
गण्डकी अञ्चल अन्तर्गत लम्जुङ्ग जिल्लाको ६१ वटा गा.वि.सहरु मध्ये एक
गाउँ एक गा.वि.सले प्रख्यात पर्यटकिय नमुना गाउँको रुपमा भुजुङ् गाउँलाई
चिनिन्छ । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकिय
गाउँ, घले गाउँ, नायु, घनपोखरा, हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि
ग्रामिण पर्यटकिय भुजुङ् गाउँ सजिलै पुग्न सकिन्छ । यो गाउँ जिल्लाकै सबै
भन्दा ठुलो र सिरान गाउँको रुपमा पनि प्रख्यात छ । समुन्द्री सतह देखि
१६०० मिटरको उचाईमा रहेको यस गाउँको पुर्वमा घले गाउँ,(उत्तरकन्या गा बि
स) घनपोखरा गा.वि.स, पश्चिममा पस गाउँ गा.वि.स, दक्षिणमा भोंजे गा.वि.स,
पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपुर्ण्
(।।) स्पष्ट रुपमा देख्न सकिन्छ । ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०%
गुरुङ् र १०% अन्य जातीहरु बसोवास गर्दछन् । २१०० को हाराहारीमा यहाँको
जनसंख्या रहेको छ । " न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ्
जानु " भन्ने भनाई पनि प्रचलित रहेको छ । यस गाउँमा अझ पनि गुरुङ्हरुको
परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ ।
घरहरुको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको
पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ । खानाको रुपमा
लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो,
पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद
लिन सकिन्छ ।
यहाँका मानिसहरुको मुख्य पेशा भनेको कृषि हो । यस गाउँका मानिसहरुले
पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेको छ ।
मिहेनती र लगनशिल छन् यहाँका मानिसहरु, फुर्सदको समयमा पुरुषहरुले डोको,
नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरुले उनवाट राडीपाखी, बख्खु,
पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरु बनाउँछन् । वेलायत,
भारत र नेपाली सेनामा भर्ती हुने वैदेशीक रोजगार र होटल व्यावसाय थप आय
आर्जनका स्रोतहरु हुन् । यहाँका ८०% मानिसहरु साक्षार छन् ।
परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रुपमा
घाँटु(कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा,
नृत्यहरु यहाँको विशेष आर्कषण हुन् । शुभ पुटपुटे, छेवर, दिनभरिको थकान
मेट्ने अनि शुख दुख बांड्ने पवित्र थलो रोधिं पनि यहाँ रहेको छ । लाली
गुँरास युवा क्लव, युम्वो विकाश आमा समुह, वाहेक संरक्षण र विकाशलाई
स्थानिय स्थरवाटै गरिनु पर्दछ भन्ने उद्देश्यले २०५० सालमा स्थापित
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ण् संरक्षण क्षेत्र आयोजना, यस
अर्न्तगत रहने संरक्षण क्षेत्र व्यवस्थापन समिति, पर्यटन व्यवस्थापन
उपसमिति, भुजुङ्ग लघु जल विद्युत व्यवस्थापन समिति, भुजुङ्ग उप स्वास्थ्य
चौकि खानेपानी व्यवस्थापन समिति जस्ता विभिन्न संघ संस्थाहरु गाउँको
विकाशको गर्नलाई लागि परि रहेको छ । वैकल्पिक पदयात्राको लागि विभिन्न
स्थानवाट पुग्न सकिने भुजुङमा २५ घरमा पाहुना राख्ने व्यवस्था पनि रहेको
छ । यस गाउँको वन क्षेत्रमा विभिन्न लोपोन्मुख जंगली जीव जनावारहरु,
पशुपंक्षी, जडिवुटी, फलफूल र विभिन्न प्रजातिका पुतलीहरु पाईन्छ ।
ग्रामिण पर्यटन विकाशमा टेवा पुर्याउने उदेश्यले नेपाल पर्यटन बोर्ड,
जि.वि.स, गा.वि.स र स्थानिय संघ संस्थाहरुको सक्रियतामा "ग्रामिण
पर्यटकिय गाउँ भुजुङ्को आर्कषण, स्थानिय कला संस्कृतिको संरक्षण" भन्ने
मुल नाराका साथ २०६४ सालमा सभासद श्री पृथ्वी सुब्बा गुरुङ्को प्रमुख
अतिथ्यमा प्रथम भुजुङ् महोत्सव सफलताका साथ सम्पन्न गरिएको थियो । अहिले
चिया वगान पनि यहाँको प्रमुख आकर्षण बनेको छ । शिक्षा, खानेपानी,
विद्युत, टेलिफोन, टेलिभिजन, स्वास्थ्य आदिको सुविधावाट गाउँलेहरु र
गाँउमा आउने पर्यटकहरु लाभान्वित भएका छन् । यजम्रो, भयरा, योरी, शिल्दो,
युम्बो, सलिया, अजम्रो यहाँका मानिसहरुले पुज्ने देवताहरु हुन् । आफुले
चिताएको कुरा पुर्याईदिने हुनाले यजम्रो (सन्तानेश्वर महादेव) लाई
यहाँका मानिसहरुले सब भन्दा ठुलो देवताको रुपमा मान्ने गर्दछ । गाउँ देखि
उत्तरीमोडामा पर्ने घना जंगलको सुनसान ठाउँमा एउटा ठुलो ढुगाँ माथि सँधै
पानी जमि रहने विचमा यजम्रो देवता रहेको छ । भुजुङमा एउटा गुफा पनि
रहेको छ, जुन २०५७ सालमा श्री त्रिभुवन मा.विका शिक्षक र विद्यार्थीहरुको
सक्रियतामा पत्ता लागेको थियो । त्यस गुफाको नाम ऐतिहासिक त्रिभुवन गुफा
राखिएको छ ।
स्थानिय वृद्धाहरुको भनाई अनुसार परापुर्वकालमा भालेलाई खुट्टामा धागो
वाँधेर छोड्दा करीव २०० मिटर तलको चमेरे भन्ने ओडारमा भाले निस्किएको
कुराले पनि त्यस गुफालाई अझै अनुसन्धान गरी विकास गर्न सकेमा पर्यटकहरुको
लागि थप आर्कषक बन्नेमा कुनै दुविधा छैन ।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक विविधता अनि प्राकृतिक छटाले भरिपुर्ण्
घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण,
हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फ
नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो
झरना यि यस्ता कुराहरुले सबैलाई हषिर्त एवं आनन्दित तुल्याउँछ । गाउँवाट
देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती
योग्य फाँटहरुको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको
छ । कला संस्कृतिलाई नजिकवाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा
पुर्याउनको निम्ति एक पटक भुजुङ् गाउँ जानै पर्दछ । -स्रोत