June 12, 2009

३७४ लाई अमेरिका जाने चिठ्ठा

काठमाडौं, जेठ २९ - आर्थिक मन्दी र कडा कानूनी दायराले नेपालीहरुको
अमेरिकी बसाइ कठिन बन्दै गएको खबर आइरहेको बेला ३ सय ७४ नेपालीका लागि
अमेरिका जाने ढोका खुलेको छ। सन् २०१० का लागि डिभी भरेकामध्ये तेस्रो
चरणको परिणाम सार्वजनिक हुँदासम्म ३ सय ७४ नेपालीलाई डिभी परेको छ।

चरणबद्ध रुपमा विजेताको नाम सार्वजनिक गर्ने हुनाले डिभी विजेताको संख्या
अझै बढ्नेछ। पहिलो चरण अन्तर्गत डाइभर्सिटी इमिग्रान्ट भिसा प्रोग्राम
(डिभी)ले १ सय ९ जनालाई चिठ्ठा परेको सूचना दिएको थियो। दोस्रो चरणमा ४३
जनालाई र पछिल्लो पटक सार्वजनिक तेस्रो सूचिमा २ सय २२ जनालाई डिभी परेको
छ।

सन् २००९ मा १ हजार ८ सय ९१ नेपालीहरुलाई डिभी परेको थियो भने सन् २००८
मा भने २ हजार ५ सय ६५ नेपाली डिभीमार्फत् अमेरिका पुगेका थिए।

काम र अध्ययनको सिलसिलामा नेपाल बाहिर रहेकाहरुले पनि डिभी परेका थिए।

डिभी विजेतालाई काठमाडौंस्थित अमेरिकी दूताबासले भिसा नदिएर 'सामाजिक
अपमान' गरेको आरोप डिभी पीडितहरुले लगाए पनि देशको राजनीतिक अस्थिरता र
मध्यम वर्गीय नेपालीको अमेरिका मोहले डिभी भर्नेहरुको संख्यामा कमी आएको
थिएन।

No comments: