दमौली, १२ असार । विश्व लागुपदार्थ दिवसको अवसरमा शुक्रबार बिहान दमौलीमा
लागुपदार्थविरुद्ध जनचेतना मूलक र्याली पर््रदर्शन गरियो। सामुदायिक
प्रहरी सेवा केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, तनहुँको
सहयोगमा सो र्याली पर््रदशन गरिएको हो ।
दमौलीको अनशन चौतारीबाट सुरु भएको र्यालीले विभिन्न
दर्ुर्व्यसनविरुद्ध जनचेतनामूलक प्लेकार्डसहित नगर परिक्रमा गर्दै पुनः
अनशन चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, सामुदायिक
प्रहरी सेवा केन्द्रका अध्यक्ष गोविन्द पन्थ, उपाध्यक्ष रामलिला
सवर्ण्र्ाारलगायतले लागुपदार्थरहित समाज निर्माणका लागि प्रहरी प्रशासन
सचेत भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सेवा
केन्द्रका सचिव राजेश्वर हड्खलले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, कर्मचारी, विद्यालय एवम् क्याम्पसका
छात्रछात्राहरुको सहभागिता रहेको थियो।
June 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment