June 13, 2009

तेस्रो चरणको दशौं समूहको तालिम सम्पन्न

दमौली, ३० जेठ । तनहूँ उद्योग वाणिज्य संघ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको आयोजनामा जेठ २८ र २९ गते सञ्चालित तेस्रो चरणको दशौं समूहको अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि तनहूँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्लेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तनहूँ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मोहन विकको सभापतित्वमा आयोजित कार्यक्रमको कार्यक्रम अधिकृत एवं प्रशिक्षण संयोजक सुरेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो।
त्यसैगरी यही जेठ ३० र ३१ गते द.नं. ३३५१ देखि ३५०० सम्मको अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।

No comments: