May 27, 2009

संविधानलाई जनमुखी बनाउन माओवादी गृहकार्य


जेठ १३
एकिकृत नेकपा माओवादीले नयाँ बन्ने संविधानलाई जनमुखी बनाउन भन्दै हरेक
क्षेत्रबाट दबाब दिने भएको छ। माओवादी सचिवालयको बुधबार बिहान बसेको
बैठमा संविधानको शासकीय स्वरुपको राज्य पुन संरचनाबारे छलफल भएको थियो।
छलफलमा माओवादी घोषणापत्रअनुसार संविधान निर्माण गर्नुपर्नेमा माओवादी
सचिवालय सदस्यहरुले जोड दिएका पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी
दिए। बैठक बिहीबार बिहान पुनः बस्ने गरी स्थगित भएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालको सम्वोधनका विषयमा कुनै छलफल नभएको
प्रवक्ता शर्माले जानकारी दिए। प्रधानमन्त्रीले माओवादीलाई सरकारमा
सहभागी हुन अनुरोध गरेका थिए।
"राजनीतिक सर्वोच्चता कुल्चेर बनेको सरकारले माओवादीलाई सरकारमा बोलाउनु
कुनै तुक छैन," प्रवक्ता शर्माले पत्रकारहरुलाई भने,"राष्ट्रिय सहमति
निर्माण गर्न पनि राष्ट्रपतिको कदम सच्चिन पर्छ।"
माओवादीले प्रधानसेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपति
रामवरण यादवले दिएको निर्णय नसच्याएसम्म सरकारलाई सहयोग नगर्ने बताउँदै
आएको छ।
भविष्यमा पोलिटब्युरोमा बैठकमा लाने एजेन्डा तथा संविधानको प्रस्तावनाका
पनि छलफल भएको सचिवालय सदस्य नेत्रविक्रम चन्दले बैठकपछि प्रतिक्रिया
दिए।

No comments: