दमौली, २० जेठ
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले बुधवार विहान
तनहुँको दमौलीमा "तनहुँ कवर्डहल तथा रङशाला"को एक समारोह विच शिलान्यास
गर्नु भयो ।
सो अवसरमा बोल्दै सदस्य सचिव श्रेष्ठले शहरमा जतिकै गाउँपनि खेलाडी
क्षमतावान रहेको तर तिनीहरुको लागि आवश्यक पर्ुवाधारहरु पुर्यान
नसकिएकाले पछाडि परेका बताउनुभयो। उहाँले राज्यको स्पष्ट निति नभएकाले
अहिले सम्म खेलाडीको चाहना हुदाँ हुदै पनि खेलकुद क्षेत्रमा पछाडी परेको
बताउनुभयो ।
दूइ वर्षअगाडी कुल एक करोड ८७ लाखको लागत स्टमेट गरिएको सो कवर्ड हल
तथा रङशाला निर्माणको लागि अहिले २ करोड रुपैया लाग्ने अनुमान गरिएको
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रराज कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार समतिसंग हाल करिव ३७ लाख ६८ हजार रुपैया मौजाद रहेकोमा
अन्य नपुग रकम राष्ट्रिय खेलकुद परिषद र चन्दा तथा सहयोगबाट पुर्याउने
लक्ष्य समितिले राखेको छ ।
भलिवल, बास्केटवल, कराते, बक्सिङ, व्यडमिन्टन, टेवल टेनिस लगाएतका
इन्डोर खेल खेल्न मिल्ने १ सय ७ दशमलव १ फिट र ९१ दशमलव ७ फिट क्षेत्रफर
रहने सो कवर्डहलमा करिव १५ सय दर्शक अटाउने समितिका अध्यक्ष काइरालाले
जानकारी दिनुभयो । त्यस्तै १०० बाइ १४० मिटर क्षेत्रफल रहको रङशालाको
प्याराफिटमा करिव दश हजार दर्शक अटाउने छन् ।
June 4, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment