June 12, 2009

माओवादीद्वारा नौ जिल्ला बन्द

काठमाडौं, जेठ २९ - एकिकृत नेकपा माओवादी सम्बद्घ मगर राष्ट्रिय मुक्ति
मोर्चाको आव्हानमा गरिएको बन्दका कारण माओवादीद्वारा घोषित मगरात
स्वायत्त गणराज्य अन्तरगतका नौ जिल्लाको जनजिवन प्रभावित छ । बन्द गरिएका
जिल्लामा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रूकुम, रोल्पा,
म्याग्दी र सल्यान छन्।

मगरात स्वायत्त प्रदेशको माग सहित नागरिक सर्बोच्चता कायम गर्न दबाव दिने
भन्दै बन्द आव्हान गरिएको हो।

बन्दकर्ताले पाल्पा सदरमुकाम तानसेनमा बन्द गराउन भन्दै समुह बनाइ बिहानै
देखि बजार परिक्रमा गरेका छन्। उनीहरूले सरकारी कार्यालयलगायत जिल्लाका
सबै संघसंस्था र गैर सरकारी संस्थाका कार्यालयहरू समेत बन्द गर्ने बताएका
पाल्पाबाट पत्रकार टेक नारायण भट्टराईले जनाएकाछन्।

बन्द गरिएका जिल्लाहरूको यातायात, शैक्षिक संस्था र व्यापार व्यावसाय
ठप्प पारिएको बताइएको छ ।

मगर राष्ट्रय मुक्ति मोर्चाका पाल्पा जिल्ला अध्यक्ष यम बहादुर सारूले
बन्द सफल पार्न सबै संयन्त्र परिचालन गरिएको बताए। उनले नागरिक
सर्बोच्चतालाई चुनौति दिने काम सेनाका प्रधानसेनापति र राष्ट्रपतिले
गरेको दाबी गरे। त्यसको छिनोफानो गर्न छलफलको लागि संसद सचिवालयमा लगिएको
संकल्प प्रस्ताब खारेज गरेर सभामुखले समेत गल्ति गरेको उनको दाबि थियो ।

माओवादी सम्बद्ध बिभिन्न संघ संगठन र मोर्चाहरूले पछिल्ला दिनहरूमा
नियमितजसो बन्द गर्दै आएका छन्।

No comments: