May 31, 2009

द्वन्द्वपीडितको रुवाईले बनायो भावुक

दमौली, १७ जेठ
राईपुरकी अनिता पोख्रेलले सोचेकी पनि रहिनछिन माओवादी द्वन्द्वताका त्यति सम्मको दर्दनाक अवस्था भएको होला भन्नेमा । द्वन्द्वको पीडा झल्काउने दृष्य हेरेकी उनी भावुक भएर हलबाट बाहिरिएकी थिईन ।
मैले त सोचेकी पनि थिइन यति सम्मको अवस्था भएको होला भन्नेमा दमौलीस्थित परासर कलेजमा स्नातक अध्ययनरत पोख्रेलले भनिन द्वन्द्वपीडित परिवारलाई सरकारले बेवास्ता गरेको रहेछ भन्ने बल्ल थाहा पाए उनीहरुका पीडा सुन्दा मेरा त आशँ नै आए ।
द्वन्द्वको मुल जरोको रुपमा रहेको माओवादीले सरकारमा बसेको अवस्थामा पनि पीडितलाई कुनै राहत दिएको रहेनछु उनले भनिन ुजसलाई पर् यो त्यसलाई मात्र थाहा हुँदो रहेछ अरुले त सान्त्वना दिने मात्र हो ।ु
पोख्रेलकी सहपाठि शुशिला सिग्देलको पनि भनाई उस्तै छ । मैले त बेपत्ताका आफन्तको अवस्था सुनेकी र देखेकी पनि थिईन बल्ल थाहा पाए दर्दंनाक अवस्था रहेछु सिग्देलले भनिन् संचार माध्यमबाट पढेको र सुनेकी थिए वास्तविकता बल्ल देखियो ।
उनले राजनीतिक दलहरुलाई सहमति गरेर अघि बढ्न आग्रह समेत गरिन । माओवादीलाई जसरी हुन्छ मिलाएर लैजानुपर्छ नत्र पुरानै अवस्था आउन सक्छु सिग्देलले भनिन कुनै पनि हालतमा देशमा अव द्वन्द्व नहोस अब कसैले यस्तो पीडा भोग्न नपरोस।
माओवादी जनयुद्धताका खिचिएका तस्बिरको संगालो लडाँईमा जनता सम्बन्धि फोटो प्रदर्शनी यात्रामा आधारित द्वन्द्वपीडित परिवारको कथा समेटिएको डकुमेन्ट्री युद्धचित्रु हेरेका अधिकांश दर्शकको एकै खाले पीडा झल्काउने भनाई थियो ।
पत्रकार कुन्द दीक्षितको चित्रपुस्तकमा आधारित उक्त डकुमेन्ट्रीको प्रेम विक र केसाङ छेतेनले निर्देशन गरेका छन् । ६ वटा द्वन्द्वपीडित परिवारको कथा समेटिएको उक्त प्रदर्शनी हेटौडाबाट चैत २९ गते सुरु भएको थियो । नेपालयको सहयोग र पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनी दमौलीको २६ औं हो । देशका ३१ ठाउँमा प्रदर्शन गरी असार ६ काठमाडौंमा पुगेपछि यात्रा टुंगिनेछ । प्रदर्शनीको हालसम्म करिब ८० हजार दर्शकले अवलोकन गरेको नेपालयले जनाएको छ ।
प्रदर्शनीमा विभिन्न सरकारी तथा नीजि विद्यालयका विद्यार्थी सहित सरकारी कार्यालयका प्रमुख सुरक्षा निकाय बुद्धिजीवि कानुनविद अधिकारवादी संचारकर्मि लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो।
द्वन्द्वको पीडा झल्काएको युद्धचित्रले सबैलाई भावुक बनाएको प्रदर्शनी हेरेर बाहिरिएका बार एशोसिएसन तनहुँ अध्यक्ष विश्व बास्तोलाले बताए। ुकुनै हालतमा फेरी यस्तो अवस्था आउन दिनु हुँदैन यसका लागि राजनीतिक दलमा ईमान्दारीता हुनुपर्छु बास्तोलाले भने पीडितहरुको समस्यालाई बेलैमा सम्बोधन गरेर उनीहरुको घाउमा मलम लगाउनुपर्छ ।
लडाई सकिए पनि देशमा शान्ति आएको रहेनछ त्यसको पीडा अझै बाँकी छ भन्ने सन्देश डकुमेन्टूले दिने परिकल्पनाकार कुन्द दीक्षितले बताए । लडाईको पीडा अझै छ उनीहरुको समस्या सम्बोधन हुनुपर् यो भन्ने सन्देश यसले दिएको छु दीक्षितले भने ।
राजनीतिक दलका प्रतिनिधि पनि द्वन्द्वपीडितको अवस्था हेरेर भावुक हुन बाध्य भएको बताए । द्वन्द्व हुन आफैमा नराम्रो कुरा हो तर पनि समाज परिवर्तनका लागि आवश्यक पर्ने रहेछु माओवादी तनहुँका सेक्रेटरी जगन्नाथ खनालले भने पीडितहरुको अवस्था देख्दा कसको पो मन रुदैन र मलाई पनि त्यस्तै भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक का अनुसार तनहुँमा ५ महिलासहित १८ जना अझै बेपत्ता छन्।
यसैबीच समाधान मुलक पत्रकारिता मिडियामार्फत् मेलमिलाप सम्बन्धी विषयमा हिमाल मिडियाका सह-प्रकाशक एवं वरिष्ठ पत्रकार कुन्द दीक्षितले तनहूँका पत्रकार र संघसंस्थाका प्रतिनिधिबीच अन्तरकि्रया कार्यक्रम साचालन गरिएको थियो ।

सचेतना जगाउँदै कलेजका विद्यार्थी

दमौली १७ जेठ
दमौली कलेजमा स्नातक पढ्दै गरेका केही युवाहरु हिजोआज गाउँ गाउँमा भेटिन्छन् । १० जनाको समुहमा रहेका उनीहरु एचआईभि एड्सको वारे सचेतना जगाउन ुपश्चातापु नामक सडकनाटक देखाउँदै गाउँ गाउँ पुगेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको करिव २० हजार रुपैंयाँ आर्थिक सहयोगमा दमौली कलेजमा अध्ययनरत दमौली साहित्य सदनका विद्यार्थीहरुले सडकनाटकमा अभिनय गरेका छन् । प्रत्येक दिन केही समय निकालेर उनीहरुले १० दिनसम्म नियमित अभ्यास गरेको वताए ।
एचआईभी एड्स लागेकालाई हेला होईन माया दिनुपर्छ भन्ने मुल भावका साथ प्रस्तुत नाटक जिल्लाको वन्दिपुर डुम्रे लगाएतका ठाउँहरुमा प्रदर्शन गरिसकिएको लेखक तथा नाटक संयोजक महेश क्षेत्रीले वताए । केही दिनमा नै सडकनाटक जिल्लाको भिमाद खैरेनी दमौली लगाएतका वजारहरुमा देखाउने योजना रहेको श्रेत्रीले जानकारी दिए । प्रस्तुत नाटकले असुरक्षित यौन सम्पर्क गर्ने जो कोहीलाई पनि एचआईभी एड्स लाग्न सक्ने भएकोले एक जनासँगमात्र यौन सम्पर्क राखौं भन्ने सन्देश समेत नाटकले दिन खोजेको वताउँदै क्षेत्रीले भने ुनाटक हेर्ने जोसुकैलाई सकारात्मक प्रभाव पारेको छ ।ु
जिल्लाको राजमार्ग वरपरका वस्तीहरुमा नाटक देखाउन आवश्यक ठानिए पनि आर्थिक अभावमा प्रर्दशन गर्न नसकिएको सडकनाटकका निर्देशक महेन्द्र रिजालले वताए । ुजिल्लाको ४६ वटै गाविसमा प्रर्दशन गर्ने लक्ष्य हो।ु रिजालले भने ुतर आर्थिक अभावले सवै ठाउँमा पुग्न सकेका छैनौं।ु
घाँसीकुवा-८ छिर्कनका ६३ वर्षका तिलवहादुर रानाले उक्त सडकनाटकले आँफुलाई प्रभावपारेको वताए । ुखै के के रोग आएका हुन् । हाम्रो पालामा त यस्तो रोग थाहा पाईएन ।ु रानाले शनिवार सडकनाटक हेर्दै भने ुयो नाटक त युवाहरुले हेर्न पर्ने हो ।ु
ग १ ज ३०६४ नम्वरको जिपका ड्राईभर मन्जिर गुरुङले नाटक हेरेपछि गल्ति गर्न खोज्ने जो कोहीले एकपटक जिवनवारे सोच्न वाध्य हुने वताए । उनले भने ुनशालुपदार्थ र गलत संगत नगर्न पनि नाटकले अथ्र्याएको रहेछ ।ु
जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव तथा दमौली कलेजका सहायक प्राध्यापक लालुप्रसाद शर्माले विद्यार्थीहरुको नाटक प्रतिको उत्साह देखेर कार्यालयले आर्थिक सहयोग गरेको वताए । उनले भने ुनाटकले राम्रो प्रभाव पारेको महशुस गरेको छु ।ु
सडकनाटकको कथा अनुसार गाउँमा दुखका साथ वावुआमाले छोरा विनोदलाई शहरमा उच्च शिक्षु पढ्न पठाउँछन् । छोरी विनितालाई भने राम्रो डिभिजनमा एसएलसि पास गरेकी विनितालाई नपढाउने निधो गर्छन् । पढ्न शहर गएको छोरा विनोद भने कुलत र लागुपदार्थको दुव्र्यसनी वन्न पुग्छ । यता विनिता भने घरवाट भागेर मामाको घरमा वसेर पढ्छिन् र नस्र वन्छिन् । तर दुव्र्यसनी र नराम्राको संगत गर्ने विनोदलाई एचआईभि एड्स लाग्छ । डाक्टर मार्फत घरमा आमावुवाले एड्स वारे थाहा पाउँछन् । छोरी नस्र भएको पनि डाक्टर मार्फत थाहा पाएका वावुआमाले छोरीलाई हेला गरेकोमा पश्चाताप गर्छन् । अन्त्यमा छोरा विनोदलाई सवैले साथ दिने वाचाका साथ नाटकको अन्त्य हुन्छ।
छोराको भुमिकामा खेलेका जिवन पौडेलले नाटकले आँफु साँच्चै भावुक वनेको वताए । पौडेलले भने ुमेरो त नाटक खेल्दै गर्दा साँच्चै आँखा रसाएछ।
नाटकमा दमौली कलेजका १९ देखि २२ वर्ष उमेर समुहका रोशन नागिला शान्ति गुरुङ जिवन पौडेल लक्ष्मि श्रेष्ठ निर्मल श्रेष्ठ कमला गुरुङ राधा दुरा गोम राना र झलक तिमि_िल्सनाले अभिनय गरेका छन् ।

कारागारमा क्षमता भन्दा तेब्बर बन्दी बन्दीलाई बस्न समस्या

दमौली १७ जेठ ।
तनहँु कारागारमा क्षमता भन्दा तेब्बर बन्दीहरु रहेका छन् । जसको कारण
बन्दीहरुलाई बस्न असाध्यै समस्या परेको छ । ठाँउ साघुरो भएको कारण
बन्दीहरुलाई राती सुत्न समेत समस्या परेको छ ।
२५ जनाको क्षमता रहेको ग श्रेणीको सो कारागारमा हाल विभिन्न अपराधका
मुद्धामा सजाय तोकिएका र नतोकिएका गरि ७७ जना रहेका छन् । कारागार प्रमुख
दमोदर शर्माका अनुसार थुनुवाको संख्या थपघट भैरहने भए पनि यस पटक अति
धेरै बन्दी भएको बताए । शर्माले बन्दीहरुलाई सुत्नकोलागी तोकिएको स्थान
अभाव भएपछि स्टोरको रुपमा प्रयोग गरिएको कोठालाई सुत्नको लागी उपयोग
गरिएको जानकारी दिए ।
उनका अनुसार कारगारमा बन्दीहरुलाई सुत्नको लागी दुईवटा कोठा ब्यवस्था
भएकोमा स्टोरको रुपमा प्रयोग गरिएको दुई वटा कोठालाई पनि मर्मत सम्भार
गरि बन्दीहरुलाई सुत्ने प्रवन्ध मिलाइएको बताए । यसअघि सो स्टोर कोठामा
बन्दीहरुको लागी खाद्यान्न र बन्दीहरुले बनाएको मुढा र अन्य सामाग्रीहरु
राख्ने गरिन्थ्यो ।
बन्दीहरुलाई खानेपानीको असाध्यै समस्या परेको बन्दीहरुका नाइके मनीराम
गुरुङ्गले बताए । उनका अनुसार ब्यास नगरपालीकाले ब्यवस्था गरेको खानेपानी
पर्याप्त नभएको कारण जेनेरेटरको सहायताले मादी नदीको पानी तानेर प्रयोग
गरिन्छ । त्यो पनि लोडसेडिङ्गको कारण कहिले काँही त मुख धुने पानी समेत
नपाईने गुरुङ्गले बताए ।
उनका अनुसार बर्षायाम भरी नदि धमीलो आउने भएको कारण पानीको ज्यादै समस्या
हुने नाईके गुरुङ्गले बताए । २०२५ सालमा निर्माण गरिएको कारागारमा हाल ५१
जना कैदी र २६ जना थुनुवा सहित ७७ जना बन्दीहरु रहेका छन् ।

May 30, 2009

माओवादीले छिट्टै आन्दोलन थाल्दैछ : नेता बादल

उदयपुर, १६ जेठ । नेकपा एकीकृत माआवादीका बरिष्ठ नेता तथा पर्ूव
रक्षामन्त्री रामबहादुर थापा बादलले नेपाली जनतालाई सावभौम, स्वायत्ता र
संविधान निर्माणको लागि छिट्टै आन्दोलन थाल्ने बताउनुभयो ।
नेता थापाले उक्त कुरा क्रान्तिकारी पत्रकार सङ्घ उदयपुरले शनिबार बिहान
उदयपुरको सदरमुकाम गाईघाट बजारमा आयोजना गरेका पत्रकार सम्मेलनमा
बताउनुभएको हो । जनताले दिएको अधिकारको सीमाभित्र रहेर माओवादीले सडक,
सदनबाट शान्तिपर्ूण्ा आन्दोलन गर्नुको कारण लोकतन्त्र र शान्तिको लागि
पनि भएको नेता बादलले बताउनुभयो ।
नेकपा एमालेले राष्ट्रपतिको चुनावमा माओवादीले धोका दिएको र सरकारमा
रहँदासमेत विश्वासिलो वातावरण दर्ुइ पार्टर्ीीच नभएको कुरा खण्डन नेता
बादलले गर्नुहँुदै एमालेको सो भनाइमा कुनै तुक छैन यदि त्यस्तो वातावरण
भएको भए एमालेले त्यतिबेलै माओवादीको भण्डाफोर गर्नु पर्दथ्यो ।
सत्ता कब्जा गर्न खोजेको कुराको स्पष्ट पार्दै नेता बादलले यो विपक्षी र
विदेशीहरूले अब माओवादीले जनताको मन जितेर चुनाव जितेर सत्तामा पुग्छ भनी
डराएर अन्य अर्थ लगाएर माओवादीलाई नराम्रो बनाउन खोजेको बताउनुभयो ।
अहिले नेपाली जनताहरूको राजनीतिक चेतना धेरैमाथि उठिसकेको, जनताले
राजनीतिक पार्टIबाट धेरै कुराहरू चाहेका छन् तर अहिले जनताले जति पाएका
छन् त्यो पर्याप्त भने नभएको बताउनुभयो ।
नेता बदल मगर राष्ट्रिय मुृक्तिमोर्चाको राष्ट्रिय एकता भेलाको अवसरमा
बिहीबार उदयपुरको सदरमुकाम गाईघाट आउनुभएको हो ।

गणतन्त्रले जनसमुदायमा समानता र न्यायको अनुभूति गराउन सक्नुपर्छ-प्रम नेपाल

काठमाण्डौं, १५ जेठ
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री माधवकुमार
नेपालले नयाँ संविधानको निर्माणबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग
बलियो हुने र मुलुकमा देखिएको सबैखाले द्वन्द्वको सफल व्यवस्थापन हुन गई
समृद्ध नेपाल निर्माणको आधार तयार हुने कुरा बताउनुभएको छ।
प्रथम गणतन्त्र दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित
विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले गणतन्त्रले
जनसमुदायमा समानता र न्यायको अनुभूति गराउन सक्नर्ुपर्छ भन्नुभयो ।
उहाँले नेपाली जनताका अधिकारलाई विभिन्न बहाना गरी अपहरण गर्न सधैँ
उद्यत् भइरहने राजतन्त्रलाई सदाका लागि बिदा गरेको सर्न्दर्भमा मात्र
होइन, सामन्तवादको प्रतीकको रुपमा रहेको शाहीतन्त्रले सधैँ दमित भइरहन
बाध्यपारेका नेपाली जनतालाई र्सार्वभौम बनाई न्यायमा पनि आजको दिन
अत्यन्त महत्वपर्ूण्ा रहेको धारणा राख्नुभयो ।
सङ्घीयतामा आधारित समावेशी लोकतन्त्रको माध्यमबाटै प्रत्येक वर्ग,
क्षेत्र, जाति, लिङ्ग र समुदायका जनतालाई साँचो अर्थमा र्सार्वभौम बनाउन
सकिने बताउँदै प्रधानमन्त्रीले हामी सबैको अहिलेको साझा दायित्व भनेको नै
नेपाली जनताको चाहनाअनुरुप लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई
संविधान निर्माणको माध्यमबाट व्यवहारमा उतार्नु हो भन्नुभयो ।
उहाँले तरल राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको र विशिष्ट भौगोलिक
अवस्थिति आएको हाम्रोजस्तो मुलुकमा परिवर्तनका संवाहक सबै राजनीतिक दल र
जनसमुदायबीच अहिले विगतमा भन्दा झनै उच्चस्तरको समझदारी, जिम्मेवारी बोध
र सुझबुझ आवश्यक रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्रीले मुलुकका प्रमुख राजनीतिक दलहरुमा असमझदारी र द्वन्द्व
बढेमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई
र्सार्थक निष्कर्षा पुर्‍याउने जनआकाङ्क्षाअनुरुपको संविधान निर्माण
गर्ने तथा सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने जिम्मेबारी पूरा हुन
नसक्नेप्रति सचेत गराउनुभयो ।
सङ्घीय लोकतान्त्रिक शासनप्रणाली स्थापना गर्न भएका विगतका सबै
जनसङ्र्घष्ाहरुमा सहादत प्राप्त गर्नुहुने श्रद्धेय सहिदहरुप्रति हार्दिक
श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री नेपालले विगतका
जनसङ्र्घष्ाहरुमा भाग लिने सम्पर्ूण्ा साहसी योद्धाहरुप्रति उच्च
सम्मानका साथ हार्दिक अभिवादन गर्दै घाइते भई अप्ठयारो परिस्थितमा जीवन
बिताइरहनुभएका सबै वीर तथा वीराङ्गनाहरुको योगदानको राज्यले उच्च
मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले करिब छ दशक
अगाडिदेखि संविधानसभामार्फ आफ्नो संविधान आफैँले लेख्ने नेपाली जनताको
चाहनालाई बाह्रबुँदे समझदारी र त्यसदेखि यता दलहरुबीच भएका सहमति,
सहकार्य र एकताकै माध्यमबाट मात्रै मर्ूतरुप दिन सकिने धारणा राख्नुभयो ।

विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईयो

दमौली, १५ जेठ
पहिलो गणतन्त्र दिवस विविध कार्यक्रमका साथ तनहूँको दमौलीमा मनाईएको छ ।
जिल्ला मुल समारोह समितिको आयोजनामा शुक्रवार विहान दमौलीमा प्रभातफेरीको
आयोजना गरियो।
प्रभातफेरीमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिकदलका
नेता तथा कार्यकर्ता, कर्मचारी, विद्यार्थी, शिक्षक शिक्षिका, पत्रकार,
मानवअधिकारकर्मीहरु नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको
थियो । दमौलीको अनशनचोकबाट शुरु भएको प्रभातफेरी दमौली बजारको परिक्रममा
गरि जिल्ला सभागृह हलमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेकपा एमालेका जिल्ला कमिटि सचिव प्रतापलाल श्रेष्ठ, नेपाली
कांग्रेसका जिल्ला कार्य समिति सभापति रघुनाथ पौडेल, प्रमुख जिल्ला
अधिकारी एकनारायण अर्याल लगायतले देशमा गणतन्त्र प्राप्ती भएपछि पनि
संस्थागत भईनसकेको हुँदा दलहरु अझै मिलेर जानुको विकल्प नरहेकोमा जोड
दिएका थिए ।
कार्यक्रममको अध्यक्षता स्थानीय विकास अधिकारी हर्रि्रसाद दाहालले
गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला विकास समितिका कार्यक्रम
अधिकृत ऋषिभक्त वाग्लेले गर्नुभएको थियो ।
त्यसैगरी गणतन्त्र दिवसको अवसर लमजुङमा पनि विभिन्न कार्यक्रमको आयोजना
गरि मनाइएको छ ।
गणतन्त्र दिवशको अबसरमा शुक्रबार एक प्रवचन कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका राजु थापा, नेपाली कांग्रेसका कृष्ण
कोइराला, नेकपा एमालेका धनन्जय दवाडी, प्रमुख जिल्ला अधिकारी विष्णु
प्रसाद पोखरेल, सामाजिक न्याय समितिका रामकुमार भण्डारी र नेपाल पत्रकार
महासंघका कृष्ण के.सीले मन्तब्य राख्नुभएको थियो ।
बक्ताहरुले गणतन्त्र संस्थागत गर्न सम्पर्ुण्ा राजनैतिक दल, नागरिक
समाज, सञ्चारकर्मी आदि सवै मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए ।
मुलुकमा गणतन्त्र स्थापना भएपनि र्सवसाधरणले गणतन्त्रको अनुभुती गर्न
नपाएको गुनासो गरेका थिए ।
यसैगरी गणतन्त्र दिवशको अबसरमा लमजुङ उद्योग बाणिज्य संघले लमजुङ
जिल्ला सामुदायिक अस्पताल बेसीसहरमा रहेका विरामी र जिल्ला काराघरमा
रहेका बन्दीहरुलाई फलफुल वितरण गरेका थिए । यसैगरी जिल्ला विकास समितिले
आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कृष्णलाल प्रधान र जगत
कार्की प्रथम, पेशल कुमार पोखरेल र अजय लामा द्धितिय र अम्मर कुमार
श्रेष्ठ र पप्पु पौडेल तृतिय भएका छन् । प्रतियोगिताका प्रथम,द्धितिय र
तृतियलाई क्रमशः एक हजार, ७ सय र ५ सय नगदका साथै प्रमाण पत्र वितरण
गरिएको छ । कार्यक्रम स्थानिय विकास अधिकारी एवं गणतन्त्र दिवश मुलसमारोह
समितिका संयोजक पेशलकुमार पोखरेलको अध्यक्षतामा भएको थियो ।

May 29, 2009

मृतक बालिकाको परिवारलाई क्षतिपूर्ति दिइयो

दमौली, १५ जेठ । बसको ठक्करबाट आइतबार साँझ मृत्यु भएकी एक बालिकाको
परिवारलाई रु. दर्ुइ लाख क्षतिपर्ूर्ति उपलब्ध गराइएको छ ।
स्थानीय मिनी बस व्यवसायी समितिले बसको ठक्करबाट मृत्यु भएकी ९ वषर्ीया
ममता खातुनको परिवारलाई बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा उक्त रकम
उपलब्ध गराइएको हो ।
दमौलीको सागे जाँदै गरेको ग.१ज १७३३ नं.को बसको ठक्करले घाइते भएकी ती
बालिकाको दमौलीस्थित व्यास सिटी अस्पतालमा उपचार हुँदाहँुदै सोही दिन
राति मृत्यु भएको थियो ।
बालिकाको मृत्यु भएपछि पीडित पक्षले दोषीमाथि कारबाही र
क्षतिपर्ूर्तिको माग गर्दै सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ
गरेपछि स्थानीय बस व्यवसायी समितिले उक्त रकम दिने सहमति जनाएको थियो ।

विद्युत सुचारु

दमौली, १५ जेठ । बिहीबार अपराहृन आएको हावाहुरीले व्यास नगरपालिका १ को
विज्ञानचौर र गहवुबेसीमा बिजुलीको पोलहरू ढाल्दा तनहुँको दमौली, डेम्रे
तथा लमजुङको सोती पसलमा अवरुद्ध विद्युत आज बिहानबाट सुचारु भएको छ ।
उक्त स्थानमा ढलेका दर्जनौँ बिजुलीका पोलहरू मर्मत गरेपछि विद्युत
सुचारु भएको दमौली सवस्टेसनले जनाएको छ ।
हावाहुरीका कारण केही समय टेलिफोनसमेत अवरुद्ध बनेको थियो ।
हावाहुरीसँगै आएको असिना पानीले मकै, चैतेधान र तरकारी बालीमा समेत
क्षति पुर्‍याएको कृषकहरूले बताएका छन्

क्षत्री समाज नेपालद्धारा आयोजित महायज्ञमा दानवीरहरुको ओइरो, झण्डै तीन करोड संकलन

पोखरा, १५ जेठ
क्षत्री समाज नेपालद्धारा बहुउद्येश्यीय भवन, संंग्राहलय स्थापना शहीद
स्मारक, पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने लगायतका लोककल्याणकारी
कार्यहरु गर्नै उद्येशयले पोखरामा सुरु भएको श्रीमद्भागवत राष्ट्रिय
विराट ज्ञानमहायज्ञको चौथौ दिनसम्म कुल दुइ करोड ९१ लाख रुपैया संकलन
भएको छ ।
चौथो दिन मात्र दानवीरहरुले ४० लाख रुपैया दान गरेका क्षत्री समाज
नेपालका केन्द्रीय कोषाध्यक्ष केसबहादुर केसीले बताउनुभयो ।
दानवीरहरुमा पोखरा उपमहानगरपालिका वडा नम्वर १७ का रामचन्द्र भण्डारीबाट
पाँच लाख एक हजार १११, नेत्रबहादुर लामिछानेबाट पाँच लाख एक हजार १५५,
दिवाकर तिवारीबाट दुइ लाख २२ हजार २२२, लक्ष्मी पोैडेलबाट एक लाख ११ हजार
१११, क्षत्री समाज पोखरा ४ बाट दुइ लाख १७ हजार, भीमबहादुर भट्टराइबाट
एक लाख २२ हजार २२२, कमला थापाबाट ५१ हजार १११, इञ्जिीनियर सुरेन्द्र
पाण्डेबाट ५१ हजार १११, ओमबहादुर कुँवरबाट ५१ हजार १११ र अन्य दावीरबाट
गरी चौथो दिनमात्र ४० लाख संकलन भएको महायज्ञका सहअध्यक्ष प्रेमबहादुर
जिसीले बताउनुभयो ।
प्रुमख वाचक युवा पण्डित भागवत भाष्कर कमलनयन गौतम रहनुभएको
महायज्ञमा क्षत्री समाज नेपालका अध्यक्ष डा. दिलबहादुर क्षत्री, महासचिव
कुमार खडका, महायज्ञका अध्यक्ष लोकबहादुर थापा, केन्द्रीय सदस्य
रामबहादुर वानीया, नगर कमिटिका अध्यक्ष उदयबहादुर वस्नेत, क्षत्रि महिला
समाज कास्कीका अध्यक्ष पुष्पा केसी, युवा समाजका अध्यक्ष गणेश केसी र
विद्यार्थी समाजका अध्यक्ष पदम कार्की लगायतले विभिन्न सामाजिक उद्येश्य
राखेर सुरु गरिएको यस महायज्ञमा सबैको सहभागिता र सहयोगको लागि आव्हान
गर्नुभयो ।
महायज्ञमा दान दिने दाताहरुको आइरो लाग्दै गएको छ । कार्यक्रममा उपस्थित
महिला तथा पुरुषहरु राष्टिूय पोशाकमा आएकोले कार्यक्रममा बेग्लै रौनक
थपेको महसुस गरिएको छ ।

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दमौली, १५ जेठ
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन -नेशनल प्याब्सन) तनहूँको
आयोजनामा जिल्लास्थित संस्थागत विद्यालयहरुबीच अन्तर विद्यालय हाजिरीजवाफ
प्रतियोगिता बिहीबार दमौलीमा सम्पन्न भयो ।
प्रतियोगितामा कलेस्ती रिभरसाइड बोर्डिङ्ग स्कुल कलेस्ती प्रथम, मनास्लु
बोर्डिङ्ग स्कुल डुम्रे द्वितीय र इन्द्रेणी स्काई बोर्डिङ्ग स्कुल
दमौलीले तेस्रो स्थान हात पार्न सफल भएको र सफल प्रतियोगिहरुलाई क्रमशः
७५०, ६५० र ४५० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताको स्थानीय विका अधिकारी हर्रि्रसाद दाहालले एक
समारोहका बीच उद्घाटन गर्दै हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको
बीच सिर्जनशील एवं तार्किक क्षमता वृद्धि हुने बताउनुभएको थियो ।
एन प्याब्सनका अध्यक्ष तिलक चौहानको अध्यक्षतामा आयोजित उद्घाटन
समारोहमा जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, स्रोतव्यक्ति माधव
अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सह-सचिव रनसिंह
नेपालीले स्वागत र सचिव सहदेव अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको
थियो ।
३७ वटा निजी तथा आवासीय विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको
अन्तिममा संस्थाका सल्लाहकार विद्युतकेशरी न्यौपानेले सहभागी सम्पर्ूण्ा
विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आयोजक संस्थाले सहभागी सबै छात्रछात्राहरुलाई प्रमाणपत्र उपलब्ध गराएको
दिपेन्द्र चौहानले बताउनुभयो ।

युवा रोजगार उद्यमशील तालिम सुरु

खैरेनीटार, १५ जेठ
खैरेनीटार युवा क्लव खैरेनीटारको आयोजनामा ४५ दिने युवा रोजगार उद्यमशील
तालिम बिहीबारबाट खैरेनीटारमा शुरु भएको छ ।
तालिमको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष
शंकरनारायण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
उहाँले युवाहरुले सामाजिक क्षेत्रमा विशेष चासो देखाई विसंगति र गलत
क्रियाकलापलाई रोकेर समुन्नत समाज निर्माणतर्फपहल गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा साझेदारी संस्था जिल्ला खेलकुद विकास समितिका अध्यक्ष
भूपेन्द्र कोइराला, क्लवका संस्थापक अध्यक्ष रामचन्द्र उपाध्याय, कानूनी
सल्लाहकार शिवदत्त ढकाल, एकीकृत नेकपा माओवादी गाउँ कमिटि सचिव वीरेन्द्र
श्रेष्ठ, नेकपा एमालेका गाउँ कमिटि सचिव कृष्ण पौडेल, इलाका प्रहरी
कार्यालय वेलचौताराका प्रहरी निरीक्षक नविनकृष्ण भण्डारी, गाविस सचिव
बुद्धिमान श्रेष्ठ, तनहूँ उद्योग वाणिज्य संघ खैरेनी बजार इकाई सभापति
रामलाल हिराचन, शुक्ला गण्डकी जेसीजका अध्यक्ष वालकृष्ण पौडेल लगायतले
तालिमको सफलताको कामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लवका
अध्यक्ष सुजित हिराचनको सभापतित्वमा आयोजित कार्यक्रममा सहभागीहरुलाई
स्वागत सहसचिव कमल गैह्रेले गर्नुभएको थियो भने क्लवका सचिव सुजन
श्रेष्ठले कार्यक्रम सञ्चालन गनुृभएको थियो ।
क्लवका अनुसार तालिममा ३० जना युवाहरु सहभागी रहेका छन् भने व्युटिसियन,
हाउस वायरिङ्ग र कम्प्युटर वेशिक कोर्षतालिमका विषय
रहेका छन्।

