June 11, 2009

बेपत्ता पारिएकाहरुको परिवारद्वारा जिल्ला प्रशासनमा धर्ना

दमौली, २८ जेठ
राज्यद्वारा बेपत्ता पारिएकाहरुको अवस्था सार्वजानिक गरिनुपर्ने
राष्ट्रपती रामबरण यादवको कदम फिर्ता गरिनुपर्ने र भारतद्वारा अतिक्रमण
गरिएको नेपाली भु-भाग फिर्ता गरिनुपर्ने माग गर्दै बेपत्ता पारिवार
समाजका सदस्यहरुले बुधबार जिल्ला प्रशासन कार्यलय तनहँुमा धर्ना दिएका
छन् ।
एकिकृत नेकपा माओवादीको जिल्ला कार्यलयबाट निस्केको बेपत्ता पारिवार
समाजको र् याली जिल्ला प्रशासन कार्यलयको मुलगेटमा पुगी धर्नामा परिणात
भएको थियो । धर्ना कार्यक्रममा अनेमसंघ क्रान्तिकारी का कार्यकर्ताहरु
पनि सहभागी रहेका थिए । सरकारले बेपत्ता सम्बन्धि विधेयक हाल सम्म पनि
निर्माण गर्न नसकेको भन्दै सो धर्नामा सहभागी भएकाहरुले विधेयक तत्काल
गठन गर्न माग गरेका थिए । धर्ना विहान १० बजे देखि मध्यान्न १२ बजेसम्म
गरिएको थियो ।
सहभागीहरुले बेपत्ता पारिएकाहरुको तस्बिर जिल्ला प्रशासनको मुलगेटमा
टाँगेर धर्नामा सहभागी भएका थिए । धर्ना अवधीभर जिल्ला प्रशासनको
सम्पुर्ण कामकाज अवरुद्ध भएको थियो । बेपत्ता परिवार समाजका सदस्य रोहीत
पन्तले सरकाले बेपत्ता पारिएकाहरुलाई सार्वजनिक गर्न कुनै पहल नगरेको
भन्दै आन्दोलन गरिएको बताए । उनले विगतमा नागरिक बेपत्ता पार्नमा
महत्वपुर्ण भुमिका भएकाहरु नै सरकारको नेतृत्वमा रहेकाले पनि आन्दोलन
गरिएको बताए । माओवादीले साचालन गरेको सशस्त्रद्वन्द्वमा राज्यपक्षबाट
तनहँुका १८ जना नागरिक बेपत्ता भएका थिए ।

No comments: