सरकारद्वारा गठित विशेष समितिलाई सूचनासमेत नदिई विभिन्न सात ठाउँका
अस्थायी शिविरमा बस्दै आएका डिभिजन कमान्डरहरुको व्पापक हेरफेर गरेको छ।
विशेष समिति मातहतमा आइसकेको जनसेनाको यसै साता सम्पन्न जनरल स्टाफको
बैठकले कमान्डरहरुको सरुवाका साथै पाँचजना बिग्रेड कमान्डरलाई डिभिजन
सहकमान्डरमा बढुवासमेत गरेको हो। जनरल स्टाफको बैठकमा मुख्य कमान्डर
नन्नकिशोर पुन डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजनका कमाण्डर
छन् । संविधानअनुसार सात प्रमुख र २१ सहायक शिविरमा रहेका जनसेना विशेष
समिति मातहतमा आइसकेको छ ।
अब पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको
सुरक्षादस्ताको नेतृत्व यसअघि पहिलो डिभिजन कमाण्डर रहेका सन्तु दराईले
गर्ने छन् । माओवादी केन्द्रीय सदस्य दराईले जनमुक्ति सेना
ुहेडक्वार्टरुको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि यो जिम्मेवारी डिभिजन
सहकमान्डर वीरेन्द्र बिएमले गरेका थिए।
बिएमका अनुसार अध्यक्षको सुरक्षा दस्ता फेरिएको यो तेस्रोपटक हो ।
पहिलोचोटी दाहाल काठमाडौं छिर्दा राजधानीमा रहेको जनमुक्ति सेनाको
टास्कफोस्रले सुरक्षाको जिम्मेवारी लिएको थियो । त्यसपछि बिएमकै
नेतृत्वमा रहेको सुरक्षादस्ता अहिले फेरिएको हो । अब बिएमले जनमुक्ति
सेनाको लजिस्टिक विभाग र मुख्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
जनमुक्ति सेनाको प्रतिष्ठान र जनमुक्ति सेना खेलकुद क्लबको जिम्मेवारी
रुकुमका दलजित बिकले सम्हाल्ने छन्।
शान्तिप्रक्रियामा आएपछि डिभिजन कमान्डरहरुको हेरफेर भएको यो पहिलोपटक
हो। यसलाई जनमुक्ति सेनाले 'नियमित प्रक्रिया' बताउँदै माओवादी सरकारबाट
बाहिरिएको बेला हेरफेर हुनुलाई 'संयोग' मात्र बताएको छ।
"एक दुई वर्षको बीचमा भइरहन्छ। यो त नियमित प्रकि्रया हो" पाँचौं
डिभिजनमा सरुवा भएका डिभिजन कमान्डर कालीबहादुर खाममगरले नागरिकसँग भने,
"शान्तिप्रक्रियापछि पहिलोपटक हेरफेर भएको हो।" शान्तिसम्झौतायता २०६३
मंसिर ५ देखि जनमुक्ति सेना कैलाली मसुरिया सूर्खेत दशरथपुर रोल्पा दहवन
नवलपरासी झ्याल्टुङडाँडा चितवन शक्तिखोर सिन्धुली दुधौली र इलाम
चुलाचुलीका मुख्य शिविर तथा २१ सहायक शिविरमा बस्दै आएका छन्।
पछिल्लो प्रमाणीकरणअनुसार जनमुक्ति सेनाको संख्या १९ हजार ६ सय ४ छ।
बि्रगेड कमान्डरबाट डिभिजन सहकमान्डरमा बढुवा हुनेहरु बाँके घर भएका
छैंटौं डिभिजनबाट सन्तोष कालीकोट घर भएका सातौं डिभिजनका कुबेर सातौं
डिभिजनकै बाँकेका सिंहराज पाँचौं डिभिजनबाट महान र राजबहादुर बुढामगर छन्
। अब सहकमान्डरहरुको संख्या १४ पुगेको छ ।
बढुवा भएपछि पहिलो र दोस्रा डिभिजनबाहेक पाँचवटा डिभिजनमा दुई-दुई डिभिजन
सहकमान्डर रहनेछन् । पहिलो डिभिजन कमान्डरको जिम्मेवारी यमबहाहदुर
अधिकारीले लिएका छन्। अधिकारी यसअघि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो
डिभिजनका कमान्डर थिए । उनी जनयुद्धकालमा सेनालाई दिउँसै एम्बुस थापिएको
कृष्णभीर घटनाका योजनाकार र कमान्डर हुन्।
पहिलो डिभिजनका सहकमान्डर प्रमोद रहनेछन् । उनी यसअघि दोस्रो डिभिजन
सहकमान्डर थिए ।
दोस्रो डिभिजन कमान्डरको जिम्मेवारी सुकबहादुर रोकाले सम्हाल्ने भएका
छन्। उनी यसअघि पाँचौं डिभिजन कमान्डर थिए। रोकाका सहकमान्डर पदमबहादुर
लामा रहनेछन् । उनी यसअघि तेस्रो डिभिजन सहकमान्डर थिए।
तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्कीमगर हुनेछन् । यसअघि उनी
सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजन कमान्डर थिए । उनका दुई
सहकमान्डरमा उयदबहादुर लाउने र कुबेर छन्।
कालीकोट घर भएका कुबेर यसैपालि बढुवा भएका हुन् । यसअघि उनी सातौं
डिभिजनमा बि्रगेड कमाण्डर थिए ।
चौथो डिभिजन कमान्डर हुने छन् तेजबहादुर ओली । उनी यसअघि सूर्खेतको
दशरथपुरमा रहेको छैंटौं डिजिभन कमान्डर थिए । उनका पनि दुई सहकमान्डर
रहनेछन्। यसअघि पहिलो डिभिजन सहकमान्डर रहेका पावेल र भर्खरै बढुवा भएका
महान सहकमान्डर हुनेछन् ।
पाँचौं डिभिजन कमान्डरमा कालीबहादुर खाममगर छन्। यसअघि शक्तिखोरस्थित
तेस्रो डिभिजन कमान्डर रहेका मगर कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको
हत्याकाण्डमा 'विवादित' छन् ।
उनका सहकमान्डर रामलाल रोकामगर र राजबहादुर बुढामगर रहने छन् ।
छैंटौं डिभिजन कमान्डरमा महेन्द्रबहादुर शाही हुनेछन् । कालिकोट घर भएका
शाही यसअघि कैलाली मसुरियामा रहेको सातौं डिभिजन कमान्डर थिए । उनका
विवेक र सन्तोष दुई सहकमान्डर रहनेछन्। विवेक यसअघि पाँचौं डिभिजनका
सहकमान्डर थिए । सन्तोष यसअघि छैंटौं डिभिजनमा बि्रगेड कमान्डर थिए।
सातौं डिभिजनमा सहकमान्डर जीवनले कार्यवाहकको जिम्मेवारी लिनेछन् । उनी
यसअघि सातौं डिभिजन सहकमान्डर थिए । उनी कार्यवाहक भएपछि सहकमान्ड
गर्नेछन् बाँकेका नेपबहादुर चौधरीले।
No comments:
Post a Comment