पाल्पा असोज २३ -एमाले अध्यक्ष झलनाथ खनालले सहमति प्रयासले ठोस
निश्कर्ष लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। सहमतिको बिकल्प नभएले
केहिगरी सहमति कायम गर्नुपर्ने भन्दै खनालले सहमतिका लागि सरकारको
नेतृत्व परिवर्तन पनि ठूलो कुरा नभएको बताए।
एमाले अर्घाखाँचीको जिल्ला अधिवेसनको उद्घाटनका लागि बिहीबार भैरहवा
हुँदै सन्धिखर्क पुगेका खनालले सञ्चारकर्मीसंग भने, "गाँठो फुक्ला फुक्ला
जस्तो देखिए पनि फुकिसकेको छैन।" खनालले सहमति कायम भैछाड्नेमा बिश्वस्त
रहेको बताए। उनले भने, "सहमति कायम हुन्छ, त्यसका लागि के कुर्वानी
गर्नुपर्छ हामी तयार छौं र अन्य दलहरु पनि तयार हुनुपर्छ।"
सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषय गौण बिषय भएको भन्दै एमालेलाई
सरकारको मोह नभएको र सरकार जस्ले नेतृत्व गरेपनि आपत्ति नहुने उनले जिकिर
गरे। तर अहिले सरकार परिवर्तन गर्नु सान्दर्भिक नहुने भन्दै माओवादी
वर्तमान सरकारमा सामेल हुनुनै उत्तम बिकल्प भएको खनालले बताए। सहमतिको
साझा संकल्प प्रस्ताव संसदमा लैजाने प्रयास जारि रहेको खनालले बताए।
माओवादीलाइ संसद गतिरोध खोल्न आग्रह गर्दै खनालले भने, "संसद खोल्दिनु भो
भने, सहमतिको संभावना अझ फराकिलो हुन्छ र नयाँ क्षितिज पनि उघारिन सक्छ।"
कठिन प्रयासका बावजुद पनि असोज २१ गते संसद खोल्न नसकिएको भन्दै खनालले
दलहरुबीच ठुला मतभेद कायमै रहेको धारण व्यक्त गरे। उनको भनाइ थियो,
"मतभेदकै बिचबाट सहमतिको बाटो पहिल्याउने प्रयास जारी छ।"
October 8, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment