किहूँ, २० जेठ । किहूँ गाविसको हुक्कामा स्थानीय विकास अधिकारी
हर्रि्रसाद दाहाल र दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष
नोकबहादुर विकले संयुक्त रुपमा गाविसको हुक्कामा स्थानीय आरन व्यवसायी
विकहरुलाई आधुनिक आरन पंखा गरेका छन् ।
आयआर्जन वृद्धिका लागि ११ जना आरन व्यवसायी विकहरुलाई जनही रु. ३ हजार
मूल्य बराबरको आरन पंखा वितरण गरिएको हो ।
जनहित कृषि उत्पादन सहकारी संस्था लि.को किहुँमा उद्घाटनका क्रममा उक्त
पंखा वितरण गर्दै स्थानीय विकास अधिकारी दाहालले आयआर्जन वृद्धिका लागि
आधुनिक पंखा वितरण गरिएको बताउनुभयो ।
कृष्णप्रकाश सिग्देलको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा नेकपा एमाले
जिल्ला कमिटि उपसचिव केदार सिग्देल, अरुणोदय गाउँ कमिटि सचिव भवानी शंकर
लम्साल, किहुँ गाउँ कमिटि सचिव सोमनाथ शर्माले शुभकामना व्यक्त गर्नुभएको
थियो । कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत ऋषिभक्त
वाग्लेको पनि सहभागिता थिया ।
June 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment