May 29, 2009

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दमौली, १५ जेठ
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन -नेशनल प्याब्सन) तनहूँको
आयोजनामा जिल्लास्थित संस्थागत विद्यालयहरुबीच अन्तर विद्यालय हाजिरीजवाफ
प्रतियोगिता बिहीबार दमौलीमा सम्पन्न भयो ।
प्रतियोगितामा कलेस्ती रिभरसाइड बोर्डिङ्ग स्कुल कलेस्ती प्रथम, मनास्लु
बोर्डिङ्ग स्कुल डुम्रे द्वितीय र इन्द्रेणी स्काई बोर्डिङ्ग स्कुल
दमौलीले तेस्रो स्थान हात पार्न सफल भएको र सफल प्रतियोगिहरुलाई क्रमशः
७५०, ६५० र ४५० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताको स्थानीय विका अधिकारी हर्रि्रसाद दाहालले एक
समारोहका बीच उद्घाटन गर्दै हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको
बीच सिर्जनशील एवं तार्किक क्षमता वृद्धि हुने बताउनुभएको थियो ।
एन प्याब्सनका अध्यक्ष तिलक चौहानको अध्यक्षतामा आयोजित उद्घाटन
समारोहमा जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, स्रोतव्यक्ति माधव
अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सह-सचिव रनसिंह
नेपालीले स्वागत र सचिव सहदेव अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको
थियो ।
३७ वटा निजी तथा आवासीय विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको
अन्तिममा संस्थाका सल्लाहकार विद्युतकेशरी न्यौपानेले सहभागी सम्पर्ूण्ा
विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आयोजक संस्थाले सहभागी सबै छात्रछात्राहरुलाई प्रमाणपत्र उपलब्ध गराएको
दिपेन्द्र चौहानले बताउनुभयो ।

No comments: