June 26, 2009

जिल्लाभित्र जताततै ज्वरोका बिरामी

दमौली, १२ असार । अत्याधिक गर्मीका कारण तनहुँ जिल्लाभित्रका सबै
स्वास्थ्य संस्थामा अहिले ज्वरोका बिरामीको भीड लाग्ने गरेको छ ।
दमौली अस्पताल, बन्दीपुर अस्पताल, सेती गङ्गा सामुदायिक अस्पताल,
चन्द्रावती सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिही र
भिमादका साथै ३१ उपस्वास्थ्य चौकीमा ज्वरोको बिरामीको सङ्ख्या बढ्दै गएको
बताइएको छ
गर्मी बढ्दै गएका कारण मानिसहरूमा टाउको दुख्ने, घाँटी दुख्ने र ज्वरो
आउने लक्षण देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
एक साता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । तनहुँका
अधिकांश विद्यालयका विद्यार्थीहरू पनि भाइरल ज्वरोबाट प्रभावित भएको
विद्यालयहरूले जनाएका छन् ।
कतिपय विद्यालयले त नयाँ विद्यार्थीमा रोग र्सन नपाओस् भनेर विद्यालय
बन्दसमेत गरेका छन् ।

No comments: