामा छिराए । ूपढन् स्कुल गइन्थ्यो
। पढ्नेभन्दा पनि साथीहरुसँग बसेर चुरोट खाइयो अहिले पढ्न सकिएनू- केसीले
आफ्नो पढाइलाई पाँच कक्षामा सीमित गर्नुपरेको सुनाउँदै भने ।
केसी मात्रै हैन् धूमपान तथा मद्यपानको कुलतमा फसेका नेपाली बालबालिकाको
शैक्षिक तथा स्वास्थ्य अवस्था दिन-प्रतिदिन नाजुक हुँदै गइरहेको छ ।
बालबालिका अरुको देखासिकीका कारण कुलतमा फस्ने गरेका छन् । बालबालिकाको
क्षेत्रमा कार्यरत संस्था सिविनले तयार पारेको एक तथ्याङ्कअनुसार १६
प्रतिशत बालबालिकाले परिवारका सदस्यले मद्यपान गर्ने भएकाले उनीहरुले
मद्यपान गर्ने गरेका छन् ।
तीमध्ये करिब ४१ प्रतिशत बालबालिका घरवार र रेस्टुरेन्टका कारण र १८
प्रतिशत साथी सङ्गतका कारण कुलतमा लाग्नेगरेका छन् । करिब ३९ प्रतिशतले
मनोराजनका लागि १७ प्रतिशतले चिन्ता कम गर्न १० प्रतिशतले खानाको रुपमा र
१० प्रतिशतले शक्ति प्राप्तिका लागि धूमपान तथा मद्यपान गर्ने गरेको
सिविनको प्रतिवेदनमा उल्लेख छ ।
दरबार मार्गस्थित सडकमा चुरोट पिइरहेका विशाल नाम बताउने एक बालकले भने-
ूघरमा पेटभर खान नपुगे के गर्ने साथीहरुले चुरोट खान सिकाए । बालबालिका
कुलतमा लाग्ने क्रम बढेपछि परिवार र छिमेकीमा नराम्रो असर पर्ने गरेको छ
। राजधानीमा मात्रै वार्षिक करिब ६०० बालबालिका विभिन्न जिल्लाबाट आई सडक
बालबालिकाका रुपमा रहेको बताइएको छ ।
उनीहरुको उचित संरक्षण र व्यवस्थापन गर्न नसके बालविकृति भित्रनसक्ने ठहर
बालविज्ञहरुको छ ।
No comments:
Post a Comment