June 9, 2009

बाख्रा पालन छाडी तरकारी खेतीतिर आकर्षण

दमौली २६ जेठ । दमौलीको व्यास नगरपाालिका वडा नं।५ डिहीगाउँमा स्थायी रुपमा बसोबास गदै आएका विष्णु अधिकारी बाख्रा पालन छाडेर तरकारी खेति सुरु गरेका छन् । तरकारीको खपत बढेपछि उनलाई बाख्रा पालन छाडी तरकारीले अधिकारीलाई तानेको उनले बता ए ।
बाख्रा पालन गर्नका लागि रिसेडबाट पाँच हजार ऋण लिएर व्यवसाय गर्न सुरु गरेका उनले बाख्रा पालनबाट त्यति आम्दानी नभएर बाख्रा पालन छाडी अहिले तरकारी खेतीतिर लगेको विष्णु अधिकारी बताउँछन् ।
अहिले ५÷६ रोपनी जग्गामा काक्र्रो करेला काउली घेरौला लौका फसर्ी र अन्य तरकारी लगाएको अधिकारी बताउँछन् । एक पटकमा मात्रमा तरकारी बेचेर खर्च कटाएर बाँकी ३५ हजार देखि ४० हजार रुपैया आम्दानी गरेको बताउछन् । उनले लगाएको तरकारी घरबाटै पनि बिक्री हुने गर्छ । रासायनीक मल र औषधी केही प्रयोग नगरेपनि तरकारी राम्रो फलेको उनको भनाई छ। तर अहिले औषधीको प्रयोग गरी झनै राम्रो फलेको छ ।
विष्णु अधिकारी अपाङ्गता व्यक्ति भए पनि उनलाई सघाउने श्रीमती र बुहारीले धेरै सहयोग गरेको बताउँछन्। विष्णु अधिकारी तरकारी खेती गरेपछि उनले छोरालाई विदेश पठाएको बताउँछन्। पहिले घरको स्थिति दयानीय रहेको र अहिले सुखमय जीवन विताइरहेको अधिकारी बताउँछन् ।

No comments: