May 29, 2009

युवा रोजगार उद्यमशील तालिम सुरु

खैरेनीटार, १५ जेठ
खैरेनीटार युवा क्लव खैरेनीटारको आयोजनामा ४५ दिने युवा रोजगार उद्यमशील
तालिम बिहीबारबाट खैरेनीटारमा शुरु भएको छ ।
तालिमको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष
शंकरनारायण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
उहाँले युवाहरुले सामाजिक क्षेत्रमा विशेष चासो देखाई विसंगति र गलत
क्रियाकलापलाई रोकेर समुन्नत समाज निर्माणतर्फपहल गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा साझेदारी संस्था जिल्ला खेलकुद विकास समितिका अध्यक्ष
भूपेन्द्र कोइराला, क्लवका संस्थापक अध्यक्ष रामचन्द्र उपाध्याय, कानूनी
सल्लाहकार शिवदत्त ढकाल, एकीकृत नेकपा माओवादी गाउँ कमिटि सचिव वीरेन्द्र
श्रेष्ठ, नेकपा एमालेका गाउँ कमिटि सचिव कृष्ण पौडेल, इलाका प्रहरी
कार्यालय वेलचौताराका प्रहरी निरीक्षक नविनकृष्ण भण्डारी, गाविस सचिव
बुद्धिमान श्रेष्ठ, तनहूँ उद्योग वाणिज्य संघ खैरेनी बजार इकाई सभापति
रामलाल हिराचन, शुक्ला गण्डकी जेसीजका अध्यक्ष वालकृष्ण पौडेल लगायतले
तालिमको सफलताको कामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लवका
अध्यक्ष सुजित हिराचनको सभापतित्वमा आयोजित कार्यक्रममा सहभागीहरुलाई
स्वागत सहसचिव कमल गैह्रेले गर्नुभएको थियो भने क्लवका सचिव सुजन
श्रेष्ठले कार्यक्रम सञ्चालन गनुृभएको थियो ।
क्लवका अनुसार तालिममा ३० जना युवाहरु सहभागी रहेका छन् भने व्युटिसियन,
हाउस वायरिङ्ग र कम्प्युटर वेशिक कोर्षतालिमका विषय
रहेका छन्।

No comments: