June 26, 2009

लडाकुलाई समायोजन गर्न सकिन्छः शान्तिमन्त्री

काठमाडौं, १२ असार । शान्ति तथा पुर्ननिर्माणमन्त्री रकम चेम्जोङले
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा उहाँले सेनाका लागि मापदण्ड पुगेका लडाकु
समायोजन हुनैसक्दैनन् भन्नु गलत हुने बताउनुभयो ।

'माओवादी लडाकु नेपाली सेनामा पनि समायोजन गर्नसकिन्छ, मन्त्री चेम्जोङले
भने, 'शतप्रतिशत सेनामा समायोजन हुनुहुदैन भन्नु र शतप्रतिशत सेनामै
समायोजन गर्नुपर्छ भन्नु दुवै गलत हुन्छ ।' माओवादी लडाकु पनि नेपालीनै
भएकाले उनीहरुको समायोजन र व्यवस्थापनका लागि सरकार गम्भीर रहेको
बताउनुभयो । छुट्टै संयन्त्र गठन गरेर वा समाजका अन्य क्षेत्रमा पनि
लडाकुहरु समायोजन गरिने उहाँले बताउनुभयो ।

उहाँले सेना समायोजनको विशेष समिति छिट्टै पुर्नगठन हुने बताए ।
शान्तिमन्त्रीले प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन हुने
विशेष कमिटिले सेना समायोजन गरेर देखाउने दाबी गर्नुभयो ।

राजनीतिक उद्देश्यले सक्रिय सशस्त्र वा निशस्त्र समूहसंग वार्ताका लागि
प्रक्रिया अगाडि बढाइसकेको मन्त्री चेम्जोङले बताउनुभयो । उहाँले
भन्नुभयो, 'वार्ताबाटै समस्या समाधान गर्ने मान्यताका साथ काम थालिएको छ
।'

No comments: