गणतन्त्र दिवस मूल समारोह समिति तनहूँको आयोजनामा बिहीबार दमौली स्थित
कारागारका बन्दी र दमौली अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरियो ।
मूल समारोह समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी हर्रि्रसाददाहालको नेतृत्वमा दमौली कारागार पुगेको टोलीले त्यहाँ रहेका बन्दीहरुलाई
फलफूल वितरण गर्ने क्रममा कारागारका समस्या समाधान गरिदिन बन्दीहरुले माग
राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कारागार भित्रको पानी लगायत
अन्य समस्या स्थायी रुपमा समाधान गर्न प्रयास भइरहेको जानकारी गराउँदै
विरामी पर्दा उपचारको लागि पनि आवश्यक बन्दोबस्त मिलाइएको बताउनुभयो ।
फलफूल वितरण कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी अधिकृत शिशिर
पौडेलले दश दिनभित्र कारागारको बन्दीहरुको आवश्यकतालाई ध्यानमा राखी
टेलिभिजन र फोहोर व्यवस्थापन डस्बिनको व्यवस्थापन गरिदिने बचनबद्धता
व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टले बन्दी सुधार गृह
भएकोले बन्दी जीवनपछि यहाँबाट सकरात्मक शिक्षा लिएर असल नागरिक बन्ने
प्रयत्न गर्न आग्रह गर्नुभयो ।
बन्दीहरुको तर्फाट कारागार नाइके दिनेश कार्कीले कारागारमा क्षमताभन्दा
बढि बन्दी रहेको, अन्य संघसंस्थाहरुबाट सहयोग आउन छाडेको, यस अगाडि
प्राप्त टेलिभिजन पटक-पटक मर्मत गर्दा पनि काम नदिएको, लोडसेडिङमा
कोठाभित्र बस्न असहज भएकोले त्यस्तो अवस्थामा कोठाबाहिर बस्ने व्यवस्था
मिलाइदिन माग प्रस्तुत गर्नुभएको थियो ।
कारागारका प्रमुख दामोदर शर्माका अनुसार हाल कारागारमा २६ थुनुवा र ५०
कैदी रहेका छन् । कारागारको क्षमता २५ जनाको हो । त्यसैगरी मूल समारोह
समितिको तर्फाट दमौली अस्पतालका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको
थियो ।
No comments:
Post a Comment