आज गणतन्त्र दिवस

आउने दिन पनि सजिला हुने छैनन्: राष्ट्रपति
काठमाडौँ, जेठ १५ - संविधान सभाले गणतन्त्र कार्यान्वयन गर्ने घोषणा
गरेको दिन गणतन्त्र दिवसका रुपमा शुक्रबार देशभर मनाइँदैछ। गणतन्त्र दिवस
कै अवसरमा राष्ट्रपति रामवरण यादवले नेपालमा गणतन्त्र स्थापनाको पहिलो
वर्ष पूरा भएको अवसरमा देशभित्र र बाहिर रहेका सबै नेपालीमा बधाई तथा
शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा सन्देश दिंदै उनले भनेका छन्- एउटा लामो शासन परम्पराको अन्त्य
र गणतन्त्रको नयाँ अध्याय सुरु भएको पहिलो वर्ष त्यति सहज हुन नसकेको
अनुभव तपाईं हामी सबैले गरेकै छौं। आउने दिन पनि सजिला हुने छैनन्।
सङ्क्रमणकाल कहीं पनि सहज हुँदैन। त्यसैले अगाडिको चुनौतीपूर्ण उकालो
यात्रालाई कसरी सहज बनाउने भन्नेमा आज सबै नेपालीको ध्यान जानु जरुरी
रहेको छ।

सन्देशमा उल्लेख छ-हाम्रो अहिलेको प्रमुख गन्तव्य शान्ति प्रक्रियाको
पूर्णता र नयाँ संविधानको निर्माण हो।त्यो गन्तव्यमा पुग्नसके मात्र
हाम्रो नयाँ गणतन्त्रले जरा हाल्न सक्नेछ।राष्ट्रको यथार्थ र आवश्यकता
मनन गरी एक अर्कासँग हातेमालो गर्दै अगाडि बढेमा गन्तव्यमा पुग्न अवश्य
पनि गाह्रो हुने छैन।

हुन त हामीले गएको एक वर्षसहमति र सहकार्यको माला धेरै जप्यौं तर त्यो
मालाका लागि चाहिने जति विश्वास र समझदारीका फूल फुलाउन भने
सकेनौं।असहमतिको अधिकार लोकतन्त्रको सबैभन्दा मुख्य विशेषता हो।त्यसलाई
दबाइयो भने लोकतन्त्र कुरुप हुने र गणतन्त्रका जरा कुहिने खतरा बढ्छ।
असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउने खतरा
बढ्छ।तर असहमतिका बिझाउने काँडाका बीचमै विश्वास र समझदारीको फूल फुलाउन
सक्यौँ भने लोकतान्त्रिक गणतन्त्रको बगैंचा ढकमक्क हुनेछ, जहाँ नेपाल र
सम्पूर्ण नेपालीको सुन्दर तस्बिर खिच्न सकिनेछ -सन्देशमा भनिएको छ।

हाम्रा लागि अन्तरिम संविधानले निर्धारण गरेको समयावधिभित्रै नयाँ
संविधान निर्माण गर्नु जति जरुरी छ, त्यो संविधानलाई लोकतान्त्रिक,
समतामूलक, समावेशी र दिगो बनाउने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ।गएका
६० वर्षा हामले धेरै वटा संविधान परीक्षण गर्‍यौ।तर यसरी देशलाई लामो
समयसम्म परीक्षणको चक्रमा रुमल्याइरहनु कसैको पनि हितमा हुँदैन -सन्देशमा
उल्लेख छ।

सन्देशमा उल्लेख छ-अब बन्ने संविधान एउटा अर्को परीक्षण मात्र नहोस्
भन्ने सुनिश्चित गरिनु जरुरी छ।त्यस्तो गर्न सकिएमात्र नेपालमा स्थिरता
आउनेछ।स्थिरताले शान्ति ल्याउनेछ र शान्तिले उन्नति, अनिमात्र तराई हामी
सबैले देखेको स्थिर, शान्त र उन्नत नेपालको सपना साकार हुन सक्नेछ ।

May 28, 2009

'बेबी किङ' बिउँत्याउने षडयन्त्र : माओवादी

संकल्पमा छलफल नभए संसद चल्न नदिने
काठमाडौं, जेठ १४ - प्रतिपक्ष एकिकृत नेकपा माओवादीले नारायणहिटी
दरबारबाट गणतन्त्र शालिक हटाउने सरकारको पछिल्ला निर्णयलाई बेबी किङ
बिउँत्याउने षडयन्त्र भनेको छ। राजधानीमा जारी माओवादी सचिवालय बैठकले
राज्य पुनःसंरचना र संविधानसभा मन्त्रालय खारेज गर्ने सत्तारुढ दलहरुको
निर्णयलाई परिवर्तन आत्मसाथ गर्न नसकेको रुपमा व्याख्या गरेको छ।
बिहीबार बिहान बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले
बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने षडयन्त्रमा सरकार लागेकाले
नारायणहिटीभित्र शालिक नबनाउने निर्णय गरिएको जिकिर गरे।

प्रधानमन्त्री माधव नेपालको सरकारले सर्वसाधारण सबैले सजिलै देख्‍न सकून्
भन्दै नारायणहिटीभित्र बनाउन लागिएको गणतन्त्र शालिक रत्‍नपार्कमा बनाउन
लागेको प्रधानमन्त्रीले बताएका थिए। माओवादी नेतृत्वको सरकारले
नारायणहिटी परिसरमा नै त्यस्तो शालिक बनाउन बजेटसमेत छुट्याएको थियो।

राष्ट्रपतिविरुद्ध माओवादीले संसदमा सूचना दिएको संकल्प प्रस्तावमा छलफल
भएमात्र संसद चल्न दिने अन्यथा बिहीबार पनि संसद अवरुद्ध पार्ने जानकारी
प्रवक्ता शर्माले दिए।
नयाँ बन्ने संविधानमा पार्टीका तर्फबाट बुझाउने मस्यौदा निर्माणका लागि
माओवादी सचिवालयको बैठक बसिरहेको हो। बैठकमा शासकीय स्वरुप र राज्य
पुनःसंरचनाका विषयमा नेताहरुले धारणा व्यक्त गरे। बैठक शनिबारसम्मका लागि
स्थगित भएको छ।

गणतन्त्र दिवसमा बन्दी र विरामीलाई फलफूल

दमौली, १४ जेठ
गणतन्त्र दिवस मूल समारोह समिति तनहूँको आयोजनामा बिहीबार दमौली स्थित
कारागारका बन्दी र दमौली अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरियो ।
मूल समारोह समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी हर्रि्रसाद
दाहालको नेतृत्वमा दमौली कारागार पुगेको टोलीले त्यहाँ रहेका बन्दीहरुलाई
फलफूल वितरण गर्ने क्रममा कारागारका समस्या समाधान गरिदिन बन्दीहरुले माग
राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कारागार भित्रको पानी लगायत
अन्य समस्या स्थायी रुपमा समाधान गर्न प्रयास भइरहेको जानकारी गराउँदै
विरामी पर्दा उपचारको लागि पनि आवश्यक बन्दोबस्त मिलाइएको बताउनुभयो ।
फलफूल वितरण कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी अधिकृत शिशिर
पौडेलले दश दिनभित्र कारागारको बन्दीहरुको आवश्यकतालाई ध्यानमा राखी
टेलिभिजन र फोहोर व्यवस्थापन डस्बिनको व्यवस्थापन गरिदिने बचनबद्धता
व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टले बन्दी सुधार गृह
भएकोले बन्दी जीवनपछि यहाँबाट सकरात्मक शिक्षा लिएर असल नागरिक बन्ने
प्रयत्न गर्न आग्रह गर्नुभयो ।
बन्दीहरुको तर्फाट कारागार नाइके दिनेश कार्कीले कारागारमा क्षमताभन्दा
बढि बन्दी रहेको, अन्य संघसंस्थाहरुबाट सहयोग आउन छाडेको, यस अगाडि
प्राप्त टेलिभिजन पटक-पटक मर्मत गर्दा पनि काम नदिएको, लोडसेडिङमा
कोठाभित्र बस्न असहज भएकोले त्यस्तो अवस्थामा कोठाबाहिर बस्ने व्यवस्था
मिलाइदिन माग प्रस्तुत गर्नुभएको थियो ।
कारागारका प्रमुख दामोदर शर्माका अनुसार हाल कारागारमा २६ थुनुवा र ५०
कैदी रहेका छन् । कारागारको क्षमता २५ जनाको हो । त्यसैगरी मूल समारोह
समितिको तर्फाट दमौली अस्पतालका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको
थियो ।

व्यस्त बालुवाटार

काठमाडौं, जेठ १४ - प्रधानमन्त्री माधव नेपाल बालुवाटार सरेपछि
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फेरि व्यस्त हुन थालेको छ। सत्ता
साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सरकारको न्यूनतम
कार्यक्रम र मन्त्रालय बाँडफाँट गर्न बिहीबार बिहान बालुवाटारमा भेला भए।
प्रधानमन्त्री नेपालले नेपालस्थित जापानी राजदूतसँग बालुवाटारमा भेट
गरिसके भने अमेरिकाका राजदूत न्यान्सी जे पावेलसँग पनि बालुवाटारमा भेट
गर्दैछन्। केही दिन अघि बढुवा भएकी पावेल अमेरिका फर्कने तयारीमा छिन्।
प्रधानमन्त्री नेपालले बिहीबार बिहान संविधानसभा अध्यक्ष सुवास
नेम्वाङसँग छलफल गरिसकेका छन्।

माओवादीले जनमुक्ति सेनामा हेरफेर गरे

काठमाडौं जेठ १४ । माओवादी सरकारबाट बाहिरिएलगत्तै जनमुक्ति सेनाले
सरकारद्वारा गठित विशेष समितिलाई सूचनासमेत नदिई विभिन्न सात ठाउँका
अस्थायी शिविरमा बस्दै आएका डिभिजन कमान्डरहरुको व्पापक हेरफेर गरेको छ।
विशेष समिति मातहतमा आइसकेको जनसेनाको यसै साता सम्पन्न जनरल स्टाफको
बैठकले कमान्डरहरुको सरुवाका साथै पाँचजना बिग्रेड कमान्डरलाई डिभिजन
सहकमान्डरमा बढुवासमेत गरेको हो। जनरल स्टाफको बैठकमा मुख्य कमान्डर
नन्नकिशोर पुन डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजनका कमाण्डर
छन् । संविधानअनुसार सात प्रमुख र २१ सहायक शिविरमा रहेका जनसेना विशेष
समिति मातहतमा आइसकेको छ ।

अब पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको
सुरक्षादस्ताको नेतृत्व यसअघि पहिलो डिभिजन कमाण्डर रहेका सन्तु दराईले
गर्ने छन् । माओवादी केन्द्रीय सदस्य दराईले जनमुक्ति सेना
ुहेडक्वार्टरुको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि यो जिम्मेवारी डिभिजन
सहकमान्डर वीरेन्द्र बिएमले गरेका थिए।

बिएमका अनुसार अध्यक्षको सुरक्षा दस्ता फेरिएको यो तेस्रोपटक हो ।
पहिलोचोटी दाहाल काठमाडौं छिर्दा राजधानीमा रहेको जनमुक्ति सेनाको
टास्कफोस्रले सुरक्षाको जिम्मेवारी लिएको थियो । त्यसपछि बिएमकै
नेतृत्वमा रहेको सुरक्षादस्ता अहिले फेरिएको हो । अब बिएमले जनमुक्ति
सेनाको लजिस्टिक विभाग र मुख्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
जनमुक्ति सेनाको प्रतिष्ठान र जनमुक्ति सेना खेलकुद क्लबको जिम्मेवारी
रुकुमका दलजित बिकले सम्हाल्ने छन्।

शान्तिप्रक्रियामा आएपछि डिभिजन कमान्डरहरुको हेरफेर भएको यो पहिलोपटक
हो। यसलाई जनमुक्ति सेनाले 'नियमित प्रक्रिया' बताउँदै माओवादी सरकारबाट
बाहिरिएको बेला हेरफेर हुनुलाई 'संयोग' मात्र बताएको छ।

"एक दुई वर्षको बीचमा भइरहन्छ। यो त नियमित प्रकि्रया हो" पाँचौं
डिभिजनमा सरुवा भएका डिभिजन कमान्डर कालीबहादुर खाममगरले नागरिकसँग भने,
"शान्तिप्रक्रियापछि पहिलोपटक हेरफेर भएको हो।" शान्तिसम्झौतायता २०६३
मंसिर ५ देखि जनमुक्ति सेना कैलाली मसुरिया सूर्खेत दशरथपुर रोल्पा दहवन
नवलपरासी झ्याल्टुङडाँडा चितवन शक्तिखोर सिन्धुली दुधौली र इलाम
चुलाचुलीका मुख्य शिविर तथा २१ सहायक शिविरमा बस्दै आएका छन्।

पछिल्लो प्रमाणीकरणअनुसार जनमुक्ति सेनाको संख्या १९ हजार ६ सय ४ छ।
बि्रगेड कमान्डरबाट डिभिजन सहकमान्डरमा बढुवा हुनेहरु बाँके घर भएका
छैंटौं डिभिजनबाट सन्तोष कालीकोट घर भएका सातौं डिभिजनका कुबेर सातौं
डिभिजनकै बाँकेका सिंहराज पाँचौं डिभिजनबाट महान र राजबहादुर बुढामगर छन्
। अब सहकमान्डरहरुको संख्या १४ पुगेको छ ।

बढुवा भएपछि पहिलो र दोस्रा डिभिजनबाहेक पाँचवटा डिभिजनमा दुई-दुई डिभिजन
सहकमान्डर रहनेछन् । पहिलो डिभिजन कमान्डरको जिम्मेवारी यमबहाहदुर
अधिकारीले लिएका छन्। अधिकारी यसअघि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो
डिभिजनका कमान्डर थिए । उनी जनयुद्धकालमा सेनालाई दिउँसै एम्बुस थापिएको
कृष्णभीर घटनाका योजनाकार र कमान्डर हुन्।

पहिलो डिभिजनका सहकमान्डर प्रमोद रहनेछन् । उनी यसअघि दोस्रो डिभिजन
सहकमान्डर थिए ।

दोस्रो डिभिजन कमान्डरको जिम्मेवारी सुकबहादुर रोकाले सम्हाल्ने भएका
छन्। उनी यसअघि पाँचौं डिभिजन कमान्डर थिए। रोकाका सहकमान्डर पदमबहादुर
लामा रहनेछन् । उनी यसअघि तेस्रो डिभिजन सहकमान्डर थिए।

तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्कीमगर हुनेछन् । यसअघि उनी
सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजन कमान्डर थिए । उनका दुई
सहकमान्डरमा उयदबहादुर लाउने र कुबेर छन्।
कालीकोट घर भएका कुबेर यसैपालि बढुवा भएका हुन् । यसअघि उनी सातौं
डिभिजनमा बि्रगेड कमाण्डर थिए ।

चौथो डिभिजन कमान्डर हुने छन् तेजबहादुर ओली । उनी यसअघि सूर्खेतको
दशरथपुरमा रहेको छैंटौं डिजिभन कमान्डर थिए । उनका पनि दुई सहकमान्डर
रहनेछन्। यसअघि पहिलो डिभिजन सहकमान्डर रहेका पावेल र भर्खरै बढुवा भएका
महान सहकमान्डर हुनेछन् ।

पाँचौं डिभिजन कमान्डरमा कालीबहादुर खाममगर छन्। यसअघि शक्तिखोरस्थित
तेस्रो डिभिजन कमान्डर रहेका मगर कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको
हत्याकाण्डमा 'विवादित' छन् ।
उनका सहकमान्डर रामलाल रोकामगर र राजबहादुर बुढामगर रहने छन् ।

छैंटौं डिभिजन कमान्डरमा महेन्द्रबहादुर शाही हुनेछन् । कालिकोट घर भएका
शाही यसअघि कैलाली मसुरियामा रहेको सातौं डिभिजन कमान्डर थिए । उनका
विवेक र सन्तोष दुई सहकमान्डर रहनेछन्। विवेक यसअघि पाँचौं डिभिजनका
सहकमान्डर थिए । सन्तोष यसअघि छैंटौं डिभिजनमा बि्रगेड कमान्डर थिए।

सातौं डिभिजनमा सहकमान्डर जीवनले कार्यवाहकको जिम्मेवारी लिनेछन् । उनी
यसअघि सातौं डिभिजन सहकमान्डर थिए । उनी कार्यवाहक भएपछि सहकमान्ड
गर्नेछन् बाँकेका नेपबहादुर चौधरीले।

आप्पाले भेटे आठ हजार मिटरमा पानी !

काठमाडौं जेठ १४ - किर्तिमानी आरोहि आप्पा शेर्पाले राष्ट्रपतिलाई आफ्नो्
अनुभव सुनाउदै भने, "यसपाली आठ हजार मीटरको उचाँईमा पानी भेटें।" आप्पाको
यो कुराले राष्ट्रपति मात्र होईन संगै रहेका संरक्षणकर्मी प्रशान्त
सिंहलगायत सबै अचम्म परे सिंहले सोधॆ यो त नहुनु पर्ने कुरा हो।

उनले आफ्नो कुरा जारी राख्दै भने पहिला तेस्रो क्याम्प पछि साउथ कोलमा
हामीहरु त्यो ठाँउमा पानी पगालेर खान्थ्यौ तर यसपाली त पानी नै भेटियो।
वार्ताक्रममा संगै रहेका राष्ट्रपतिका प्रमुख स्वकिय सचिव ललित बहादुर
बस्नेतले नागरिक संग भने आप्पाको कुरा सुनेर हामी स्तब्ध भयौ।


१९ औ पटक सगरमाथा सफल आरोहण गरेकोमा सम्मान गर्न बुधवार आप्पालाई
शितलनिवास बोलाईएको थियो ।उनका साथमा आयोजक र बिश्व वन्यजन्तु कोषका केहि
प्रतिनिधि थिए। सगरमाथाको सफल आरोहण पछि सोमबार काठमाण्डौ पुगेका आप्पाले
आफुलाई अझै आरोहणको 'हयाङ' रहेकाले धेरैकुरा बिर्सिराखेको बताएका थिए।

यदी आप्पाको कुरा साँचो हो भने यो जलवायु परिवर्तनको पराकाष्टा मात्र
होईन अध्ययनको गहन विषय पनि भएको संरक्षणकर्मी प्रशान्त सिँहले भने।

शितल निवासमा उनलाई राष्ट्रपतिले आरोहण अनुभव सुनाउन आग्रह गरेका थिए
यसक्रममा आप्पाले चिनतिर रहेको सगरमाथा को भिरालो चोईटिएको र हिलारी
स्टेप पनि पहिले भन्दा गाह्रो भएको बताएका थिए ।पहिले हिँउ हुने ठाँउमा
अहिले चट्टान भएकाले यात्रा गाह्रो भएको सुनाउदै उनले भनेका थिए हिलारी
स्टेपमा हिँउ छैन आधार शिविर देखी पहिलो क्याम्प सम्मको यात्रा खतरनाक
भएको छ । विश्वको शिर सगरमाथावाट सबैलाई जलवायु परिवर्तन विरुद्ध कार्य
गर्न आव्हान गर्न उनी यसपाली चुचुरोमा पुगेका थिए।


आप्पालाई उनको १९औं सफलतामा र आयोजक संस्था एशियन ट्रेकिङका अध्यक्ष
आङछिरिङ शेर्पालाई सगरमाथामा सफाई गरेवाफत राष्ट्रपतिले सम्मानित गरेका
थिए ।


विज्ञानका विद्यार्थीका नाताले जलवायु परिवर्तनको विषयमा जानकारी रहेका र
चाख लिएका राष्ट्रपतिले उनलाई यो काम समयमै भएको बताउदै राम्रो काम
गरेकामा बधाई दिएका थिए भने यस्ता अभियान जारी राख्न सल्लाह दिएको प्रमुख
स्वकिय सचिव बस्नेतले बताए ।राष्ट्रपतिले आगामी दिनमा सगरमाथा सरसफाईका
लागी सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन उनले भने
।संरक्षणकर्मीले जलवायु परिवर्तन जस्ता गम्भीर विषयको नेतृत्व
राज्यस्तारवाट हुनु पर्ने आग्रह गरेका गरेका थिए।

आप्पा बिहीबार अमेरिका फर्कदै छन उनलाई शनिवार त्यहाँको युटाह राज्यले
'युटाह स्टेट बेस्ट अवार्ड' दिने कार्यक्रम छ। उनी युटाहका साल्टलेक
सिटीमा बस्दै आएका छन्।

"जलवायु परिवर्तनलाई रोकौं-हिमाललाई बाँच्न दिउ संदेश लेखिएको डब्लु
डब्लु एफको ध्वजा आप्पाले शिखरमा पुर्‍याएका थिए यसपाली । उनी दुई पटक
सगरमाथा घुमेका आरोहि एवं जलवायु परिवर्तनका वकालतकर्ता दावा स्टेभेन
शेर्पाले नेतृत्व गरेको इको-एभरेष्ट पर्वतारोहण टोलीमा थिए ।
सुख्खा हिँउदका कारण यसपाली मौसम बेमौसममा हिँउपरेकाले आरोहण क्रममा
हिमपहिरो जाँदा एक सदस्य लाक्पा नोरु शेर्पाको मृत्यु भएको थियो ।शायद
बेमौसममा हिँउ पर्नु जलवायु परिवर्तनकोकारण भएको उनले बताएका थिए।
आप्पाको यात्रा अघि डब्लु डब्लु एफ इन्टरनेशनलका महानिर्देशक जिम लिपले
भनेका थिए, "जलवायु परिवर्तन सम्वन्धि यस किसमका प्रयासले विश्व
समुदायलाई यसका सवालमा जागरुक हुन मद्दत पुर्‍याउने छु।"


स्थानीय समय अनुसार विहानको करिब ८ बजे पुर्‍याएकॊ ध्वजामा तेङवोचे
गुम्बाका श्रद्धेय रिम्पोचे द्वारा मन्त्रणा गरिएकॊ बम्पा धार्मिक
फूलदानी लाई आपा शेर्पाले शिखरमा पुर्‍याएका थिए। फूलदानीमा विभिन्न चार
सय प्रकारका पवित्र तत्व थिए। हिमाली क्षेत्रमा रहेका पवित्र उपत्यकाको
स्वच्छतामा वातावरणीय परिवर्तनवाट नकरात्मक असर नपरोस् भन्ने मनसायले
फूलदानीलाई शिखरमा पुगाईएको हो ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भिर संकट ल्याउने मानिन्छ ।
जलवायु परिवर्तनका विषयमा गम्भीर नभएमा आगामी २५ वर्षमा सबै हिमनदि
सुक्ने अवस्थामा पुग्ने दावी वैज्ञानिकहरु गर्दै आएका छन्।

एसियन ट्रेकिङद्वारा आयोजित पर्वतारोहण टोलीले यो यात्रामा पारिस्थिकीय
सम्वेदनशिलताको पक्षलाई विशेष ध्यान दिएको थियो। उनीहरुले वाटोमा रहेका
क्षेत्रमा रहेका छ टन पुराना फोहर मैला एवं मानविय निष्काशनलाई उपयुक्त
व्यवस्थापनका लागि आधार शिविरसम्म ल्याई दिएका छन्। पर्वतारोहणको क्रममा
उनीहरुले वैकल्पिक उर्जाको प्रयोग समेत गरेका थिए।

को-को बन्दैछन् मन्त्री सुजातालाई मन्त्री बनाउने कोइरालाको दाउ

काठमाडौं, जेठ १४ - मन्त्रिपरिषद्को वाँडफाँटका विषयमा सहमति भइनसके पनि
दलहरुले आन्तरिक छलफल र गृहकार्य भने थालेका छन्। एमालेले सरकारमा शंकर
पोखरेल, विष्णु पौडेल, रघुविर महासेठ र जीतु गौतमलाई पठाउने तयारी गरेको
छ। यसअघि एमालेबाट विद्या भण्डारी रक्षा र सुरेन्द्र पाण्डे अर्थ नियुक्त
भइसकेका छन्। भण्डारी केपी ओली समूहकी र पाण्डे चाँहि संस्थापन पक्षका
हुन्। यसअघिको सरकारमा मन्त्री रहेका पौडेलले पुनः मन्त्री बन्ने
सम्भावना भएकाले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्।
कांग्रेसभित्र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद कायमै छ। सभापति
गिरिजाप्रसाद कोइरालाले उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा
पठाउने तयारी गरेका छन्।

यता वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति सुशिल कोइरालाले भने
पौडेलको नेतृत्वमा सरकारमा जानेबारे पुनर्विचार गर्न कोइरालालाई आग्रह
गरेको स्रोतले बतायो।

कांग्रेसले रामशरण महत विमलेन्द्र निधि शेखर कोइराला वा सुजाता
कोइरालामध्ये एक रमेश लेखक र जनजाति कोटाबाट सूर्यमान गुरुङलाई सरकारमा
पठाउने विषयमा छलफल चलाएको छ। महिला कोटामा उमा अधिकारी वा सुप्रभा
घिमिरेमध्ये एकजना सरकारमा जाने सम्भावना छ।

सुजाताको प्रस्ताव
नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीका तर्फबाट छोरी
सुजातालाई मन्त्री बनाउन प्रस्ताव गरेका छन्।
राजधानीको महाराजगन्जस्थित निवासमा पटकपटक बस्दै आएको कांग्रेस केन्द्रीय
पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक बैठकमा त्यस्तो प्रस्ताव राखेको
जानकारी पार्टी स्रोतले दिएका छन्।

कोइरालाले छोरी सुजातालाई कुन मन्त्रालय दिने भन्ने चाहिँ प्रस्ताव
नगरेको जानकारी बैठकमा सहभागी एक नेताले दिए ।
"कांग्रेसका पटकपटक बसेका अनौपचारिक बैठकमा सभापतिज्यूले छोरी सुजातालाई
मन्त्री बनाउन प्रस्ताव गर्नुभएको छु ती नेताले नागरिकसँग भने- "उहाँले
सुजातालाई कुन मन्त्री बनाउने भन्नेबारे चाहिँ केही बताउनुभएको छैन।"
कोइरालाले सुजाताबाहेक मन्त्रिपरिषद्मा पार्टीबाट पठाउने कसैको नाम पनि
प्रस्ताव गरेका छैनन् । ती नेताका अनुसार पार्टी सभापति एवं सम्मानित
वयोवृद्ध नेताले छोरीलाई मन्त्री बनाउन प्रस्ताव गरेकाले बैठकमा सहभागी
कसैले पनि त्यसबारे कुनै प्रतिकि्रया व्यक्त गरेनन् ।

"बैठकमा कसैले पनि कोइरालाको प्रस्तावको विरोध र समर्थनमा बोलेनन्,"
स्रोतले भन्यो ।

सरकार गठनमा महत्वपुर्ण भूमिका खेलेको मधेशी जनअधिकार फोरमभित्र पनि
अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छदारबीच विवादका
कारण को सरकारमा जाने भन्नेबारे निर्णय भएको छैन। संसदीय दलका नेता
गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने बताउँदै आएका छन्।

अध्यक्ष यादवले भने आफनो पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने
भन्नेबारे केन्द्रीय समितिले टुंगो लगाउने अडान राखेका छन्। उनले
सहअध्यक्ष जेपी गुप्ताको नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका छन्।
यादव र गच्छदारबीचको आ-आफ्नै अडानका कारण फोरममा सरकारमा पठाउने
मन्त्रीहरुको नाममा सहमति हुन सकेको छैन।

तराई मधेश लोकतान्त्रिक पार्टीले भने सरकारमा जाने / नजाने विषयको टुंगो
अझै लगाएको छैन। अन्तिम निर्क्यौल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई
दिइएको छ।

तमलोपाले सरकारमा जाने निर्णय गरेमा महेन्द्र राय र जितेन्द्र सोनार
मन्त्री बन्ने सम्भावना छ। सद‍भावनाले चाँहि सरकारमा जाने निर्णय
गरिनसकेको अध्यक्ष राजेन्द्र महतोले बताए। "बिहीबारको केन्द्रीय कमिटी
बैठकले त्यसको निर्णय गर्छ," उनले भने। यद्यपि पार्टीले अध्यक्ष महतो वा
अनिल झामध्ये एकलाई सरकारमा पठाउने तयारी गरिरहेको स्रोतले बतायो।

साना दललाई १० सिट बराबर एक मन्त्री

मन्त्री ३५ नकटाउन कांग्रेस-एमाले सहमत
काठमाडौं, जेठ १४ - सत्तारुढ नेकपा एमाले र कांग्रेस शुक्रबार मन्त्रालय
बाँडफाँटको टुंगो लगाएर आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका
छन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका शीर्ष
नेताहरुको भेटमा यस्तो सहमति भएको एमाले महासचिव ईश्वर पोखरेलले बताए।

"शुक्रबारसम्म साझा कार्यक्रम र दलगत मन्त्रालय बाँडफाँटको निष्कर्ष
निकालेर आइतबार मन्त्रिमण्डल विस्तार हुन्छ"- पोखरलेले संचारकर्मीसँग
भने। दुई दलबीच ३५ को हाराहारीमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री
बनाउने सहमति पनि भएको छ। "कुल मन्त्रीको संख्या ३५ भन्दा माथि नलैजाने
सहमति भयो"- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।

एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न सजिलो हुने गरेर केही
महत्वपूर्ण मन्त्रालय एमालेलाई दिन कांग्रेस सहमत भएको पनि बताए।

साना पार्टीलाई मन्त्रालय कसरी दिने भन्ने अन्यौलबारे भने दुई दल साना
दलहरुको समूह बनाएर बाँडफाँट गर्न सहमत भएका छन् । "सरकारलाई समर्थन
गरेका सबै दललाई संविधानसभामा उनीहरुको उपस्थितिका आधारमा मन्त्रिमण्डलमा
स्थान दिन सहमति भएको छ", पौडेलले भने- "साना दलको समूह बनाउने र कम्तीमा
१० सिट बराबर १ मन्त्री दिने सहमति भएको छ।"

भेटमा कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति पौडेल र
महामन्त्री विमलेन्द्र निधि सहभागी थिए । एमालेबाट भने प्रधानमन्त्री
माधवकुमार नेपालसहित अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी ओली, महासचिव
पोखरेल र सचिव शंकर पोखरेल सहभागी थिए।

May 27, 2009

बच्चा संगै बिद्यालय भर्ना

म्याग्दी, १३ जेठ
पढाईलाई उमेरले छेक्दैन भन्ने उक्तीलाई पश्चिम म्याग्दीको सिङ्गामा एक महिलाले आत्मसाथ गर्दै आफ्ना छोराहरु संगै पढ्न थालेर देखाएकी छन् ।
तनहुँ दमौली घर भएकी ३० बर्षिय शुशिला श्रेष्ठ २ बच्चाहरु सगै बिद्यालय जान थालेकी छन् । धौलागिरि माबि सिङ्गामा साचालन भएको बहिरा कक्षाको लागी आयाको रुपमा कार्यरत उनले आफ्ना २ बच्चाहरु संगै बिद्यालय जाने गरेकी छन् । आफ्नो पारिवारीक अबस्था कमजोर भएकाले १० बर्ष पहिला ९ कक्षामा पढ्दै गर्दा बिद्यालय छोडेकोमा अहिले बैशाख देखी पुन पढ्न थालेको उनले बताएकी छन् । उनका एक छोरा अनील कक्षा २ मा पढ्दै छन भने अर्का प्रसान्त ३ मा पढ्छन् ।
नेपाल प्रहरीमा कार्यरत श्रीमान घरयासी खर्च मात्र पुर् याउन सक्ने भएकाले आफुले सिङ्गामा आयामा जागीर पाए पछि बजेको दिउसोको समय पढाईमा बिताउन लागेको शुशिला बताउछिन् ।

ज्येष्ठ नागरिक न त सरकारबाट सुरक्षित न त घरपरिवार बाट नै

काठमाडौँ १३ जेठ । गरी खान नसक्ने अवस्थामा रहेका नेपालका ज्येष्ठ नागरिकहरु न्ा त सरकारबाट संरक्षित छन् न त घरपरिवारबाट नै ।
कुल जनसङ्ख्याको ५।६ प्रतिशतको सङ्ख्यामा रहेका नेपालका ज्येष्ठ नागरिकहरुमध्ये अधिकांश परिवार समाज र राष्ट्रको माया ममता सेवा सुविधा सुरक्षाजस्ता आधारभूत सेवाबाट विाचत छन् ।
नेपालमा ६० वर्ष उमेर पुगेकाहरुलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरिएको छ ।

विश्वव्यापीकरण र परिवार नियोजनका कारण परिवार सानो बन्दै गएपछि ज्येष्ठ नागरिकहरु एक्लिँदै गएको नयाँ पुस्ताको भनाइ छ । ूविश्वव्यापीकरणले गर्दा नै हिजो घरपरिवार छोराछोरीको संरक्षणमा लागिपर्ने ज्येष्ठ नागरिकहरु अहिले आफैँ संरक्षणविहीन भएका छनू पद्मकन्या क्याम्पस बिए पहिलो वर्षकी विद्यार्थी सङ्गीता रेग्मीले बताउनुभयो । त्यसो त मुलुकभर करिब ७० वटा सङ्घसंस्था ज्येष्ठ नागरिकहरुको संरक्षण र विकासमा लागिपरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । तर यी सङ्घसंस्थाहरुले आफूहरुका लागि कुनै ठोस काम गर्न नसकेको वृद्धवृद्धाहरुको गुनासो छ ।

लैनचौरका ७० वर्षीय रामकाजी क्षेत्रीले भन्नुभयो- ूछोराछोरीले हेरेनन् भने त हामी बाँच्नु र मर्नुको दोसाँधमा रहन्छौँ । तर अलपत्रमा परेका वृद्धवृद्धाहरुलाई कसैले हेरेका छैनन् । ज्येष्ठ नागरिकहरुको संरक्षणका लागि सरकारको पूर्ण अनुदानमा समाज कल्याण केन्द्र वृद्धाश्रम साचालन गरेको र केही अनुदानमा मुलुकमा पाँचवटा क्षेत्रमा नमुना वृद्धाश्रम साचालनमा ल्याएको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनायो । सरकारबाट साचालित पशुपति वृद्धाश्रममा राखिएका २३० जनाभन्दा बढी वृद्धवृद्धामध्ये सबैले आफ्नो अवस्थाका बारेमा सामान्य जानकारी राख्न सक्छन् तर जो अशक्त छ जसका लागि अर्काे सहायक चाहिन्छ त्यस्ता बद्धवृद्धाहरुलाई भने सो आश्रममा पनि राखिएको छैन् ।

यसरी अशक्त ज्येष्ठ नागरिकहरु घरपरिवारको अपहेलनामात्र हैन राज्यको कार्यक्रममा पनि पर्न सकेका छैनन् ।
समाजका अनुभवी तथा मार्गनिर्देशकका रुपमा रहेका ज्येष्ठ नागरिकहरुको संरक्षण र सुरक्षाका साथै उनीहरुको सीप र क्षमताको कदर र सम्मान गर्ने मुख्य उद्देश्यले हालै ज्येष्ठ नागरिक ऐन ०६३ पनि ल्याइएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले राज्यले प्रदान गर्ने सबै सेवा सुविधाहरुमा र मुद्दा मामिलामा ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता दिइनुपर्ने सवारीसाधन तथा स्वास्थ्यसेवामा छुट दिइनुपर्नेजस्ता विषयहरु समेटिएको बताएको छ ।

पोखराको खानेपानी समस्या समाधान हुने

१३ जेठ, पोखरा । पोखराको खानेपानी समस्या एकवर्षपछि समाधान हुने भएको छ । दुईवर्षदेखि अलपत्र परेको १५ वर्षे दीर्घकालिन खानेपानी योजनाको काम शुरु गरिएपछि पानीको आपूर्ति सहज हुने भएको हो ।

नेपाल खानेपानी ससंथान पोखराले खानेपानी समस्या समाधान गर्न काठमाडौंस्थित नेपाल आर्दश निर्माण कम्पनीलाई पाइप विछ्याउने ठेक्का दिएको छ । ‘एकवर्षपछि पोखराको खानेपानी समस्या समाधान हुन्छ ।’ नेपाल खानेपानी संस्थान पोखराका प्रमुख उद्धवराज उपाध्यायले भन्नुभयो-’ठेकेदार कम्पनीले पाइपलाइन विछ्याउन खन्ने काम शुरु गरिसकेको छ ।’ सस्थानले उक्त कम्पनीलाई एकसाता अघिमात्रै ठेक्का दिएको थियो ।

खानेपानी आपूर्तिको लागि जापानिज संस्था जाइकाले ८ करोड बराबरको २० इन्चको पानीको पाइप सहयोग स्वरुप दिएको छ । दुईवर्षदेखि पाइप आर्थिक अभावकै कारण पोखराको अमरसिंह चोकमा अलपत्र परेको थियो । मर्दीखोलादेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म ११ दशमलव २ किलोमिटर पाइप विछ्याउने संस्थानले जनाएको छ ।

कम्पनीका निर्देशक ज्ञानेन्द्रराज पाण्डेले एकवर्षभित्रमा मर्दीखोलको बाँधदेखि विन्ध्यवासिनी मन्दिरसम्म पाइप विछ्याइसक्ने बताउनुभयो । ‘मर्दी र सेतीनदी पार गराएर पाइप विछ्याउनुपर्ने अवस्था छ ।’ उहाँले भन्नुभयो-पाइपको सुरक्षाको लागि केही ठाँउमा ग्याभिङ गर्नुपर्ने खाँचो छ ।’ उहाँका अनुसार पाइप तीन ठाउँमा खोला र नदी तार्नुपर्छ । संस्थानले पाइप विछ्याउन उक्त कम्पनीलाई ३ करोड ७५ लाख रुपियाँमा ठेक्का दिएको हो ।

पोखरामा दैनिक ४ करोड लिटर पानीको माग भइरहेको छ । तर वर्षायाममा झण्डै तीन करोड लिटर आपूर्ति हुदैं आएको छ ।

बिराजसँग किक सिकें, निरुतालाई भेट्ने मन छ


दीपक विष्ट, तेक्वान्डो खेलाडी
फिल्मको फाइट हेरेर नै मलाई मार्शल आर्ट खेल्ने चाहना बढेको हो । त्यसैले फिल्ममा 'एक्सन' नै मनपर्छ । आजकल फिल्ममा मार्शल आर्टलाई कसरी प्रयोग गरिएको छ, त्यो हेर्न मन लाग्छ । सानो छँदा नेपाली फिल्म बढी हेरिन्थ्यो । अहिले भने अलि कम हेरिन्छ । नेपालमा पनि एक्सन फिल्म बढी चल्छ भन्ने सुनेको छु । तर ती फिल्म 'रियल' लाग्दैनन् ।


बिराज भट्टसँग मेरो राम्रो चिनजान छ । हाम्रो गाउँ पनि सँगै हो । धनगढीको रैकवार विचवामा हुर्केकाले हामी भेट हुँदा थारु भाषामा कुरा गर्छौ । उनी म भन्दा सिनियर खेलाडी हुन् । फिल्म खेल्नुअघि पनि मार्सल आर्टमा उनी कहलिएका थिए । उनी निकै राम्रो किक हान्छन् । मलाई पनि उनले किक हान्न सिकाएका छन् ।



उनका केही फिल्म हेरेको छु । अहिले त निकै चलेका कलाकार हुन् । यो सब उनको एक्सनको कमाल हो । 'दादागिरी' भन्ने फिल्ममा उनले भालुसँग फाइट खेलेको निकै मनपर्यो । फिल्मको सुटिङ त मैले हेरेको छैन । तर, पर्दामा बिराजको फाइट लोभलाग्दो देखिन्छ । मार्सल आर्टको दृष्टिकोणवाट पनि त्यो पूर्ण छ ।

अहिलेका हिरोइनहरूमा रेखा थापाको निकै चर्चा सुनिन्छ । तर, मलाई चर्चाबाट हराएकी अभिनेत्री निरुता सिंह मनपर्छ । 'दर्पणछायाँ' हेरेपछि म उनको फ्यान भएको हुँ । त्यसपछि पनि निरुताका धेरै फिल्म हेरेँ । उनको अभिनय एकदमै जीवन्त हुन्छ । अहिले त उनको फिल्म त्यति आएका छैनन् । यस्तो राम्रो कलाकारले काममा निरन्तरता दिएको राम्रो हुन्थ्यो । तर, उनी किन हराएकी हुन् । मलाई उनीसँग भेटेरै चिनजान गर्ने धोको थियो तर पुरा भएको छैन । अहिले त आफू पनि ब्यस्त भइन्छ । कुनै दिन भेट भयो भने खुलेर प्रशंसा गर्ने सोचमा छु ।

संविधानलाई जनमुखी बनाउन माओवादी गृहकार्य


जेठ १३
एकिकृत नेकपा माओवादीले नयाँ बन्ने संविधानलाई जनमुखी बनाउन भन्दै हरेक
क्षेत्रबाट दबाब दिने भएको छ। माओवादी सचिवालयको बुधबार बिहान बसेको
बैठमा संविधानको शासकीय स्वरुपको राज्य पुन संरचनाबारे छलफल भएको थियो।
छलफलमा माओवादी घोषणापत्रअनुसार संविधान निर्माण गर्नुपर्नेमा माओवादी
सचिवालय सदस्यहरुले जोड दिएका पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी
दिए। बैठक बिहीबार बिहान पुनः बस्ने गरी स्थगित भएको छ।
प्रधानमन्त्री माधवकुमार नेपालको सम्वोधनका विषयमा कुनै छलफल नभएको
प्रवक्ता शर्माले जानकारी दिए। प्रधानमन्त्रीले माओवादीलाई सरकारमा
सहभागी हुन अनुरोध गरेका थिए।
"राजनीतिक सर्वोच्चता कुल्चेर बनेको सरकारले माओवादीलाई सरकारमा बोलाउनु
कुनै तुक छैन," प्रवक्ता शर्माले पत्रकारहरुलाई भने,"राष्ट्रिय सहमति
निर्माण गर्न पनि राष्ट्रपतिको कदम सच्चिन पर्छ।"
माओवादीले प्रधानसेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपति
रामवरण यादवले दिएको निर्णय नसच्याएसम्म सरकारलाई सहयोग नगर्ने बताउँदै
आएको छ।
भविष्यमा पोलिटब्युरोमा बैठकमा लाने एजेन्डा तथा संविधानको प्रस्तावनाका
पनि छलफल भएको सचिवालय सदस्य नेत्रविक्रम चन्दले बैठकपछि प्रतिक्रिया
दिए।

सरकारका साझा न्युनतम कार्यक्रम प्रस्ताव

काठमाडौं, जेठ १३ - सरकारले संयुक्त सरकारका साझा न्युनतम कार्यक्रम प्रस्ताव गरेको छ। प्रधानमन्त्री माधव नेपालले २२ दलको बैठकमा प्रस्तुत गरेका उक्त कार्यक्रमका बुँदामा निर्धारित समयभित्रै नयाँ संविधान
निर्माण गरिने पूर्व राजपरिवारको सम्पत्ति छानविन गरी राष्ट्रको हितमा उपयोग गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएका सम्झौता कार्यान्वयन गर्नेलगायत् छन्। यसैगरी राष्टिय हित प्रतिकूल रहेका
सन्धि-सम्झौताको पुनरावलोकन गर्ने भूटानी नागरिकलाई ससम्मान स्वदेश फर्काउन प्रयत्न गर्ने नेपाललाई संघात्मक प्रणालीमा रुपान्तरण गर्ने स्थानीय निकायको निर्वाचन नभएसम्म राजनीतिक दलहरुको सहमतिका आधारमा सञ्चालनको अन्तरिम व्यवस्था गरिनेलगायत् छन्।
सहिदको परिभाषा, पहिचान र सम्मानका लागि एउटा उच्चस्तरीय आयोग गठन गर्ने, माओवादी लडाकुहरुको समायोजन तथा पुन:स्थापना र हतियार व्यवस्थापन गर्ने, शान्तिकालमा सेनालाई विकास निर्माणमा लगाइने, दण्डहीनता अन्त्य गर्ने, जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गर्ने, रुग्ण उद्योगलाई पुन:सञ्चालन गर्न विशेष सुधारको नीति अवलम्बन गर्ने, लोडसेडिङ अन्त्य गर्ने जस्ता बुँदा पनि यो प्रस्तावमा उल्लेख छन्। यसैगरी पूर्व-पश्चिम रेलमार्ग निर्माण र सञ्चालन, नयाँ अन्तर्राष्ट्रिय
हवाइ अड्डा निर्माण जस्ता विषयलाई पनि यसमा समावेश गरिएको छ। यसरी नै सरकार सञ्चालनको सामान्य विधि र मान्यता पनि प्रस्ताव गरिएको छ।

जसमा सेना र प्रहरी जस्ता सुरक्षा निकायको सञ्चालन सरकारमा सहभागी दलहरुको सहमतिका आधारमा गर्ने, सम्बन्धित पार्टील पदबाट फिर्ता बोलाएको खण्डमा मन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले स्वत: पदमुक्त गर्नुपर्ने, भ्रष्टाचार, अनियमितता जस्ता गलत काम भए र गरे/गराएमा सम्बन्धित मन्त्रालयले विषय हेरी अविलम्ब सार्वजनिकरुपमा स्पष्ट गर्नुपर्ने आदि छन्। यसैगरी सोही कार्यक्रममा मन्त्रीहरुले पालना गर्नुपर्ने आचारस‌ंहिता पनि प्रस्ताव गरिएको छ। जसमा भनिएअनुसार मन्त्रीहरुले पदमा बहाल हुँदा र पदमुक्त हुँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने, आफन्त वा परिवारका सदस्यका लागि कुनै किसिमको अनुचित र गैरकानुनी सुविधा उपलब्ध गराउन नहुने, कसैबाट पनि महंगा उपहार र आर्थिक लाभ लिन नहुने, अनावश्यक र औचित्यहीन महंगा भ्रमण कार्यक्रममा संलग्न नहुने, सम्बन्धित राजनीतिक दलबाट फिर्ता बोलाइएको अवस्थामा पदबाट राजिनामा गर्ने, कुनै पनि मनोनयन र नियुक्ति आग्रह वा पूर्वाग्रहबाट मुक्त रही सार्वजनिक हितअनुरुप निष्पक्षरुपमा गर्ने आदि छन्।

सेनापति प्रकरण अन्त्य गर्ने जिम्मा प्रधानमन्त्रीलाई, प्रधानमन्त्री बालुवाटार सर्दै

बुधवार, काठमाडौं, जेठ १३ - प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानसेनापतिमा देखिएको विवाद टुङ्गाउने जिम्मा आफूले लिएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापतिमा देखिएको विवाद
टुङ्गाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको हो। यसअघि सरकारलाई समर्थन दिएका २२ दलको बैठकले विगतको पुष्पकमल दाहाल
प्रधानमन्त्रीत्व सरकारले गरेको प्रधानसेनापति सम्बन्धि निर्णयलाई उल्टाउन प्रधानमन्त्रीसँग अनुरोध गरेको थियो। दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मामङ्द कटवाललाई पदबाट हटाएर
वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति पदमा ल्याएको
थियो। मन्त्रिपरिषद्ले कोशी कटान क्षेत्रको तुरुन्त निरिक्षण गर्न रक्षा, गृह र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवलाई त्यस तर्फ पठाउने निर्णय पनि गरेको छ।
बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने र सोही दिन रत्‍नपार्कमा गणतन्त्र स्तम्भको शिलान्यास गर्ने निर्णय पनि गरेको अर्थमन्त्री सुरेन्द्र पान्डेले जानकारी दिए।

प्रधानमन्त्री माधव नेपालले भने अहिले पनि प्रधानसेनापति कटवाल नै भएको प्रतिक्रिया दिएका छन्। बिबिसी नेपाली सेवासँगको अन्तरवार्तामा नेपालले प्रधानसेनापति कटवाल नै भएको र पुरानो सरकारी निर्णयलाई छिट्टै परिवर्तन गरिने बताए। राष्ट्रपति रामवरण यादवले दाहाल सरकारको निर्णयलाई कार्यान्वयन नगर्न सैनिक मुख्यालयमा पत्र पठाए पछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका थिए।
गत शनिबार प्रधानमन्त्रीमा चयन भएका र सोमबार सपथ ग्रहण गरेका प्रधानमन्त्री नेपाल बुधबार दिउसो ४ बजे सरकारी निवास बालुवाटार सर्दै छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारको काम गरिरहेका विष्णु रिजालले
प्रधानमन्त्री आफ्नो निजि निवास कोटेश्वर छोडेर बालुवाटार सर्ने तयारी पुरा भएको जानकारी दिए।

आक्रमणको विरोधमा एमालेद्धारा प्रर्दशन

दमौली, गत जेठ ३ गते रामेछापको तुील्पुङ्गमा एकिकृत नेकपा माओावादीका
जिल्ला सह-इन्चार्ज राजन दाहालको नेतृत्वमा एमालेका महासचिव इश्वर
पोख्रेल पोलीटब्युरो सदस्यद्वय पशुपती चौलागाई र रबिन्द्र श्रेष्ठ र
केन्द्रिय स्तरका नेताहरुमाथि गरिएको आक्रमणको विरोधमा आईतबार दमौलीमा
नेकपा एमालेले विरोध प्रर्दशन गरेको छ ।
एमाले पार्टी कार्यलयबाट निस्किएको र् याली माओवादी ज्यादतीको विरोधमा
चर्का नारा लगाएका थिए । उनीहरुले वाईसिएल ज्यादतीको अन्त्य गर
मानवअधिकारको सम्मान गर दण्डहिनताको अन्त्य गर अपराधीलाई कारवाही गर
जस्ता नारा लगाएका थिए।
र् याली पछि आयोजित कोण सभामा एमाले बैकल्पीक केन्द्रिय सदस्य टुकराज
सिग्देलले माओवादीले नागरिक सर्वाेच्चताको नारा लिएर नागरिकहरुमाथी
आक्रमण गरिरहेको आरोप लगाए । उनले एमाले नेताहरुकमाथी भएको आक्रमण
माओवादीको अपराधीक कि्रयाकलाप भएको बताए । सभाका अन्य बक्ताहरुले
माओवादीले मानवअधिकारको उल्लंघन गरेको बताए । उनीहरुले आगामि दिनमा
माओवादीको व्यावहारमा परिवर्तन नभए आफुहरु कडा प्रतिकारमा उत्रने पनि
चेतावनी दिए । सभामा एमाले जिल्ला सचिव प्रतापलाल श्रेष्ठ क्षेत्रीय सचिव
चित्र थापा रामबहादुर अधिकारी सचिवालय सदस्य रामचन्द्र उपाध्याय नगरकमिटि
सचिव प्रदिप अधिकारी अनेरास्ववियुका अध्यक्ष खिम कुमाल युथफोस्रका
अध्यक्ष बाबुराम अधिकारी मुस्लिम इत्तेहाद संगठनका रफीक मियाँ अनेमसंघकी
अध्यक्ष रेखा थापा मुक्ती समाजका नोक बहादुर विक लगायतले सम्बोधन गरेका
थिए । सो आक्रमणको विरोधमा आईतबार एमालॆले देशभर प्रर्दशन गरेको छ ।