दमौली भदौ ६
करिब एक दशक अघि देखि दमौली र यस वरपरका दर्शकमाझ एकाधिकार जमाउँदै आएको
व्यास केवुल नेटवर्कको एकाधिकार अव अन्त्य हुने भएको छ । यो केवल सँग
स्वस्थ प्रतिश्पर्धा गर्न निजी क्षेत्रबाट अर्को केवल खोल्ने तयारी सँगै
यसको एकाधिकारको अन्त्य हुने भएको हो ।
सदरमुकाम दमौलीमा गत बर्ष स्थापना भएको व्यास वचत तथा ऋण सहकारी संस्था
लिमिटेडको सकि्रयतामा दमौलीमा नयाँ केवल च्यानल खोलिने तयारी सँगै
उपभोक्ताहरु ब्यास केवलको एकाधिकारबाट मुक्त हुनेमा आशाबाद भएका छन् ।
ब्यास सहकारीको केही समय अगाडी सम्पन्न साधारणसभाको निर्णय अनुसार
दमौलीमा नयाँ केवल च्यानल खोल्न लागिएको हो । साधारणसभाको निर्णय बमोजिम
संस्थाका पदाधिकारीहरु सम्मिलित एक टोलीले भारतको गोरखपुर सम्म पुगी केवल
टेलिभिजन लाइनको अध्ययन गरेर फर्कीसकेको छ । संस्थाका अध्यक्ष वंशीकुमार
श्रेष्ठको नेतृत्वमा पाँच सदस्यिय टोलीले केवल टेलिभिजन लाईनको अध्ययन
गरेर गत विहिबार मात्रै दमौली फर्कीएको छ । अध्ययन टोलीले काठमाडौं
सुनौली हुँदै भारतको गोरखपुर र नौतुना पुगी केवल च्यानल संचालन सम्बन्धमा
अध्ययन र सामाग्री विक्रेतासँग छलफल समेत गरेको थियो।
भ्रमण टोलीको प्रारम्भिक अध्ययनपछि तयार पारिएको प्रतिबेदन संचालक समिति
समक्ष पेश गरेपछि यस सम्बन्धि कार्य अगाडि बढ्ने ब्यास बचत तथा ऋण सहकारी
संस्थाका अध्यक्ष वंशीकुमार श्रेष्ठले बताए । उनले अध्ययन भ्रमण
सकारात्मक भएकोले केवल स्थापनाको कार्य चाँडै नै थालिने जानकारी दिए ।
नयाँ केवल संचालनको लागि यस भ्रमणले धेरै ज्ञान दिएको केवल अध्ययन अनुगमन
समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले बताए । चाँडै ब्यास सहकारीको
अगुवाईमा केवुल लाईन साचालनको काम अगाडी बढ्ने उनले बताए ।डिजिटल
प्रविधिको माध्यमबाट केवल प्रसारण गरि उपभोक्तालाई गुणात्मक सेवा दिने
व्यास सहकारीका सचिव प्रेम प्रसाद पौडेलले बताए । उनका अनुसार व्यास
नगरपालिका र यस वरपरका क्षेत्रमा केवुल च्यानलको सेवा दिईनेछ भने अन्य
क्षेत्रमा सहकारी संस्थाहरुसँग समन्वय गरि केवुलको विस्तार गरिने छ ।
दमौलीमा हाल साचालनमा आएको व्यास केवलले दमौलीबासीबाट अत्यन्तै महंगो
शुल्क असुल गरेको दर्शकले आफुले चाहेको च्यानल हेर्न नपाएको र आफुले
नचाहेको च्यालन नहेरीकन नै त्यसको पनि पैसा तिर्नु परेको भन्दै
उपभोक्ताहरुले गुनासो गर्दै आएका छन्। साथै लोडसेडिङ्ग नभएको समयमा पनि
केवल लाईन गैरहने हुनाले उपभोक्ताहरु टेलिभिजन हेर्न बाट बिाचत भएका छन्
। ब्यास च्यानलको एकाधिकार बढिरहेको अवस्थामा नयाँ च्यानल स्थापना खोल्ने
तयारी भएपछि दमौलीबासीले राहतको महसुस गरेका छन् । नयाँ केवल च्यानल
प्रति उपभोक्ताहरु आशाबादी पनि भएका छन्।
यता बर्षाै देखि दर्शकहरुमाझ एकाधिकार जमाउँदै आएको ब्यास नगर केवल
नेटवर्कका साचालकहरु भने नयाँ केवल च्यानलको स्थापना गरिने निर्णय भएपछि
अत्तालिएका छन् । नयाँ केवलको स्थापन गर्ने निर्णयबाट अत्तालिएका ब्यास
केवलका साचालकहरुले सँगै मिलेर जाउँ भन्ने खालको प्रस्ताव ब्यास बचत तथा
ऋण सहकारी संस्था समक्ष लगेको थाहा भएको छ ।
चार सय भन्दा धेरै सेयर सदस्य रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाले
सहकारीको माध्यमबाट उपभोक्ताहरुलाई केवल लाईनको पनि सेवा उपलब्ध गराउन
चालेको पाइला विच मै नटुङ्गियोस भन्ने आम उपभोक्ताको चाहाना रहेको छ ।
उपभोक्ताहरुको यो चाहानाको विपरित यसका साचालकहरु पनि व्यास केवल
नेटवर्कका साचालकहरु सँगै मिलेर उपभोक्ता ठग्ने काममा संलग्न
हुने छैनन भनि दमौलीबासीले आशा गरेका छन् ।
August 22, 2009
Subscribe to:
Comments (Atom)