June 3, 2009

पेस्तोल देखाई रकम लुटियो

तनहुँ, २० जेठ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर-१ डुम्रे चिसापानीमा
डेरा गरी बस्दै आएका सुरुराम चौधरीको कोठाबाट म‌गलबार दिउँसो ११ बजे एक
समूहले पेस्तोल देखाई नगद लुटिलगेका छन् । स्थानीय शिवकुमार श्रेष्ठको
घरमा डेरामा बस्दै आएका चौधरीको कोठाबाट नगद रु. ७५ हजार लुटी लगेको
प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कोठामा सुकरामको साली सविता राना एक्लै
भएको बेला एक्कासी आँखा छोपेर हात पछाडी लगी बाँधेर सो रकम लुटेको हो ।
मुखमा एक चक्की औषधी जवरजस्ती खुवाए र मुखमा कपडा कोचेर चावी कहाँ छ
देखा भनेपछि मैले मानिन त्यसपछि कञ्चटमा पेस्तोल तेर्‍याएर डरले
देखाइदियाँ होस खुलेपछि सविताले प्रहरी सामु बताइन । अन्दाजी २०-२५ वर्षा
देखिने मङ्गोलियन अनुहारका तीन जना महिलाले उक्त रकम लुटी लगेका हुन ।
घटनापछि तत्काल प्रहरीमा खवर गरी खोजीकार्य भएपनि हालसम्म पत्ता लगाउन
नसकेको घरधनी शिवकुमार श्रेष्ठले बताउनुभयो ।

No comments: