October 8, 2009

सरकारको नेतृत्व परिवर्तन ठूलो होइन : खनाल

पाल्पा असोज २३ -एमाले अध्यक्ष झलनाथ खनालले सहमति प्रयासले ठोस
निश्कर्ष लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। सहमतिको बिकल्प नभएले
केहिगरी सहमति कायम गर्नुपर्ने भन्दै खनालले सहमतिका लागि सरकारको
नेतृत्व परिवर्तन पनि ठूलो कुरा नभएको बताए।
एमाले अर्घाखाँचीको जिल्ला अधिवेसनको उद्घाटनका लागि बिहीबार भैरहवा
हुँदै सन्धिखर्क पुगेका खनालले सञ्चारकर्मीसंग भने, "गाँठो फुक्ला फुक्ला
जस्तो देखिए पनि फुकिसकेको छैन।" खनालले सहमति कायम भैछाड्नेमा बिश्वस्त
रहेको बताए। उनले भने, "सहमति कायम हुन्छ, त्यसका लागि के कुर्वानी
गर्नुपर्छ हामी तयार छौं र अन्य दलहरु पनि तयार हुनुपर्छ।"
सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषय गौण बिषय भएको भन्दै एमालेलाई
सरकारको मोह नभएको र सरकार जस्ले नेतृत्व गरेपनि आपत्ति नहुने उनले जिकिर
गरे। तर अहिले सरकार परिवर्तन गर्नु सान्दर्भिक नहुने भन्दै माओवादी
वर्तमान सरकारमा सामेल हुनुनै उत्तम बिकल्प भएको खनालले बताए। सहमतिको
साझा संकल्प प्रस्ताव संसदमा लैजाने प्रयास जारि रहेको खनालले बताए।
माओवादीलाइ संसद गतिरोध खोल्न आग्रह गर्दै खनालले भने, "संसद खोल्दिनु भो
भने, सहमतिको संभावना अझ फराकिलो हुन्छ र नयाँ क्षितिज पनि उघारिन सक्छ।"
कठिन प्रयासका बावजुद पनि असोज २१ गते संसद खोल्न नसकिएको भन्दै खनालले
दलहरुबीच ठुला मतभेद कायमै रहेको धारण व्यक्त गरे। उनको भनाइ थियो,
"मतभेदकै बिचबाट सहमतिको बाटो पहिल्याउने प्रयास जारी छ।"

August 22, 2009

व्यास केवल नेटवर्कको एकाधिकार अन्त्य हुने

दमौली भदौ ६
करिब एक दशक अघि देखि दमौली र यस वरपरका दर्शकमाझ एकाधिकार जमाउँदै आएको
व्यास केवुल नेटवर्कको एकाधिकार अव अन्त्य हुने भएको छ । यो केवल सँग
स्वस्थ प्रतिश्पर्धा गर्न निजी क्षेत्रबाट अर्को केवल खोल्ने तयारी सँगै
यसको एकाधिकारको अन्त्य हुने भएको हो ।
सदरमुकाम दमौलीमा गत बर्ष स्थापना भएको व्यास वचत तथा ऋण सहकारी संस्था
लिमिटेडको सकि्रयतामा दमौलीमा नयाँ केवल च्यानल खोलिने तयारी सँगै
उपभोक्ताहरु ब्यास केवलको एकाधिकारबाट मुक्त हुनेमा आशाबाद भएका छन् ।
ब्यास सहकारीको केही समय अगाडी सम्पन्न साधारणसभाको निर्णय अनुसार
दमौलीमा नयाँ केवल च्यानल खोल्न लागिएको हो । साधारणसभाको निर्णय बमोजिम
संस्थाका पदाधिकारीहरु सम्मिलित एक टोलीले भारतको गोरखपुर सम्म पुगी केवल
टेलिभिजन लाइनको अध्ययन गरेर फर्कीसकेको छ । संस्थाका अध्यक्ष वंशीकुमार
श्रेष्ठको नेतृत्वमा पाँच सदस्यिय टोलीले केवल टेलिभिजन लाईनको अध्ययन
गरेर गत विहिबार मात्रै दमौली फर्कीएको छ । अध्ययन टोलीले काठमाडौं
सुनौली हुँदै भारतको गोरखपुर र नौतुना पुगी केवल च्यानल संचालन सम्बन्धमा
अध्ययन र सामाग्री विक्रेतासँग छलफल समेत गरेको थियो।
भ्रमण टोलीको प्रारम्भिक अध्ययनपछि तयार पारिएको प्रतिबेदन संचालक समिति
समक्ष पेश गरेपछि यस सम्बन्धि कार्य अगाडि बढ्ने ब्यास बचत तथा ऋण सहकारी
संस्थाका अध्यक्ष वंशीकुमार श्रेष्ठले बताए । उनले अध्ययन भ्रमण
सकारात्मक भएकोले केवल स्थापनाको कार्य चाँडै नै थालिने जानकारी दिए ।
नयाँ केवल संचालनको लागि यस भ्रमणले धेरै ज्ञान दिएको केवल अध्ययन अनुगमन
समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले बताए । चाँडै ब्यास सहकारीको
अगुवाईमा केवुल लाईन साचालनको काम अगाडी बढ्ने उनले बताए ।डिजिटल
प्रविधिको माध्यमबाट केवल प्रसारण गरि उपभोक्तालाई गुणात्मक सेवा दिने
व्यास सहकारीका सचिव प्रेम प्रसाद पौडेलले बताए । उनका अनुसार व्यास
नगरपालिका र यस वरपरका क्षेत्रमा केवुल च्यानलको सेवा दिईनेछ भने अन्य
क्षेत्रमा सहकारी संस्थाहरुसँग समन्वय गरि केवुलको विस्तार गरिने छ ।
दमौलीमा हाल साचालनमा आएको व्यास केवलले दमौलीबासीबाट अत्यन्तै महंगो
शुल्क असुल गरेको दर्शकले आफुले चाहेको च्यानल हेर्न नपाएको र आफुले
नचाहेको च्यालन नहेरीकन नै त्यसको पनि पैसा तिर्नु परेको भन्दै
उपभोक्ताहरुले गुनासो गर्दै आएका छन्। साथै लोडसेडिङ्ग नभएको समयमा पनि
केवल लाईन गैरहने हुनाले उपभोक्ताहरु टेलिभिजन हेर्न बाट बिाचत भएका छन्
। ब्यास च्यानलको एकाधिकार बढिरहेको अवस्थामा नयाँ च्यानल स्थापना खोल्ने
तयारी भएपछि दमौलीबासीले राहतको महसुस गरेका छन् । नयाँ केवल च्यानल
प्रति उपभोक्ताहरु आशाबादी पनि भएका छन्।
यता बर्षाै देखि दर्शकहरुमाझ एकाधिकार जमाउँदै आएको ब्यास नगर केवल
नेटवर्कका साचालकहरु भने नयाँ केवल च्यानलको स्थापना गरिने निर्णय भएपछि
अत्तालिएका छन् । नयाँ केवलको स्थापन गर्ने निर्णयबाट अत्तालिएका ब्यास
केवलका साचालकहरुले सँगै मिलेर जाउँ भन्ने खालको प्रस्ताव ब्यास बचत तथा
ऋण सहकारी संस्था समक्ष लगेको थाहा भएको छ ।
चार सय भन्दा धेरै सेयर सदस्य रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाले
सहकारीको माध्यमबाट उपभोक्ताहरुलाई केवल लाईनको पनि सेवा उपलब्ध गराउन
चालेको पाइला विच मै नटुङ्गियोस भन्ने आम उपभोक्ताको चाहाना रहेको छ ।
उपभोक्ताहरुको यो चाहानाको विपरित यसका साचालकहरु पनि व्यास केवल
नेटवर्कका साचालकहरु सँगै मिलेर उपभोक्ता ठग्ने काममा संलग्न
हुने छैनन भनि दमौलीबासीले आशा गरेका छन् ।

July 3, 2009

एसीसी ट्वान्टी- २० क्रिकेटमा नेपालको सानदार जीत

क्वालालम्पुर, असार १९- मलेसियामा जारी एसीसी महिला ट्वान्टी-२०
प्रतियोगितामा शुक्रबार नेपालले पहिलो खेलमा इरानविरुद्ध सानदार जीत
हासिल गरेको छ। बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले पहिलो पटक
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको इरानलाई ६२ रनले पराजित गर्यो।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको
थियो। नेपालका लागि ओपनर नीरा राजोपाध्यायले सर्वाधिक ३९ रन बनाएकी
थिइन्। त्यस्तै अर्का ओपनर माया रावतले २० रन बनाइन्। पूर्वकप्तान नेरी
थापा ६ रनमा आउट भइन्। रश्मी शर्मा १३ र कप्तान रितु कनौजिया ७ रनमा
अविजित रहिन्।

१ सय १० रनको लक्ष्य सहित मैदानमा ओर्लिएको इरानी टिम नेपाली बलरका सामु
निरीह सावित भयो। इरानी खेलाडीले नेपाली बलिङ सामाना गर्न नसक्दा १५.४
ओभरमा ४७ रनमा अल आउट भएको थियो। नेपालका लागि रेखा रावलले ४ ओभरमा एक
मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन्। सोनु खड्काले ३.४ ‌ओभरमा ८ रन
खर्चेर २ विकेट लिइन्। त्यस्तै रितु, नीरा र अम्बिका बुढाथोकीले एक एक
विकेट बाँडे। नीरा उमन्स अफ द म्याच भइन्।

समूह क मा परेको नेपालले सिंगापुरसँग शनिबार खेल्दैछ।

June 29, 2009

१५४ जना चढेको विमान हिन्द महासागरमा दुर्घटना

काठमाडौँ, असार १६ (एजेन्सीहरु)-१ सय ५४ जना यात्रु बोकेको यमनको एउटा
विमान हिन्द महासागरको कोमोरोसमा आज बिहान दुर्घटना भएको छ। यमनको
राजधानी सानाबाट कोमोरोसको राजधानी मोरोनीतर्फ उडेको सो एअरबस विमान
गन्तव्यमा पुग्नु एक घण्टाअगाडि दुर्घटना भएको थियो। यात्रुहरुको स्थिति
बारे कुनै समाचार आउन सकेको छैन।
विमानमा रहेका अधिकांश यात्रुहरु कोमोरोन निवासी भएको साना
अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन्।

विमानमा १ सय ४३ जना यात्रु र ११ जना चालक दलका सदस्य थिए।

एक महिनाभित्र एअरबसको जेट विमान दुर्घटना भएको यो दोस्रो पटक हो। गत जुन
१ तारिखसमा पनि एअर फ्रान्सको ए३३० विमान ब्राजिलमा दुर्घटना भएको थियो।

ब्राजिलको रियो दि जेनेरियोबाट फ्रान्सको पेरिसतर्फ उडेको सो विमानमा
रहेका सबै २२८ जनाको मृत्यु भएको आश‌ंका गरिएको छ। दुर्घटनाको कारण पत्ता
लगाउन अनुसन्धान जारी छ।

१५ असार

अखिल नेपाल किसान संघ तनहूँले व्यास-१ मुसेखोलामा आयोजना गरेको धान
रोपाईँ कार्यक्रममा धान रोप्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल ।

June 26, 2009

लागुपदार्थ विरुद्ध जनचेतना मुलक र्‍याली

दमौली, १२ असार । विश्व लागुपदार्थ दिवसको अवसरमा शुक्रबार बिहान दमौलीमा
लागुपदार्थविरुद्ध जनचेतना मूलक र्‍याली पर््रदर्शन गरियो। सामुदायिक
प्रहरी सेवा केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, तनहुँको
सहयोगमा सो र्‍याली पर््रदशन गरिएको हो ।
दमौलीको अनशन चौतारीबाट सुरु भएको र्‍यालीले विभिन्न
दर्ुर्व्यसनविरुद्ध जनचेतनामूलक प्लेकार्डसहित नगर परिक्रमा गर्दै पुनः
अनशन चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, सामुदायिक
प्रहरी सेवा केन्द्रका अध्यक्ष गोविन्द पन्थ, उपाध्यक्ष रामलिला
सवर्ण्र्ाारलगायतले लागुपदार्थरहित समाज निर्माणका लागि प्रहरी प्रशासन
सचेत भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन सेवा
केन्द्रका सचिव राजेश्वर हड्खलले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, कर्मचारी, विद्यालय एवम् क्याम्पसका
छात्रछात्राहरुको सहभागिता रहेको थियो।

जिल्लाभित्र जताततै ज्वरोका बिरामी

दमौली, १२ असार । अत्याधिक गर्मीका कारण तनहुँ जिल्लाभित्रका सबै
स्वास्थ्य संस्थामा अहिले ज्वरोका बिरामीको भीड लाग्ने गरेको छ ।
दमौली अस्पताल, बन्दीपुर अस्पताल, सेती गङ्गा सामुदायिक अस्पताल,
चन्द्रावती सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिही र
भिमादका साथै ३१ उपस्वास्थ्य चौकीमा ज्वरोको बिरामीको सङ्ख्या बढ्दै गएको
बताइएको छ
गर्मी बढ्दै गएका कारण मानिसहरूमा टाउको दुख्ने, घाँटी दुख्ने र ज्वरो
आउने लक्षण देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
एक साता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । तनहुँका
अधिकांश विद्यालयका विद्यार्थीहरू पनि भाइरल ज्वरोबाट प्रभावित भएको
विद्यालयहरूले जनाएका छन् ।
कतिपय विद्यालयले त नयाँ विद्यार्थीमा रोग र्सन नपाओस् भनेर विद्यालय
बन्दसमेत गरेका छन् ।

दूध बेचेर मासिक एक लाख

वन्दिपुर, १२ असार । बन्दीपुर-८ याम्पाफाँटका केशव भट्टर्राई उन्नत
जातका ८० वटा गाई पालेर दूध बिक्री गरी मासिक एक लाखभन्दा बढी आम्दानी
गर्न सफल भएका छन् ।
वि.सं. ०५० मा एउटा जर्सर्ीीाई ल्याएर व्यावसायिक तरिकाले अघि बढेका
कृषक भट्टर्राईको गाई फार्ममा अहिले ४० वटा होलस्टेनर र ४० वटा
जर्सर्ीीरी ८० वटा गाई पालेका छन् ।
उनको फार्मबाट हाल दैनिक पाँच/छ सय लिटर दूध उत्पादन हुने गरेको छ ।
उत्पादित दूध जिल्लाको आँबुखैरेनी, डुम्रे र लमजुङ, गोरखालगायतका
क्षेत्रमा बिक्री हुँदै आएको छ ।
कृषक भट्टर्राईले दूध बिक्रीबाट मासिक रु. तीन लाखसम्मको बिक्री हुने र
१५ जना कर्मचारी, गाईको लागि चाहिने दाना चोकरको खर्च कटाएर मासिक रु. एक
लाखभन्दा बढी आम्दानी हुने बताए।
वाषिर्क रु. दर्ुइ लाख भाडा तिरेर करिब छ बिघा क्षेत्रफलमा उनले गाई
फार्म सञ्चालन गरेका हुन् । गाईपालनका लागि उनले चार बिघा जमिनमा उन्नत
घाँस खेतीसमेत गरेका छन् ।
उनले एक वर्षभत्र ५०/६० वटा गाई थपेर दैनिक एक हजार लिटर दूध बिक्री
गर्ने लक्ष्य रहेको बताए । कृषकको परिश्रम, योगदान र सोंचलाई सरकारले कदर
गर्न नसकेको प्रति उनको गुनासो छ।
उनको गाई फार्म हर्ेन विभिन्न जिल्लाबाट समेत मानिसहरू आउने गरेको
बताइएको छ । उक्त फार्म कृषकहरूका लागि शिक्षाको केन्द्र विन्दु बन्न
पुगेको छ ।

चौथो चरणको तेस्रो समूहको तालिम सम्पन्न

दमौली, १२ असार । तनहूँ उद्योग वाणिज्य संघ र युवा तथा साना व्यवसायी
स्वरोजगार कोषको आयोजनामा बिहीबारदेखि सञ्चालित दर्ुइ दिने चौथो चरणको
तेस्रो समूहको द.नं. ४३०१ देखि ४५५० सम्मको तालिम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति
झुलबहादुर आलेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । तनहूँ
उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मोहन विकको सभापतित्वमा सम्पन्न
कार्यक्रम लेखा सहायक प्रताप लौडारीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा २ सय ५० जना प्रशिक्षार्थीहरुमध्ये १०४ जना मात्र सहभागी
रहेका थिए ।
त्यस्तै असार १४ र १५ गते द.नं. ४५५१ देखि ४८०० सम्मको अभिमुखीकरण
सञ्चालन हुने संघले जनाएको छ ।

विद्यालयमा आधारित तालिम सम्पन्न

मिर्लुङ, १२ असार । तनहूँ जिल्लाको मिर्लुङ गाविस स्थित घलेछाप स्रोत
केन्द्रमा सञ्चालित विद्यालयमा आधारित प्राथमिक तहका शिक्षकहरुको
अंग्रेजी विषयको पाँच दिने तालिम शुक्रबार सम्पन्न भयो ।
अभिभावकहरुको बढ्दो अंग्रेजी भाषा प्रतिको आकर्षा र वर्तमान परिस्थितिमा
सरकारी विद्यालयले पनि अंग्रेजी माध्यममा पठनपाठन गराउने उद्देश्यले
जिल्ला शिक्षा कार्यालय तनहूँले आयोजना गरेको तालिममा निर्मल उच्च
माध्यमिक विद्यालयका शिक्षक चक्रबहादुर अधिकारीले प्रशिक्षण दिनुभएको
थियो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्फाट बोल्दै दिपक ढकालले तालिम निकै
रोचक र उपयोगी भएको बताउनुभएको थियो । विद्यानिकुञ्ज माध्यमिक विद्यालयका
प्रधानाध्यापक चन्द्रप्रकाश पौडेलले आफूले सिकेका कुराहरु व्यवहारमा
उतारी चूनौतिको सामना गर्न सुझाव दिनुभयो ।

लडाकुलाई समायोजन गर्न सकिन्छः शान्तिमन्त्री

काठमाडौं, १२ असार । शान्ति तथा पुर्ननिर्माणमन्त्री रकम चेम्जोङले
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा उहाँले सेनाका लागि मापदण्ड पुगेका लडाकु
समायोजन हुनैसक्दैनन् भन्नु गलत हुने बताउनुभयो ।

'माओवादी लडाकु नेपाली सेनामा पनि समायोजन गर्नसकिन्छ, मन्त्री चेम्जोङले
भने, 'शतप्रतिशत सेनामा समायोजन हुनुहुदैन भन्नु र शतप्रतिशत सेनामै
समायोजन गर्नुपर्छ भन्नु दुवै गलत हुन्छ ।' माओवादी लडाकु पनि नेपालीनै
भएकाले उनीहरुको समायोजन र व्यवस्थापनका लागि सरकार गम्भीर रहेको
बताउनुभयो । छुट्टै संयन्त्र गठन गरेर वा समाजका अन्य क्षेत्रमा पनि
लडाकुहरु समायोजन गरिने उहाँले बताउनुभयो ।

उहाँले सेना समायोजनको विशेष समिति छिट्टै पुर्नगठन हुने बताए ।
शान्तिमन्त्रीले प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन हुने
विशेष कमिटिले सेना समायोजन गरेर देखाउने दाबी गर्नुभयो ।

राजनीतिक उद्देश्यले सक्रिय सशस्त्र वा निशस्त्र समूहसंग वार्ताका लागि
प्रक्रिया अगाडि बढाइसकेको मन्त्री चेम्जोङले बताउनुभयो । उहाँले
भन्नुभयो, 'वार्ताबाटै समस्या समाधान गर्ने मान्यताका साथ काम थालिएको छ
।'

मानवअधिकार सरोकार मञ्च गठन

लेखनाथ, १२ असार । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको प्रायोजन
तथा मानवअधिकार जागरुक सरोकार मञ्च नेपालको आयोजनामा सम्पन्न भेलाले
मानवअधिकार सरोकार मञ्च कास्की गठन गरेको छ ।
पोखराको छोरेपाटन उच्च माविमा सम्पन्न भेलाले हिमलाल पौडेलको
संयोजकत्वमा मञ्च गठन गरेको हो । मञ्चको सह-संयोजकमा आशा थापामगर, सचिवमा
संदिप बराल, कोषाध्यक्ष र्सुयकुमारी ढकाल, सह-सचिवमा विकास बराल तथा
सदस्यहरुमा गीता बराल, सुजना बराल, विनोद बराल, विष्णु बराल रहनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाको सभपातित्वमा सम्पन्न भेलामा
कास्कीका स्थानीय विकास अधिकारी नरहरि बराल, खेलकुद विकास समिति कास्कीका
अध्यक्ष दिलबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।

धार्मिक तथा पर्यटकीय महत्वको खयरबराह ताल ओझेलमा

म्याग्दी, १२ असार । नीलगिरि र अन्नपुर्ण हिमालको फेदीमा अवस्थित धार्मिक
तथा पर्यटकीय महत्वको खयरबराह ताल भौतिक पर्ूवाधार र प्रचारप्रसारको
अभावमा ओझेलमा परेको छ ।
समुद्री सतहदेखि चार हजार ७०० मिटरको उचाइमा अवस्थित मनमोहक र आकर्ष
खयरबराह ताल म्याग्दीको शिख गाविसमा पर्छ । सुन्दर भए पनि पदमार्ग,
व्यवस्थित होटललगायत भौतिक पर्ूवाधार नहुँदा र प्रचारप्रसारको अभावमा ताल
पर्यटकीय आकर्षाको रूपमा विकास हुन नसकेको स्थानीयवासी बताउँछन् ।
करिब एक हजार वर्गमिटर भन्दाबढी क्षेत्रफलमा फैलिएको सो तालको गहिर्राई
१०० मिटर भएको अनुमान गरिएको छ । सो तालको दर्शन गरेमा मनोकाङ्क्षा पूरा
हुने जनविश्वास रहेको स्थानीयवासी नन्दवीर तिलिजाले बताउनुभयो ।खयरबराह
तालमा प्रत्येक वर्षो जनैपूणिर्माको दिन भव्य मेला लाग्नर्ेगर्छ । यस दिन
म्याग्दी, पर्वत, पोखरालगायतका ठाउँबाट मनोकाङ्क्षा पूरा हुने विश्वासका
साथ सयौँ र्सवसाधारण खयरबराह तालमा भाकल र पूजाआजा गर्न आउनेगरेका
तिलिजाले जानकारी दिनुभयो । अन्य समयमा तालको अवलोकन गर्न कोही आउँदैनन्

जिल्ला सदरमुकाम बेनीबजारदेखि तीनदिनको पैदलयात्रापछि सो ताल रहेको
ठाउँमा पुग्न सकिन्छ । व्यवस्थित पदमार्ग र आवासको असुविधाका कारण आकर्ष
हुँदाहुँदै खयरबराह ताल ओझेलमा परेको पर्यटन व्यवसायी याङ दोर्जे
शर्ेपाले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)
अर्न्तगत पर्ने खयरबराह क्षेत्रमा भौतिक पर्ूवाधार निर्माण गरी यहाँका
आकर्षाका बारेमा प्रचारप्रसार गर्न सम्बन्धित पक्षले सहयोग गरेमा नयाँ
पर्यटकीय गन्तव्यको विकास हुने ताल संरक्षण समितिका रुद्रबहादुर मगर
बताउनुहुन्छ ।
यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयवासीले गरेको
प्रयास सरकारी निकायको असहयोगका कारण असफल भएको मगरले गुनासो गर्नुभयो
। म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल स्थानीयवासीले
आवश्यकता महसुस गरेमा सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न
पहल गर्ने बताउनुहुन्छ ।

June 25, 2009

माइकल ज्याक्सन रहेनन्

काठमाडौँ, असार १२ - प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु
भएको छ। उनी ५० वर्षका थिए। लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका
ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप
गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने
गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना
लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए। ह्रदयाघात हुनुको कारण
सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा
औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका
छन्।

अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो
देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र
हैन, विश्वभर अ‌ग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ।

ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल
जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु
गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि
उनले एक्लो सा‌गीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका
एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे।

१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान
अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा
छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने
गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप
प्रमाणित हुन सकेन।

लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो। आपतकालीन
उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे
पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ
उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २
बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो।

आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको
कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि
मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले
उनको शोक मनाइरहेका छन्।

June 22, 2009

माओवादीको अवरोधका कारण सरकारी कार्यालयमा कामकाज ठप्प

दमौली, ७ गते । एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले अवरोध गरेपछि
आईतबार तनहँुका सम्पुर्ण सरकारी कार्यलयमा कामकाज ठप्प भएको छ । माओवादी
नेतृत्वको सरकारले प्रधानसेनापती रुक्माङ्गत कटवाललाई अवकास दिने गरि
गरेको निर्णयलाई वर्तमान एमाले-काँग्रेस गठबन्धनको सरकारले उल्टाउने
निर्णय गरेको भन्दै सो निर्णयको विरोधमा माओवादीले सरकारी कार्यलयमा
कामकाज बन्द गराएको थियो ।
सरकारी कार्यलय बन्द गराउन माओवादी कार्यकर्ताहरु बिहान नौ नबज्दै पुगी
सकेका थिए । माओवादी कार्यकर्ताहरुले जिल्लाका सम्पुर्ण कार्यलयको मुल
गेटमा धर्ना दिएका थिए । धर्नाको कारण सम्पुर्ण कार्यलयका कामकाजहरु बन्द
भएको थियो । जसले गर्दा सेवा लिन आएका सेवाग्राही हरु मर्कामा परेका थिए

जिल्ला प्रशासन कार्यलयमा सभासद सावित्री दुराको नेतृत्वमा माओवादी
कार्यकर्ताहरु धर्नामा बसेका थिए । माओवादी अवरोधलाई मध्य नजर गर्दै
सरकारी कार्यलयमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएपनि कार्यलय खोली काम
गर्ने हिम्मत कुनै सरकारी कार्यलयका प्रमुखहरुले गर्न सकेनन् ।